आज : २०२६-०७-१०, शुक्रबार

गजल

संधै अन्धकार छ जीवन रात फेर्नु छ
दुख्ख गर्दागर्दै थाकेका हात फेर्नु छ

उ हरेक पटक ठुलो ठुलो कुरा गर्छ
म ठुलो भएर उसका बात फेर्नु छ

संधै छोएको पानी चल्दैन भन्ने समाज
साच्चिकै पानी चलाउन जात फेर्नु छ

त्यो जातीय छोराको व्यबहार हेर्नुहोस्
त्यो अामा कुट्ने उसको लात फेर्नु छ

दुख्ख सुख्खमा साथ दिँदै अाएकी छु
मेरै कुरा काट्दै हिड्नेको साथ फेर्नु छ।।

– पुष्पा वली “भावुक”
नेपालगन्ज बाँके
हाल : कुवेत