News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा राष्ट्रिय महिला फुटबल टोलीको सहभागितासहित पुरस्कार वितरण समारोह सम्पन्न

    समिर कुमार अधिकारी (द्रुपद)
    ४८५ पटक

    त्रिशूली, वैशाख १९ — त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले शुक्रबार एक भव्य पुरस्कार वितरण समारोहको आयोजना गर्दै कक्षा Nursery देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरेको छ।

    समारोहको विशेष आकर्षणको रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उपस्थितिले कार्यक्रमलाई प्रेरणादायी बनाएको थियो। टोलीकी कप्तान अनिता बस्नेत, प्रशिक्षक जिवेश पाण्डे र अन्य खेलाडीहरूको सहभागिताले विद्यालय प्राङ्गणमा उत्साह र राष्ट्रिय गौरवको माहोल सिर्जना गर्यो।

    शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार राष्ट्रिय खेलाडीहरूको हातबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा विद्यालयले विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेको थियो, जसले उपस्थित अभिभावक र अतिथिहरूको मन जित्यो।

    समारोहकै क्रममा विद्यालयको नयाँ व्यवस्थापन समिति घोषणा गरिएको छ। जसअनुसार जितेन्द्र राजभण्डारी अध्यक्ष, कुमार मान मलेखु श्रेष्ठ उपाध्यक्ष, सचिव (प्रधानाध्यापक) सुमन कुमार कर्ण , सुनील बज्राचार्य कोषाध्यक्ष र दिलीप शाक्य, राजकुमार तामाङ, पूर्णलाल श्रेष्ठ, नरेन्द्र अमात्य, विभूति कुमार झा, भीमसेन तामाङ तथा धनराज तामाङ सदस्यमा चयन भएका छन्। निवर्तमान अध्यक्ष विजय श्रेष्ठ सल्लाहकारको रूपमा रहनेछन्।

    कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, शेयर सदस्य, स्थानीय सामाजिक व्यक्तित्वहरू तथा प्रहरी नायब उपरीक्षक राम कुमार खइजुको गरिमामय उपस्थिति रहेको थियो।

    विद्यालय प्रशासनका अनुसार, यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा प्रेरित गर्नुका साथै उनीहरूमा राष्ट्रिय स्तरको अभिमान र जोश उत्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...

    इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

    ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा...