News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तामाङ नया वर्ष तथा सोनाम ल्होसारको अवसरमा मैत्रिपुर्ण बास्केटबल प्रतियोगिता सम्पन्न

    विकास चाम्लिङ राई
    २७२ पटक

    धरान/बिकास चाम्लिङ राई – तामाङ समुदायको नया वर्ष २८५९ तथा सोनम ल्होसारको अवसरमा आइतबार मैत्रिपुर्ण बास्केटबल खेल सम्पन्न भएको छ ।

    नेपाल तामाङ घेदुङ संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षमा धरान बास्केटबल संघका संस्थापक तथा पदाधिकारीहरु विच मैत्रिपुर्ण खेल भएको हो । आयोजित खेल दुई टिममा विभाजन गरि खेलिएको मैत्रिपुर्ण खेलमा सभाध्यक्ष सुरजकुमार लामाको टिमले धरान बास्केटबल संघका संस्थापक तथा महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक कृष्ण राईको टिमलाई ७०–६८ अंकको झिनो अन्तरले पराजित गर्दै विजयी भएका छन ।

    अत्यन्त्य प्रतिस्पर्धात्मक भएको खेलमा लामा र राईको टिममा प्रत्येक क्वाटरमा २४–११, १२–१५, १४–२० र १०–१२ अंकको अन्तर रहेको थियो । खेलमा विजयी टिमका प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय रेफ्रि शिशिर पोख्रेलले समान २४ अंक जोडेका थिए भने पराजित राईका टिमबाट त्रिसान्त श्रेष्ठले २७ अंक जोडेका थिए ।

    विजयी हुने लामाको टिमबाट नेपाल बास्केटबल संघका पुर्व केन्द्रिय सदस्य तथा धरान बास्केटबल संघका संस्थापक महेश श्रेष्ठ, संघका संस्थापक एवं सल्लाहकार एसपि नविन राज राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रेफ्री शिसिर पोख्रेल र प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई रहेको थियो । 

    त्यस्तै, राईको टिमबाट बास्केटबल संघका संस्थापक तथा सल्लाहकार एसपि टेकुनन्द लिम्बु, पुर्व खेलाडि देवराज राई, बास्केटबल संघका सदस्य रोशन राई, पुर्व खेलाडि सविन राई, प्रदेश १ बास्केटबल खेलाडि दिवस राई र त्रिशान्त श्रेष्ठ रहेको थियो ।

    धरान ८ स्थित यलम्वर खेल मैदानको बास्केटल कोर्टमा सम्पन्न मैत्रिपुर्ण खेल कार्यक्रमा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईको उपस्थित रहेको थियो । नया वर्ष तथा सोनम ल्होसारको सुभकामना आदनप्रदान गरेपछि कार्यक्रम समापन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...

    इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

    ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा...