News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • झोलुङ्गे पुलबाट कुकुर खोलामा फ्याँक्ने घटना : मानवीयता बिर्सिएका दृश्यले देश आक्रोशित

    संगीता गुरुङ
    १७८ पटक

    काठमाडौं, वैशाख २२ – देशभर अहिले एउटा डरलाग्दो भिडियोले सबैको मन काँपिएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक युवकले झोलुङ्गे पुलबाट जिउँदो कुकुरलाई खोलामा फ्याँकिरहेको देखिन्छ। भिडियोलाई नियाल्दा घटना अत्यन्त निर्मम, अमानवीय र हृदयविदारक देखिन्छ।

    भिडियोमा देखिएअनुसार कालो रंगको स्थानीय जातको कुकुरलाई बाँधेर पुलसम्म ल्याइएको थियो। त्यसपछि ती युवकले उसलाई झोलुङ्गे पुलको डन्डीबाट उचालेर तल बगिरहेको खोलामा फ्याँक्छन्। फ्याँकेपछि उनी रमाइलो गरिरहेझैं हाँसिरहेको दृश्य झन् पिडादायक छ। त्यसमाथि पुलमा अन्य चारवटा कुकुरहरू पनि लस्करै राखिएको देखिन्छ, जसले थप कुकुरहरूलाई पनि यही तरिकाले फालिएको हुन सक्ने संकेत दिन्छ।

    सार्वजनिक गरिएको उक्त भिडियो ‘चिरन’ नामक टिकटक प्रयोगकर्ताबाट पोस्ट गरिएको हो। भिडियोमा पृष्ठभूमिमा गीत बजाइएको छ, जुन रमाइलो देखाउने प्रयास गरिएको जस्तो लाग्छ। यद्यपि, वास्तविकता भने अत्यन्त क्रूर र लज्जास्पद छ।

    पशु अधिकारकर्मी तथा सामाजिक संस्थाहरूले यस घटनाको तीव्र विरोध जनाएका छन्। ‘स्नेहा केयर्स’ संस्थाले भिडियो शेयर गर्दै ती युवकहरूलाई पहिचान गर्न सबैसँग आग्रह गरेको छ। उनीहरू भन्छन्, “निर्दोष प्राणीमाथिको यस्तो व्यवहार अक्षम्य छ। दोषीलाई कानुनी कठघरामा उभ्याउन हामी सबै एकजुट हुनुपर्छ।”

    कतिपयले भिडियो गण्डकी प्रदेशको बाग्लुङ आसपासको हुन सक्ने अडकल गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय बाग्लुङले भने घटनाको जानकारी नभएको बताएको छ। प्रमुख कुमान सिंह गुरुङका अनुसार घटना सायद पुरानो वा कर्णाली प्रदेशतिरको हुनसक्ने अनुमान गरिएको छ।

    पशु अधिकारकर्मी इरफान खानले भिडियो देखिएपछि ती युवकहरूको खोजी सुरु गरेका छन्। उनी भन्छन्, “अब यस्ता कायर अपराधीहरू सजायबाट उम्कनु हुँदैन, म ती युवकहरूलाई खोजीमै छु।”

    पूर्व सञ्चारकर्मी प्रभात रिमालले यस्तो घटनाको पुनरावृत्तिमा फितलो कानुनी कार्यान्वयन प्रमुख कारण रहेको टिप्पणी गरेका छन्। “आज पक्राउ भन्ने खबर आउँछ, भोलिपल्ट छोडिन्छ। कसैले पछि के भयो भनेर चासो राख्दैन,” उनले भने।

    उनले सामाजिक सञ्जालमा जनचेतनाका लागि भिडियोहरू पोस्ट गर्दा पनि अपराधीहरूलाई उल्टै प्रचारको माध्यम मिलिरहेको बताएका छन्। “गम्भीर अपराधको सजाय नगरेसम्म यस्ता घटना झन बढ्नेछन्,” रिमालको धारणा छ।

    यो घटना केवल एक कुकुरमाथिको हिंसा नभई सम्पूर्ण समाजमा फैलिएको अमानवीय प्रवृत्तिको प्रतिनिधि हो। अब समय आएको छ — यस्ता अपराधहरूलाई सहन नहुने कडा सन्देश दिनु पर्ने। पशु कल्याणका लागि सशक्त कानुन, जिम्मेवार प्रशासन र सचेत नागरिकको भूमिका अब अनिवार्य भइसकेको छ।

    प्रतिकृया दिनुहोस्

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...

    इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

    ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा...