News Portal

  • सम्पत्तिको लालचमा सौतेनी आमाले रामसेवक यादवको मृत्यु दर्ता गरेपछि…

    ५८८ पटक

    विक्रम रौनियार
    महोत्तरी – रामगोपालपुरका रामसेवक यादव आफ्नै मृत्युको प्रमाणपत्र बोकेका सरकारी अड्डा धाइरहेका छन् । ठमठम हिँडेर सरकारी अड्डा चाहारिरहेका उनको आग्रह छ, ‘म मरेको छैन, जिउँदैछु भन्ने प्रमाणपत्र बनाइदिनु पर्‍यो हजुर ।’

    रामगोपालपुर नगरपालिका वडा नम्बर २ खोपीका ५८ बर्षिय रामसेवक कहिले जिल्ला प्रशासन कार्यालय आइपुग्छन् त कहिले गाँउपञ्चायत गुहार्छन् तर, अझै न्याय पाएका छैनन् ।

    उनीसँग २६ वर्षको उमेरमा जिप्रकाबाट लिएको नागरिकता छ । मृत्युदर्ताको फोटोकपि पनि छ । तत्कालिन खोपी गाँउ बिकास समितिले ०६८ सालमै उनको मृत्यु दर्ता गरेको रहेछ, जसमा रामसेवकको २०६७ कात्तिक १४ गते ४८ वर्षको उमेरमा मृत्यु भएको उल्लेख छ । यादव उमेर छँदै कामका लागि भारत पसेका थिए । लामो समयसम्म परिवारको सम्पर्कमा नभएकाले उतै मृत्यु भएको शंका गरे । त्यसअनुसार आफन्तले निवेदन दिएपछि तत्कालिन खोपी गाँउ विकास समितिको कार्यालयले रामसेवकको मृत्यु दर्ता गरेको थियो ।

    तर, रामसेवक १ बर्ष अघि अचानक घर फर्किए । उनको न घर थियो, न श्रीमती नै । आफू वर्षौं भारतको पञ्जाबमै रमाएपछि श्रीमतीले छाड्नुलाई उनले अन्यथा मानेनन् ।

    जब आफ्नो मृत्यु दर्ता भएको थाहा पाए, छागाँबाट खसे झै भयो । कामको सिलसिलामा आफूले भारतको पञ्जावमा करीब २६ बर्ष बिताएको र त्यही समयमा सौतेनी आमाले आफ्नो मृत्यु दर्ता गराएर सबै सम्पत्ति बेचविखन गरेको यादवको आरोप छ ।

    उनी अहिले भोयल टिम्कियास्थित एक कुटीमा बस्छन् र आफू जिउँदो रहेको प्रमाणित गर्न सरकारी अड्डाहरु धाइरहेका छन् । थाहा छैन, उनले कहिले यो प्रमाणित गर्न सक्छन् ।

    यस्तो छ मृत्यु दर्ताको प्रमाणपत्र :

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal