News Portal

  • दुई महिला कामदारलाई रक्सी खुवाएर बलात्कार

    हिमालीसंचार संवाददाता
    ३४० पटक

    काठमाडौं। चर्चित क्लब एलओडीका दुई महिला क्लिनर (सरसफाइ कामदार)लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

    नेपालप्रेसका अनुसार खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठ रहेका छन्।

    प्रहरी अनुसन्धानका क्रममा गत वैशाख १५ गते बिहान साढे ६ बजे क्लबको काम सकेर घर जान लागेको अवस्थामा एलओडीका ती दुई महिला क्लिनर लैनचौर-५१ र लैनचौर-५३ (नाम परिवर्तन) लाई श्रेष्ठ र मगरले खाजा खुवाउन भन्दै सोह्रखुट्टे ओरालोमा रहेको एक खाजा पसलमा लगेका थिए।

    त्यहाँ आफूहरूले ६ क्वाटर गोल्डेन ओक (रक्सी) खाएको प्रतिवादीले बयानमा उल्लेख गरेका छन्। श्रेष्ठले भने मदिरा सेवन गरेका थिएनन्। त्यसपछि उनीहरू काठमाडौं महानगरपालिका-२६ स्थित एक होटलमा दुईवटा रुम बुक गरेर बसेका थिए।

    अनुसन्धानका क्रममा मगर लैनचौर-५३ सँग र श्रेष्ठ लैनचौर-५१ सँग बेग्लाबेग्लै कोठामा बसेका थिए। लैनचौर-५३ सँग शारीरिक सम्पर्कपछि उनलाई बिदा गरेका मगरपछि श्रेष्ठ र लैनचौर-५१ बसेको कोठामा पनि छिरेको बयानमा उल्लेख गरेका छन्। लैनचौर-५१ ले रक्सी खाने मनसाय व्यक्त गरेकाले थप तीन क्वाटर गोल्डेन ओक मगाएर खाएको मगरले बयानका क्रममा बताएका छन्।

    ‘श्रेष्ठबाट लैनचौर-५१ ले यौन सन्तुष्टि प्राप्त नगरेको भन्ने कुरा भएकोले निज साथी श्रेष्ठलाई उक्त कोठाबाहिर राखी मैले लैनचौर-५१ सँग सहमतिमै एक पटक शारीरिक सम्पर्क राखेँ’, मगरले आफ्नो बयानमा उल्लेख गरेका छन्।

    त्यसअघि आफ्नो बच्चालाई स्कुल पठाउनु छ भनेपछि लैनचौर-५३ लाई ५ सय रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएको उनले बताएका छन्। लैनचौर-५१ र लैनचौर-५३ प्रहरीमा गरेको कागजमा घटनाअघि मगरसँग मात्र आफूहरूको चिनजान रहेको र श्रेष्ठलाई त्यसै दिन मात्र चिनेको उल्लेख गरेका छन्।

    प्रतिवादीले खाजा घरमा मदिरा सेवन गर्दै गएपछि आफूहरूलाई ट्याब्लेट खुवाएको पनि दाबी उनीहरूको छ। ‘त्यसपछि तिमीहरूलाई रक्सी लाग्यो आफै हिँडेर जान सक्दैनौ हामी कोठासम्म पुर्‍याइदिन्छौँ भनेर ट्याक्सीमा राखेर होटल पुर्‍याए’, पीडितहरूले भनेका छन्।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal