News Portal

  • किरात राई साँस्कृतिक कलाकार संघले राष्ट्रिय सम्मेलन धरानमा गर्ने (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३०८ पटक

    धरान – “मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति” भन्ने मुल नाराका साथमा किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न गर्ने भएको छ । संघले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान – १० स्थित पत्रकार सम्मेलन गर्दै आगामी जेठ १३, १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो।

    वि.स. २०६३ सालमा स्थापना भएको संध धरानमा सम्मेलन गर्ने भएको हो। संधले किरात इतिहास, सँस्कृति र प्राचीन सभ्यताको सम्मान, किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन रहेको सम्मेलन आयोजक कमिटीका संयोजक रामकर राईले जानकारी दिए ।

    संधले सम्मेलनको उद्घाटन सत्र धरानको मुख्य बजार भानुचोकमा गर्ने र कोशी प्रदेश नामाङ्कन खारेजी माग गर्दै जनप्रदर्शन र शक्ति प्रर्दशनकैरुपमा पनि आयोजना गर्ने संयोजक राईले जानकारी दिए । राईको अनुसार संघको पुर्वाञ्चलका १३ वटा जिल्ला कार्यसमिति रहेको छ भने विदेशमा पनि ७ वटा शाखाहरु रहेको जानकारी दिए ।  सम्मेलनको लागि १२० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने पनि संयोजक राईले बताए । 

    संघमा किराती गीत, संगीत, कला साहित्य, सँस्कार, सँस्कृति, मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने सबै साँस्कृतिक राई कलाकर्मीहरु आवद्ध रहेका छन् । गायन, संगीत, चित्रकला, मुर्तिकला, नाट्यकर्मी विभिन्न क्षेत्रका कलाकर्मीहरु संघमा रहेको पनि संयोजक राईले बताए । 

    आयोजक संघका उपाध्यक्ष सालिक सतासक राईका अनुसार सम्मेलनमा साँस्कृतिक जागरणसहितका मन्तव्य, सँस्कृतिकर्मीद्धारा साँस्कृतिक सांगीतिक प्रस्तुतीलाई बहसकोरुपमा उठाइनेछ भने साँस्कृतिक सांकेतिक विद्रोहबारे पनि बहस हुने समेत बताए । यस्तै, कोशी प्रदेश खारेजीको माग लिएर हजारौं संख्यामा कफन बाँधेर प्लेकार्डसहित धरान बजार परिक्रमा गर्दै झाँकीसहित ऱ्याली गर्ने तयारी रहेको जानकारी दिए। विशेषत पहिचानसहितको किरात प्रदेश नामकरणको लागि दबाब साथै भाषा, साहित्य, संगीत सम्बन्धी विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरी बहस गरिने उपाध्यक्ष राईले जानकारी दिए । 

    सम्मेलनको प्रचारप्रसारको लागि जेठ ११ गते (बिहिबार) इटहरीका विभिन्न १० वटा चोकहरुमा सांगीतिक सूचना सभा आयोजना गर्ने कार्यक्रम रहेको छ। जेठ १२ गते (शुक्रबार) धरानका विभिन्न १४ वटा चोकहरुमा सांगीतिक सुचनासभा गर्ने कार्ययोजना रहेको पनी जानकारी दिए । 

    यस्तै, जेठ १३ गते भानुचोकमा उद्घाटन सत्र, जेठ १४ गते बन्दसत्रमा ५ वटा कार्यपत्र प्रस्तुत गर्ने र जेठ १५ गते जिल्ला कार्यसमितिनका प्रतिवेदन प्रस्तुत, छलफल, अनुमोदन, केन्द्रको प्रस्तुत र धरान घोषणापत्र जारी गर्ने समेत जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal