News Portal

  • किन भासिंदैछ न्युयोर्क सहर ?

    इण्डोनेसियाको जकार्ता पनि धस्सिने खतरामा छ।

    हिमालीसंचार संवाददाता
    २७४ पटक

    एजेन्सी। अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिईरहेको छ। यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ। यिनै भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन्।

    प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ। यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ। आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह धस्सिन्छ। तर कुनै सहरको भौतिक संरचनाको वजनका कारण सहरको जमिन नै भासिईरहेको भने पहिलो घटना हो।

    वैज्ञानिक अध्ययन अनुसार न्युयोर्क सहर हरेक वर्ष एक देखि दुई मिलिमिटरले भासिइरहेको छ। जमिनमा अत्यधिक अग्ला भारी संरचनाहरु नै यसका कारक तत्व हुन्।

    न्युयोर्क सहरमा साढे तीन लाख अत्यन्तै धनी (सुपर रिच) मानिसहरु बसोबास गर्दछन्। त्यसैले यसलाई संसारकै सबैभन्दा धनी सहर पनि भनिन्छ। हुन त एक/दुई मिलिमिटर भास्सिने कुराले तपाईंलाई खासै डर नलाग्न सक्दछ। तर यो औसत धस्साइ हो। सहरका केही भागहरु त निकै तीव्र गतिमा धस्सिइरहेका छन्, जुन निकै भयानक छ।

    न्युयोर्कका यस्ता जोखिमपूर्ण इलाकामा ८० लाख मानिस बस्दछन्। जुन निकै होचो भुभाग हुन् र तीव्र रुपमा भासिइरहेका छन्। यस्ता ठाउँमा पानी भरिने खतरा सदैव रहन्छ। त्यसैले जमिन भासिंदै गएपछि पर्खाल ठड्याएर सामुद्रिक लहरलाई रोक्न पनि सम्भव हुनेछैन।

    सन् २०१२ मा आएको स्याण्डी आँधी तथा सन् २०२१ को इडा आँधीबाट के प्रष्ट भएको छ भने जतिसुकै बलियो भौतिक संरचना भएको सहर पनि समुद्रको पानीमा क्षणभरमै डुब्न सक्दछ र बाढीबाट प्रभावित हुनसक्छ।

    अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का भूगर्भविद् टम पार्सन्स तथा युनिभर्सिटी अफ रोड आइल्याण्डका शोधकर्ताहरुका अनुसार सामुद्रिक पर्खाल बनाउँदा पनि उल्टै सहरकै भार बढ्नेवाला छ। जुन झनै जोखिमपूर्ण हुन्छ। शोधकर्ताका अनुसार यो अध्ययनले सामुद्रिक तटीय आसपासका क्षेत्र, नदी आसपास तथा तालहरुको नजिक ठूला भौतिक संरचना निर्माण गर्दा जमिन भासिने खतरा रहने देखाएको छ।

    टम पार्सन्सका अनुसार यसबाट बाढीको पनि खतरा हुन्छ। सन् २०२० सम्म मानिसहरुले धेरै भौतिक संरचनाहरु निर्माण गरेर पृथ्वीको वजन बढाइदिएका थिए। मानिसले पृथ्वीमा जति संरचना निर्माण गरेको छ। त्यसको कुल वजन पृथ्वीमा भएका सबै जीवहरुको वजनभन्दा पनि धेरै छ। भवन तथा सडकहरुको वजन पृथ्वीमा रहेका कूल वनस्पती तथा झाडीहरुको वजन भन्दा अधिक छ।

    टम पार्सन्स नेतृत्वको शोधकर्ता समूहले न्युयोर्क सहरका १० लाख भवनको वजनको हिसाब निकाल्यो जुन, सात खर्ब ६४ अर्ब किलोग्राम रहेको छ। अर्थात् ७६ हजार ४ सय करोड किलोग्राम। उनीहरुले सहरलाई १०० गुणा १०० वर्ग मिटरका टुक्रामा विभाजन गरे। त्यसपछि भवनको वजनलाई गुरुत्वाकर्षणको हिसाबमा मापन गरी त्यसबाट कति चाप न्युयोर्क सहरको सतहमा परिरहेको छ भन्ने हिसाब निकालियो।

    यो अध्ययनमा केवल भवनहरुको मात्रै वजन गणना गरिएको छ। यसमा सडक, पुल, रेलवे तथा अन्य संरचनाहरुको वजन समावेश गरिएको छैन। यो अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरुलाई न्युयोर्क सहरको भूगोलको अध्ययन गर्न सहज हुनेछ। न्युयोर्कको जमिन बालुवा, सिल्ट, माटो तथा चट्टानबाट बनेको छ।

    वैज्ञानिकका अनुसार माटोयुक्त जमिन चट्टानी जमिनको तुलनामा धस्सिने सम्भावना धेरै हुन्छ। न्युयोर्कको म्यानहटन पछिल्लो केही दशकमा २९४ मिलिमिटर धस्सिइसकेको छ, खासगरी ठूला भौतिक संरचना निर्माण पश्चात्। टम र उनको टोलीले स्याटेलाइट डाटामार्फत् न्युयोर्कको अध्ययन गरेका हुन्। जसबाट सहरीकरणको बढ्दो मात्राको बारेमा थाहा हुन्छ।

    लगातारको उत्खनन, ढल निर्माण, भवनको जग खन्ने तथा ठूला मेसिनबाट गरिने ड्रिलिङका कारण जमिन धस्ने खतरा बढ्दछ। केवल न्युयोर्क मात्र होइन इण्डोनेसियाको जकार्ता पनि धस्सिने खतरामा छ। सन् २०५० सम्ममा जकार्ता सहर समुद्रमा डुबिसक्ने आँकलन वैज्ञानिकहरुको छ। सहरका कतिपय भागहरु यतिबेला पानीमुनि ११ सेन्टिमिटरसम्म डुबेका हुनेछन्।

    म्यानहटन सहर अहिले सामुद्रिक जलस्तरभन्दा केवल एक वा दुई मिटरमात्रै माथि छ। सन् २०१२ मा आएको स्याण्डी आँधी तथा सन् २०२१ को इडा आँधीबाट के प्रष्ट भएको छ भने, जतिसुकै बलियो भौतिक संरचना भएको सहर पनि समुद्रको पानीमा क्षणभरमै डुब्न सक्दछ र बाढीबाट प्रभावित हुनसक्छ। संसारका सबै तटीय सहरहरुमाथि यस्तो खतरा मडारिरहेको छ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal