News Portal

  • कांग्रेस प्राईभेट लिमिटेडमा सिमित हुनु दुर्भाग्य !

    जगदिस्वर नरसिंह केसी
    ३५८ पटक

    भर्खरै सम्पन्न उप-निर्वाचन र यसको परिणामले तातिएको नेपाली समाज, सामाजिक सञ्जाल, विभिन्न राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजन र मनहरुको एउटै भाव छ। पुराना राजनीतिक दल तथा नेताहरु समय सापेक्ष राजनितिमा परिवर्तित र सुधार हुनुपर्छ भन्ने सन्देश र जनअपेक्षा छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनका माध्यमबाट जनताले आफ्ना मतद्वारा आफ्ना मनका भावना र आफ्ना दैनिक जिवनका आवश्यकतालाई आफ्ना प्रतिनिधि मार्फत राज्यसम्म पुर्याउन र कार्यान्यनमा राज्यलाई लाग्नका लागि खबरदारीकर्ता र सहयोगीका रुपमा भुमिका पुराउन प्रत्येक नागरिक राज्यसँग जोडिने सुन्दर प्रणालि हो लोकतन्त्र।

    भनिन्छ “लोकतन्त्रमा सबैको जीत हुन्छ हार कसैको हुन्न” भन्नुको मतलब निर्वाचनको परिणामअनुसार आफ्नो विचार र तर्क, योजना र लक्ष्य, कार्यविधि र कार्यशैली बहुमत जनताबाट स्विकार्य भए विजयी र नभए आफू जन चाहनालाई समेटेर सुधारेर अघिबढ्ने आत्मा समिक्षा सहितको स्विकार्यता पनि विजयी नै हो भन्ने बुझाई हो। आज हामी जुन अवस्था र व्यवस्थामा छौ यो सहजै कसैले किस्तिमा राखेर दिएको उपहार होईन यहाँसम्म आई पुग्नका लागि नेपाल र नेपाली जनताले गर्नु परेको त्याग बलिदान र संघर्ष बुझ्नका लागि हाम्रो ईतिहास साक्षी छदैछ। यहि ईतिहास बिरता र गौरवको नेतृत्व बोकेका पुराना राजनीतिक दलहरूप्रति जनतामा बितृष्णा पैदा हुनुको कारण तहगत रुपमा पार्टी नेतृत्वमा रहेका नेतृत्व क्षमताकै कमजोरी हो।

    मैले यसो भनिरहदा मेरो तहबाट के कति हुन सक्थ्यो र भईरहेको छैन यसको जिम्मेवारीबाट म पनि भाग्न मिल्दैन र भाग्दिन पनि भएका कमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा निरन्तर लागि रहने प्रण पनि गर्दछु। यसै गरी सबै तहका नेतृत्वले आत्म समिक्षा गर्दै जिम्मेवारी वहन गर्नु आजको आवश्यकता हो। आफ्नो गुट, परिवारका सदस्य, नाता-गोता वा अनुयायी र भजन मण्डलिको मात्र हितमा काम गरेर पार्टीमा फरक विचार राख्नेलाई जुन हिसाबले निरुत्साहित गरिदै छ। यसलाई रोक्न नसकिने हो भने, हामिले संगठनलाई अघि बढाउन सक्दैनौं।

    दलको मेरुदण्डको रुपमा रहेको सबै भातृ तथा शुभेच्छुक संघसंस्थाको अधिवेशन समयमा नगराई आसेपासे र गोजीका मान्छेलाई टीका लगाएर दिईएको जिम्मेवारीले संगठनलाई गतिशील बनाउन सक्दैन तसर्थ वर्षौदेखि जुत्ता चप्पलको शोल खियाएर संगठनको काममा लाग्नेलाई जिम्मेवारी दिई सिमित सुकिलामुकिला बाहुबलि र धनमानिको कब्जाबाट पार्टीलाई मुक्त गर्नु आजको अर्को आवश्यकता हो। पार्टी तथा राष्ट्रिय निर्वाचनको टिकटको लागि नातावाद, कृपावाद र आर्थिक तथा अन्य कुनै बिकृती खालको प्रभावमा नपरी विचार, निष्ठा, त्याग, दक्षता, योजना र दुरदर्शिता हेरेर स्थान र अवसर प्रदान गरिनुपर्छ।

    केन्द्रदेखि तल्लो तहसम्म नै विधान विपरीत चलाउने, आफू निकट तल्लो तहको संगठनमा अनपेक्षित हस्तक्षेप गर्दै आफू निकटका कार्यकर्तालाई विधान विपरीत कार्य गर्न हौस्याउने, साथै बिषय उठान राम्रो भयो कि भएन नहेरी आफू निकटको मानिस हो कि होईन भनेर हेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।

    आम जनता र कार्यकर्ताको भावना विपरीत आफू सधै सत्ता राजनितिको केन्द्रमा रहिरहनपर्ने अभिप्रायका साथ नीति र सिद्धान्त नमिल्ने दलसंग चुनावी साठगाठ गरी निर्वाचनमा सहभागी हुने, नेपाल बिद्यार्थी संघमा आबद्ध भाईबहिनीहरूलाई जबरजस्ती अखिलमा भोट हाल्न बाध्य बनाउने नेतृत्वका कारणले गर्दा नै नेतृत्वमाथि निराशा र वितृष्णाको परिणाम हो। संसदीय उप-निर्वाचनको अन्तिम परिणाम तसर्थ अबको समयमा पार्टी शुद्धीकरण र शुदृढीकरणका साथै रुपान्तरणको लागि आजसम्मका सबै क्रियाशिल सदस्य खारेज गरी कार्यकर्तालाई लोभ लालचमा नफसाई ३ महिनाको समयअबधि राखेर कसैको पनि दबाबमा नपारी/नपरी अनलाईन मार्फत नयाँ कृयाशिल सदस्य आवेदन भर्न पाउने व्यवस्था गरी १५ औं महाधिबेशनको आहवान गरी विशेष महाधिवेशनमा पार्टीलाई लगेर नेतृत्व परिवर्तन गर्दै सबै भातृ तथा शुभेच्छुक संघसंस्थालाई केन्द्रिय हस्तक्षेपबाट मुक्त गराई संगठनको काममा दत्तचित भएर लाग्नेलाई पार्टीमा स्थान दिएर सुकिलामुकिला तथा आर्थिक चलखेलबाट पार्टिलाई मुक्त गराएर राजनीतिलाई समाजसेवा ठान्ने आफ्नो क्षेत्रमा योग्य ठरिएका, दुरदर्शिता र पापुलारिटीको आधारमा सांगठनिक सोच भएका उत्कृष्ट व्यक्तिहरुलाई पार्टी तथा राष्ट्रिय निर्वाचनमा स्थान दिन सकिएन भने अब नेपाली कांग्रेसको शाख बचाउन सकिदैन।

    बिगतमा भ्रष्टाचारको छानबिन गरी कार्वाही गर्न एउटा सशक्त संबैधानिक निकायको आवश्यकता महसुस गरेर नेपाली कांग्रेसले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्यो र कांग्रेसकै मन्त्रीहरू चिरञ्जीवी, खुमबहादुर, गोबिन्दराज जोशि आदीहरुलाई कार्वाही भयो। पछिला दिनमा अयोगमा आयुक्तहरुको नियुक्ति नै लेनदेन हुदै बिस्तारैबिस्तारै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजनीति दलको सेटिङ्गमै अहिले ठूलाठूला भ्रष्टाचार मौलाउन थाल्यो। अबको कांग्रेसले साच्चिकै रुपान्तरण गर्ने नै हो भने, पुर्ववत रूपमा नयाँ भ्रष्टाचारी नेताहरूको सम्पत्ति छानबिन गरेर रुपान्तरण आफैबाट र आफ्नै पार्टीबाट र आजैको मितिबाट सुरु गर्ने साहस गरोस्, जनता कहि गएका छैनन्, जस्ले राम्रो काम गरेर उदाहरण बन्न सक्छ उसलाई नै जिम्मेवारी सुम्पन्छन। बिपी कोईरालाले स्थापना गर्नु भएको पार्टी स्थापना कालमा अनलिमिटेड, बिचौबीच आईपुग्दा लिमिडेट साथै बर्तमान अबस्थामा प्राईभेट लिमिटेड अर्थात प्रालि भईदिदा अब पार्टी र संगठन बचाउनुको खातिर पार्टीलाई अनलिमिटेड बनाउने जिम्मा तपाई हाम्रो काधमा आईसकेको छ।

    खबरदार ! नेतृत्वको गल्तिका कारण संगठन सकाउन पाईदैन सुधारको बिकल्प छैन, सुधारको सुरुवातमा सबै तहबाट सबै लागौ। व्यक्तिको गल्तिको भागिदार संगठन बन्दैन र बनाउन दिन हुदैन सबैजना एकजुट भएर लागौ हाम्रो संगठन हाम्रो गौरव, समुन्नत र सम्पन्न देश र जनता बनाउनका लागि हामी सबै हातेमालो गर्दै अघि बढौ।

    अन्त्यमा, उप-निर्वाचनमा सफलता प्राप्त गर्नुहुने सम्पूर्ण उम्मेदवारहरुलाई हार्दिक बधाई दिदै यहाँहरुको अबको यात्रा विधिको शासनलाई अक्षरस पालन गर्दै राष्ट्र निर्माण तथा लोकतन्त्र रक्षाको निमित्त होस् भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। जय नेपाल !

    (लेखक केसी कांग्रेस नुवाकोटको नेता हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal