News Portal

  • धरानमा गोर्खा ट्रेलर ब्लेजरको उपाधि देवराज बस्नेत र छेन्बियामा राईले जित्यो (भिडियो सहित)

    “दोस्रो विश्व युद्धका दुई जीवित योद्धालाई विशेष सम्मान!”

    हिमालीसंचार संवाददाता
    ३०७ पटक

    सन्जिब कोयी/धरान – पुर्वाञ्चलको सुन्दर नगरी धरानमा गोर्खा ट्रेल ब्लेजरको पहिलो संस्करण शनिवार सम्मपन्न भएको छ। ट्रेल ब्लेजरमा पुरुषतर्फको उपाधि खोटाङका देवराज बस्नेतले जितेका छन् भने महिलातर्फ धरानकी छेन्बिमाया राईले जितेकी छिन्।

    गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनमा आयोजित ट्रेल ब्लेजर प्रतियोगिता धरानको रत्नचोकबाट गोर्खा स्मृति पार्क धरान-२० सम्मको ८.५ किलोमिट दुरीमा खोटाङका धावक बस्नेतले ३१.२५ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेका थिए। त्यस्तै, महिलातर्फ धरानकी राईले ४३.०७ मिनेटमा दौड पुरा गर्दै उपाधि सुरक्षित गरेकी हुन्। विजेताले जनही नगद १५ हजार, प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरे। 

    त्यस्तै, पुरुषतर्फ दोस्रो उपाधि विजेता धरानका प्रशान्त तामाङले ३१.४७, तेस्रोमा खोटाङका जुनेश खड्काले ३२.३२ मिनेट र चौथो हुने विर्तामोडका समीर कन्दङ्वाले ३१.४९ मिनेटमा दूरी पार गर्दै उपाधि सुरक्षित गरे। विजेता खेवाडीले नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण-पत्र, मेडल र ट्रफी प्राप्त गरेका थिए। 

    महिलातर्फ सङ्खुवासभाकी सुनकला राई ४४.१३ मिनेटमा दोस्रो, धरानकी इन्द्रकला लिम्बूले ४४.५२ मिनेट पार गर्दै तेस्रो र धरानकी कल्पना राईले ४६.३१ मिनेटमा निर्धारित दूरी पार गर्दै तेस्रो भएकी थिइन्। विजेता खेलाडीले नगद १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण-पत्र, मेडल र ट्रफी प्राप्त गरे विजेता खेलाडीलाई धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङद्वारा पुरस्कार प्रदान गरिएको थियो । 

    गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा आयोजित प्रतियोगिताको अबसरमा दोस्रो विश्व युद्ध लडेका दुई वीर गोर्खाली योद्धालाई धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”द्वारा दोसल्ला र खुकुरी प्रदान गर्दै विशेष सम्मान गरिएको थियो। 

    सम्मानीत हुने वीर गोर्खा योद्धा तेह्रथुमका १०१ वर्षीय धनदल लिम्बु हाल धरान -११ निवासी र संखुवासभाका १०१ बर्षीय मानबहादुर लिम्बु हाल विराटनगर निवासी द्वय वीर गोर्खाली योद्धालाई सम्मान गरिएको थियो। ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई उपस्थित हुन सकेनन् । वहालाई पनी सम्मानका लागि तयारी गरेको  गोर्खा मिमेन्ट्री ट्रष्टका अध्यक्षले बताए। 

    चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा स्थापित ट्रले ब्लेजर सन् २०१८ मा नेपालमा स्थापनी गरिएको समेत अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। गोर्खा सिमेट्री ट्रष्ट नेपालले विशेष गरेर वीर गोर्खाली योद्धाहरुलाई सम्मान गर्दै जाने उदेश्यका साथमा यो संस्था स्थापनी गरिएको हो। हङकङमा पुर्खा दिवसको अबसकमा प्रत्येक बर्ष गोर्खा ट्रेल ब्लेजर प्रतियोगिता हुदै आएको छ। 

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal