News Portal

  • दिनहुँ संभोग गर्दा हुने ७ फाइदा

    हिमालीसंचार संवाददाता
    ८५१ पटक

    काठमाडौं। यौन सम्बन्ध मानिसको जीवनको एउटा अभिन्न काम हो, जसलाई चाहेर पनि तपाईं नजरअन्दाज गर्न सक्नुहुन्न।

    तपाईं चाहे विवाहित हुनुस् वा, अविवाहित सेक्ससँग जोडिएका स्वास्थ्य लाभका बारेमा थाहा हुन जरुरी छ। संभोग गर्दा चाहे महिला होस् वा, पुरुष दुवैलाई शारीरिक तथा मानसिक फाइदा प्राप्त हुन्छन्।

    हालै एउटा अध्ययन गरिएको थियो जहाँ संभोगका दौरान हाम्रो शरीरमा केही क्यामिकल कम्पाउन्ड मस्तिष्कबाट रिलिज हुन्छन् जसले हाम्रो शरीरलाई आराम हुने संकेत प्राप्त हुन्छ। दिनहुँ संभोग गर्नाले शरीरमा कैयौं प्रकारका बिमारी निको हुन्छन्।

    तपाईंको जीवन लामो हुनेछ। साथै तनाव पनि कम हुनेछ र मुटु सम्बन्धी रोगबाट पनि बाँच्न सकिनेछ। संभोग गर्नुका धेरै फाइदाहरु छन् आउनुहोस् जानौं।

    संक्रमण भगाउँछ:-
    संभोग गर्नाले शरीरमा हर्मोन तथा अन्य कम्पाउन्ड रिलीज हुन्छ जसले गर्दा संक्रमण कम हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा स्वतः संक्रमणबाट बच्न सकिन्छ।

    राम्रो निद्रा:-
    संभोगका बेला अक्सीटोसिन रिलीज हुन्छ जसले राम्रो निद्रा ल्याउनका लागि मद्दत गर्दछ।

    हृदय बलियो बनाउँछ:-
    दिनहुँ संभोग गर्दा शरीरका हरेक अंगमा रगतको संचालन राम्रोसँग हुन्छ, जसले हृदय पनि स्वस्थ रहन्छ। साथै अक्सीजनको सञ्चार पनि राम्रोसँग हुन्छ। हृदय स्वस्थ रहँदा तपाईं तनाव मुक्त रहनुहुन्छ।

    बुढोपन टाढा भाग्छ:-
    दिनहुँ संभोग गर्नाले अनुहारका चाउरीपना हट्दै जान्छ। राम्रो निद्रा पनि लाग्ने हुँदा छाला सुन्दर हुन्छ।

    जीवन खुशी बन्छ:-
    आफ्नो सही पार्टनर वा जीवन साथीसँग खुशीसाथ गरेको सम्बन्धमा नै यस्ता फाइदा हुन्छन्। अन्यथा यो गलत ठाउँमा गर्दा नकारात्मक असर मात्र गर्दछ।

    स्वस्थ राख्छ:-
    केहीबेर संभोग गर्नाले तपाईंलाई जीम जानु नपर्ने हुन्छ। संभोगका समयमा शरीरले जति व्यायाम गर्छ, त्यो लगभग ३० मिनेट जीममा व्यायाम गरे बराबरको हुन्छ। यस्ता फाइदा जानेर कुनै पनि बेला सेक्सको लागि उत्ताउलो हुनु भने हुँदैन। किनकी कुनै पनि कुरा गर्ने सही समय र उचित वातावरणमा गर्न आवस्यक हुन्छ।

    हर्मोन सन्तुलित गर्छ:-
    संभोग गर्नाले हर्मोन सन्तुलित हुन्छन्। महिलाले महिनावारी हुनुभन्दा एक हप्ता अगाडिदेखि संभोग गर्दा हर्मोन सन्तुलनमा राख्न सहयोग पुग्छ। महिलाको स्वास्थ्यका लागि पनि संभोग गर्नु एकदमै राम्रो हुन्छ। तर ध्यान दिनुहोला, संभोगमा माया तथा भावना हुन जरुरी हुन्छ। यदि संभोगका समयमा दुई जना मध्ये एक जनाको पनि रुची छैन भने यसले नराम्रो असर गर्दछ।

    एजेन्सीको सहयोगमा।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal