News Portal

  • १९औं माउण्ट एभरेष्ट कप: टिम दर्ता र टाईसिट १० मार्चमा, मार्च १७ मा खेल हुने

    हिमालीसंचार संवाददाता
    १२७ पटक

    कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने भएको छ।

    क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गर्दै खेलको मनोरञ्जन लिनु हुन अनुरोध गरेको छ।

    नक आउट चरणमा खेलाईने १९औं माउण्ट एभरेष्ट कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले जिम्मा दिएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ भने, रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।

    गत मार्च ३ तारिखका दिन क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली होटलमा बसेको क्लवको २४२औं नियमित बैठकले टिम दर्ता शुल्क र पुरस्कार राशी तपशिल बमोजिम निर्धारित गरेको छ।

    टिम दर्ता र टाईसिट हुने :-

    मिति : १० मार्च २०२३, शुक्रबार
    समय : बिहानको ठिक ११ बजे,
    स्थान : महबुल्ला फुटबल ग्राउण्ड
    टिम दर्ता शुल्क : ३५ कुवेती दिनार

    खेल हुने :-

    मिति : १७ मार्च २०२३, शुक्रबार
    समय : बिहानको ठिक ८ बजे
    स्थान : शुकसवा फुटवल मैदान, फाहाहिल स्पोर्टस क्लव, सनैया फाहाहिल, कुवेत

    पुरस्कार :-

    बिजेता टिम : ट्रफी, मेडल, प्रमाण पत्र र २५१ केडी नगद

    उपबिजेता टिम : ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगद

    अनुशासित टिम : ट्रफी र प्रमाण पत्र

    उत्कृष्ट खेलाडी : ट्रफी र प्रमाण पत्र

    हाई स्कोरर : ट्रफी र प्रमाण पत्र

    यसैगरी, उत्कृष्ट गोल रक्षक, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर र रेफ्रिहरुलाई पनि आयोजकले प्रमाण पत्र, मेडल र अन्य पुरस्कारले सम्मान गर्ने बताईएको छ।

    थप जानकारीको लागि :-

    मोहन राई – ९७३७२८५८,
    राज मल्ल ठकुरी – ६००६७५७२,
    सुरेश गुरुङ – ६६२८२२७५,
    डम्बर मोक्तान – ५१५९३०४९,
    जय आले – ६६१८७१०७,
    जगत मगर – ९९२८८३२०,
    शिव पौडेल – ६६२८१२५७,
    आनन्द श्रेष्ठ – ६७०१००६५,
    आयुर घले – ९६६३५६०९,
    सन्त लम्साल – ९९१०१४०८ अर्थात, क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal