News Portal

  • एन-प्यव्सन बास्केटबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ धरान मेधा र महिलातर्फ सियोन स्कुल बने च्याम्पियन (फोटो फिचर)

    विकास चाम्लिङ राई
    १५२ पटक

    धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन, नेपाल एन-प्याव्सन नगर कमिटीको आयोजनामा आयोजित अन्तर विद्यालय महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले चुमेको छ ।

    आज शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२-३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८-७ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९-४, १३-२, १४-१३ र ६-१२ अंक जोडेका थिए ।  महिला तर्फ सियोन र पर्वत स्कुलले ३-३, ४-०, ४-२ र ७-२ अंक जोडेका थिए ।

    बिजेता तथा उपबिजेता खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुषतर्फ धरान मेघाका योगेश राई र महिला तर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन । प्रतियोगिताका हाइ स्कोरर पुरुषतर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन । सावनले प्रतियोगिता भरी तीन खेलबाट ब्यक्तिगत २५ अंक र स्वेताले २७ अंक जोडेका थिए । उनीहरुले मेडल र प्रमाण-पत्र प्राप्त गरे ।

    धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

    एन-प्याव्सनको खेलकुद सप्ताह अन्र्तगत सम्पन्न बास्केटवल प्रतियोगितामा कक्षा-१२ सम्मका महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका थिए ।  धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल...

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal