News Portal

  • धरानमा यलेदोङ बास्केटबल खेल किराती संस्कृति अनुसार उद्घाटन (भिडियो सहित)

    फाइनलमा धरानमेघा अलस्टार र विर्तामोड झापा भिड्दै

    विकास चाम्लिङ
    १८६ पटक

    धरान – किराती समुदायहरुको नया वर्ष येलेदोङ ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र  ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम फाइनलमा भिड्ने भएको छ ।

    धरान बास्केटवल संघको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रतियोगितामा मेघा अल स्टारले होलिल्याण्ड ‘वि’, धिरान आर्दश, मेघा ‘ए’ र होलिल्याण्ड ‘ए’ टिमलाई पराजित गर्दै उपाधिका लागि फाइनमा आफ्नो स्थान सुरक्षित वनाएका थिए । यसैगरि विर्तामोड झापाले होलिल्याण्ड ‘सि’, डिपो स्कुल र युवा जागृति क्लवलाई पराजित गर्दै फाइनल यात्रा गरेका हुन।

    शुक्रवार औपाचारिक रुपमा शुरु भएको प्रतियोगिताको उद्घाटन किराती मुन्धुम अनुसार उद्धाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सांसद माननीय रमेशकुमार वस्नेतले चिन्डो (चिण्डो) बाट बास्केटवलमा रक्सि छर्किन्दै, कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले झ्याम्टा वजाएर उद्धाटन गरिएको थियो ।

    किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ । किराती समुदायले सुख र दु:ख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछन् । उक्त प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै धरानमा बास्केटबल आयोजना गरिएको हो ।

    प्रतियोगिताका विजेता टिमले नगद सात हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ । 

    प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम संगै,  धरान वाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिम गरि १८ टिमले सहभागिता जनाएको छ ।

    सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको उपस्थिति रहेको थियो । 

    प्रतियोगिताको सम्पूर्ण खेल धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोड विचको फाइनल खेल शनिवार विहान ९ वजे हुने समेत आयोजकले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal