News Portal

  • घाटे बैंध; पशुपति आर्यघाटको ब्रह्रमनालबाट घर फर्काउने बैंध (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    काठमाडौं – काठमाडौं पशुपति आर्यघाट क्षेत्रमा जीवनको अन्तिम आशा मारेर घाट पुऱ्याएका धेरै मानिसहरुलाई सुवर्ण बैंधले पशुपति परिसरमा विस २०५२ सालदेखि संचालनमा ल्याएका पशुपति आर्यघाट सेवा केन्द्रमा उपचार गरि घर फर्काएका धेरै उधारण छन् ।

    उनी जीवनको उत्तरार्धमा रहेका छन्। उनले पशुपति आर्यघाटमा निःशुल्क सेवा प्रदान गर्दै आएका छन्। पशुपति क्याम्पसदेखि गौसला तर्फजादा अलिक अगाडिदेखि पशुपति तर्फको २० मिटर ओरालो झर्दा वाया साइडमा आयुर्वेदिक औषाधालय संचालनमा ल्याएका छन्। उनी कहिले आयुर्वेदिक औंषाधलयमा भेटिन्छन् त कहिले पशुपतिनाथ मन्दिर प्रवेशद्वारसंगै रहेको राणाकालिन पुरानो एतिहासिक भवनमा उनले संचालनमा ल्याएका पशुपति आर्यघाट सेवा केन्द्रमा भेटिन्छन्। 

    उनले त्यहि भवनमा पशिपतिनाथ आर्यघाट सेवा केन्द्र ०५२ सालदेखि संचालनमा ल्याएका रहेछ । पुरानो भवन त्यसभित्र पुरानो खाट र टेवलहरु। टेवलमा जडीबुटीका खाली बट्टाहरु देखिन्छन्। छेवैंमा एउटा सानो भान्छा कोठा रहेको छ। पुरानो भवन झट्ट हेर्दा अव्यवस्थित देखिने भवन पशुपतिको बैंघशाला। त्यो नै आर्यघाट पुऱ्याएका विरामीको अन्तिम् उपचाव केन्द्र हुन्। 

    विस २०५२ सालमा स्थापना गरेका सेवा केन्द्रले धेरै मानिसहरुको निशुल्क उपचार गरिसकेका छन्। उनी कहिले जडीबुटी कुटिरहेको भेटिन्छन त कहिले विरामी जाची रहेका हुन्छन्। मानिसले जीवनको बाच्ने आश मारेर पशुपति आर्यघाट पुऱ्याएका मानिसहरुको उनले निःशुल्क उपचार गरिरहेका हुन्छन् । उनले धेरै विरामीहरुलाई पशुपति आर्यघाट ब्राह्रनालको फल्याकमै सुताईएकाहरुलाई सञ्चो पारेर घर फर्काएका धेरै उधारण रहेको बताउछन्।  उनी विरामीको सेवा गर्न पाउदा आन्नदित भएको महसुस गर्दछन्। 

    उनी भन्छन् औंषधि खोज्न बृन्द्र वन, जंगल नै जानु पर्छ भन्ने छैन्। हाम्रै वरीपरी रहेका जडीबुटीहरुबाट आर्युवेदिक औंषधिको रुपमा तयार पारेर अस्पतालको बेडबाट निरास भएर फर्केका विरामीहरु क्यान्सर पिडीत, एचआइभी लागेका, मृगौला पिडीत, लिभर सम्बन्धि समस्या र गर्भ नरहने समस्या जस्ता गम्भीर रोगहरुको उपचार गर्दै आएका बताउछन् । यसको अभिलेख र प्रमाणहरु रहेको उनको जिकिर बताउछन्। 

    उनी भन्छन् खान पानमा ध्यान दिइयो भने धेरै रोगहरु आफै निर्मुल हुन्छ। हाम्रो दैनिक भान्छाकै मरमसलाहरु बेसार, जीरा, मेथी, सुकुमेल, जाइफल, अलैची र अन्य १२ मसलाहरुको माध्यमबाट शरीरमा लेगेका धेरै थरीका रोगहरुको निदान गर्न सकिने उनको भनाई छ। उनको अनुसार पछिल्लो समय विरामीको चाप थोरै धटेको बताउछन्। कोरोना महामारीको कारण वशुपतिनाथ क्षेत्र शुनसान जस्तै छ। उनी भन्छन् कोरोना के हो त? यो कसरी उत्पति भयो? भाइरस के हो? उनी प्रश्न गर्दछन्। 

    उनी श्री पशुपतिनाथको र आफ्ना स्वर्गिए माता पिताको आशिर्बादले गर्दा यो सेवा गर्न पाएको तर्क गर्दछन्। उनका पिताले संचालन गरेका बैधखानाबाटै उनी प्रभावित भएको बताउछन्। पितासंगै बैंध सिकेका उनले आयुर्वेदिक उपचार पद्धति सिकेका रहेछन् । पछिल्लो समय उनलाई पिता जस्तै सबैले एकलखे शब्द धाटे बैंध भनेर सम्बधोन गर्दछन्। 

    उनले उपचार गर्ने क्रममा कुनै उपकरणको प्रयोग गर्दैनन्। उनले विरामीको हातको नाडी छामेर रोगको प्रकार र रोग पत्ता लगाउछन्। र, आवश्यकता अनुसार उनले वनाएका आर्युवेदिक जडिबटी खुवाउछन्। उनी डाडामाथिको घाम बनिसकेका छन्। ७४ बर्षीय उनको फुर्तिला शरीर, चर्को बोली अहिलेसम्म अस्पताल गएका छैनन्। तर, थोरै कानको समस्यका कारण चर्को बोल्नु पर्ने रहेछ। 

    उनी आफ्नो स्वास्थ्यामा ज्यादै सचेत छन्। विगत ५८ बर्षदेखि दिनको अढाई बजे एक छाक मात्र भोजन ग्रहण गर्दै आएका छन्। कफ, पित्त र वायुसंग सम्बन्धित स्वास्थ्यामा ध्यान दिन सकियो भने रोग न्यूनिकरण गर्न सकिने बताउछन् । स्वास्थ्या रहनु नै जीवनको ठुलो उपलब्धि हो उनको कथन छ। खानपानमा ध्यान दिन सके धेरै रोग जित्न सकिने उनको तर्क छ। 

    उनी भन्छन् खआध बस्तु आफैमा खराब हुदैन। हाम्रो प्रयोग गर्ने तरिका गलत रहेको कारण हामी रोगी भइरहेका छौं। उनी विरामीको स्वास्थ्या अबस्था बुझेर कफ “फोक्सोसंग सम्बन्धित” मृगौला तथा पित्त थैली आहार विहार र शरीरको अबस्थाका आधारमा विरामीको उपचार गर्दछन्। 

    उनी आफ्नो क्रमप्रति धेरै सम्तुष्टि छन्। यसको श्रेय स्वर्गिए पिताको आसिर्वाद सम्झछन्। तर, आयुर्वेदिक प्रयोग सम्बन्धि युवा पुस्ता विमुख भएको देख्दा उनी अच्चमित हुन्छन्। उनले आफ्नो जीवन समाजसेवा र विरामीको सेवामै समर्पित गरे। सरकारले यसको मुल्याकन नगर्दा सरकार नभएको उनी अणुभूति गर्दछन्। एउटा बेडबाट सेवा केन्द्र शुरु गरेका बैंधले पछिल्लो समय ३५ बेड संचालनमा ल्याएका छन्। उनी आर्थिक सहयोग अस्वीकार गर्दछन्। सेवा केन्द्रका लागि जिन्सी सहयोग स्वीकार गर्दै आएको बताउछन्। 

    समाज सेवामा उनको उट्कट चाहाना पुरा नभएको बताउछन्। उनले विस २०५९ सालको घटना सुनाए। एक जना विरामी ब्राह्रमनालको फल्याकमा पऱ्यो। त्यहा अन्तिम तयारी गरिरहेका थिए। उनले यसो अनुहार खोल्न लगाए उनी जीउदै रहेको आशंखा गरे। मान्छे जीउदै रहेछन्। उनले आफ्नो सेवा केन्द्रमा विरामी ल्याउन आग्रह गरे।

    सेवा केन्द्रमा उनले बनाएका जडीबुटीका आयुर्वेदिक औषधि खुवाए। उनी भोली पल्ट सेवा केन्द्र गए विरामी टंग्रिएको पाए। दुइ चार दिनमा उनी बोल्न शुरु गरे। केहि दिनपछि उनी विस्तारै हिड्डुल गर्ने भए। उनी पूर्वी नेपालको सुनसरी जिल्ला इनरुवाका भवनाथ भट्टराई। जीवनको उत्तरार्धमा रहेका उनी ८० बर्षीय भट्टराई जण्डिस पिडित विरामी रहेको उने सुनाए । उनलाई काठमाडौ स्थित मेडिकल कलेजमा २१ दिनसम्म उपचार सघनमा राखेर उपचार गर्दा स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले विरामीको अन्तिम अबस्था भनेर डिस्चार्ज गरिएको उनले सुनाए । त्यसपछि परिवारले उनलाई पशुपति आर्यघाट पऱ्याएको रहेछ। 

    भवनाथ भट्टराईले सुर्णको ठुलो फोटो मागे आफ्नो पुजा कोठामा सुवर्णको फोटोमा पुजा गरेर मात्र अन्य भगवानको फोटोमा पुजा गर्न एक फोटो मागेको सुनाए। उनले फोटो दिए। भवनाथले सुवर्णलाई धन्यबाद पत्र दिए। ती पत्रमा लेखिएको छ। अन्तिम संस्कारका लागि मलाई ब्रह्रनालबाट फर्काएर १३ नम्बरको बेडमा राखेर मेरो उपचार गर्नु भयो। यस क्रममा एक महिना १८ दिन सेवा केन्द्रमा राखी पूर्ण रुपमा निको पारेर घर पठाउनु भयो।” 

    उनी खुशी हुदै सुनाउछन्; पशुपति आर्यघाटबाट फर्केका भट्टराईको १० बर्षपछि उनको निधन भएको खबर आयो। उनका छोराछोरीहरु उनलाई हरेक बर्ष भेट्न आइरहेको सुवर्णले समेत स्मरण गरे। उनीहरुले सेवा केन्द्रमा अत्याबश्यक सामानहरु सहयोग गर्दै आएको समेत सुनाए । अहिले अष्ट्रेलियाबाट आएकी एक दिदिले सेवा केन्द्रको जिर्न रहेको भवनको झ्यालढोकाहरुमा रंग रोगन गरिरहेको समेत बताए।

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal