News Portal

  • उपेन्द्र यादवलाई केन्द्रदेखि मधेससम्म सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    नवीन झा,
    काठमाडौं। बिहीबार प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउत (चन्द्रकान्त)ले सम्भावित नयाँ सत्ता समीकरणमा सहभागी हुने संकेत गरेका छन्।

    प्रधानमन्त्री देउवालाई भेटनुअघि बुधवार राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेटेका थिए। निधि बिहीबार प्रधानमन्त्री र राउतबीच भएको भेटमा पनि सहभागी थिए। राउत र प्रधानमन्त्रीबीच भएको भेटलगत्तै निधिले नै समाजिक सञ्जालमार्फत् राउत कांग्रेस नेतृत्वको वर्तमान सता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको जानकारी दिएका थिए।

    त्यसलगत्तै राउत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगे। खुमलटारमा प्रचण्डलाई भेटेपछि राउतले मन्त्रीनिवास पुल्चोक पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका थिए।

    यी सबै भेटको मुख्य ध्येय सत्ता गठबन्धनले सम्भावित बनाउन लागेको नयाँ सरकारमा राउतको सहभागिता नै थियो। राउतको सचिवालयले पनि कांग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन प्रजातान्त्रिक गठबन्धन भएको जिकिर गर्दै आफूहरु त्यस कित्तामा उभिन सक्ने जनाएको छ।

    साथै, राउतले आफूहरुले उठाउँदै आएको किसान आन्दोलनका मुद्दा, नागरिता मुद्दा र शिक्षा, स्वास्थ्य, रोजगारीको सन्दर्भमा काम गर्न पाउनुपर्ने वातावरण बनाई दिन आग्रह गरेका छन्।

    राउतकै शब्दमा भन्ने हो भने प्रधानमन्त्री यी मुद्दाहरुमा ‘सकारात्मक’ देखिएका छन्। जसका कारण राउत सत्ता गठबन्धनलाई सरकार बनाउन अपुग केही संख्या पूरा गर्न सरकारमा जाने वाचा गरेका छन्। जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्– ‘बिहीबारको छलफल सकारात्मक रुपमा अघि बढ्यो। यद्यपि, ठोस निष्कर्ष केही समयपछि आउनेछ।’

    राउतलाई सत्ता गठबन्धनले सरकारमा ल्याउनुका मुख्यतः दुई कारण छन्। एउटा, केन्द्रमा बहुमतका लागि अपुग भइरहेको ३/४ को संख्या पूरा गर्नु। र, दोस्रो– मधेस प्रदेशमा पनि आफ्नै सरकार बनाउनु।

    मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ भने कांग्रेस दोस्रो र जसपा तेस्रो स्थानमा छन्। जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सिट जितेको छ भने समानुपातिकमा पनि ७ सिटसम्म ल्याउने देखिन्छ। सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन दुवैलाई मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी र स्वतन्त्र सांसदकै साथ चाहिन्छ। यही बुझेर सत्ता गठबन्धनले केन्द्रदेखि मधेस प्रदेशसम्म आफ्नो बहुमत सुनिश्चित गर्न राउतसँग संवाद अघि बढाएको छ।

    राउतको रणनीति

    चुनावताका राउत र उनका पार्टीका नेताहरु मधेसमा सबैभन्दा बढी उपेन्द्र यादव नेतृत्वको जसपाप्रति आक्रामक देखिएका थिए। त्यस क्रममा राउत र उनका समर्थकहरुले जसपा र यादवलाई सत्ताको मोहमा फसेर मधेसको मुद्दा बिर्सेको आरोप लगाए। जसपाकै नेतृत्वमा ५ वर्ष रहेको मधेस सरकारविरुद्ध पनि राउतको पार्टी सुरु देखि अनुदार देखिएको थियो। स्वयं राउतले जसपा अध्यक्ष यादवलाई सप्तरी–२ बाट फराकिलो मतान्तरले पराजित गरे।

    अहिले राउतले केन्द्रदेखि मधेससम्म सत्ता गठबन्धनमा सहभागी भएर सरकार जान लागेको चर्चा चलेपछि जसपाका नेताहरुले विगतका प्रश्न राउततर्फ तेर्साइरहका छन्। तर, राउत भने उपेन्द्रलाई जसरी हुन्छ केन्द्रदेखि मधेससम्म यसपटक सत्ताबाहिरै राख्ने रणनीतिमा रहेको जनमत पार्टी स्रोतको भनाइ छ।

    स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्रले दुई दिनअघि मात्रै सत्ता गठबन्धनका घटक माओवादी केन्द्रका अध्यक्ष दहाललाई भेटेर मधेसमा गठबन्धनकासाथ जसपा सरकारमा जान सकिने जनाउ दिएका थिए। वर्तमान सत्ता गठबन्धनमै रहेको जसपा ४ मंसिरको निर्वाचनको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा गठबन्धन परित्याग गर्दै एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए।

    मतपरिणाम अनुसार वर्तमान सत्ता गठबन्धनलाई भावी सरकार बनाउन बहुमत नपुग्ने देखिएपछि जसपालाई समेत ल्याउन सकिन्छ कि भन्ने चर्चा चलेको थियो। तर, त्यसप्रति कांग्रेसले रुचि राखेन। अरु, सीके राउतलाई सहयात्री बनाउने कसरतमा लाग्यो।

    राउत जसपालाई केन्द्रदेखि मधेससम्म सत्ता बाहिर राखेर आफ्नो पार्टीलाई मधेसको मूल शक्तिका रुपमा उभ्याउने रणनीतिमा छन् भने अर्कोतिर उपेन्द्रलाई फराकिलो मतले पराजित गरेको मनोविज्ञानलाई भजाएर मधेसमा संगठन विस्तार गर्ने योजनामा छन्।

    ‘मधेसमा सत्ताको शक्ति प्रभाव जहिले पनि बढी देखिन्छ’, राउतनिकट एक नेता भन्छन्, ‘जसपाको संगठन छिन्नभिन्न बनाएर जनमत पार्टीलाई मधेसमा कसरी बलियो बनाउन सकिन्छ भन्ने गृहकार्यमा जुटिरहेका छौं।’

    सत्ता सहभागिताको विषयलाई लिएर मधेसका नेताहरू पटक–पटक आलोचित हुँदै आएका छन्। देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन ‘कसरत’ गरिरहेका राउतले त्यसलाई कसरी व्यवस्थापन गर्छन्, त्यो रोचक पर्खाइको विषय बनेको छ।

    प्रतिकृया दिनुहोस्

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो –...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal