News Portal

  • नेपाली दुताबासबिहिन पोर्चुगलका नेपालीलाई सस्ती, राष्ट्रपतिसमक्ष पहल गर्दै बिक्की सुवेदी

    हिमालीसंचार संवाददाता
    ५७८ पटक

    पोर्चुगल। पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी पेशाले व्यवसायी हुन्। हाल सुबेदी पोर्चुगलमा बस्छन्। करिब एक दशकदेखि व्यवसाय गर्दै आएका सुबेदी पोर्चुगलकै कान्छा नेपाली व्यवसायीको रुपमा चिनिन्छन्। शान्त र शालिन स्वभावका सुबेदीले पोर्चुगल आएबाट नै समस्यामा परेका नेपाली तथा एशियनहरुलाई सहयोग गर्दै आएका छन्।

    हल्ला, अपवाह र मिडियाबाट टाढा रहन रुचाउने सुबेदी आफ्नो एग्रीकल्चर कम्पनी संगसंगै हाल हेल्प डेक्स इनबाट विभिन्न समस्यामा परेका पोर्चुगलमा रहेका आप्रवासीहरुलाई सहयोग गर्दै आएका छन्।

    पोर्चुगलमा भएको झन्झजटलो कागजी प्रकृया तथा विभिन्न कारणबाट आएका आप्रवासीहरुको समस्यालाई पोर्चुगलको सरकारी निकायसम्म पुगेर नै समाधान गर्ने गरेका सुबेदी एनआरएन क्षेत्रीय समिति ओलेन्तेजोका उपाध्यक्ष पनि हुन्। उनै व्यवसायी तथा समाजसेवी सुबेदीसंग गरिएको संक्षिप्त कुराकानीको अंश :-

    हाल के मा व्यस्त हुनुहुन्छ ?

    आफ्नै कम्पनि संचालन साथसाथै विभिन्न डकुमेन्टेसनको समस्यामा परेका नेपाली तथा आप्रर्वासीहरुलाई सरसहयोग मै व्यस्त छु।

    तपाइले आफ्नो कार्यक्षेत्र पोर्चुगल रोज्नुको कारण र पोर्चुगल आएपछि गर्नुभएका कार्यहरु ?

    युरोपमा पढ्न तथा रोजगारीको शिलशिलामा  नेपालीहरु आउने गर्छन। युरोपको सेन्जेन देशहरुमध्ये पोर्चुगलले आप्रबासीहरुको मामलामा अलि उद्दारता देखाएको छ। यहाँ प्रवेशसंगै कागजातका केही प्रकृयाहरु पुरा गरेपछि अस्थायी बसोबास तथा कामको लागि अनुमति दिने र कर तिर्दै गएपछि केही निक्षित समयपछि अस्थायी रेसिडेन्सी कार्ड दिने साथै त्यो कार्ड पाएको ५ वर्ष पछि स्थायी रेसिडेन्सी तथा राहदानी नै लिन निवेदन गर्न सकिने भएकोले सबैको चाहना युरोपको पिआर बनाउने, धन आर्जन गर्ने उदेश्य अनुरुप पोर्चुगल नै कार्यक्षेत्र बन्न पुग्यो।

    पोर्चुगल आएपछि केही साथीहरुसँग मिलेर एग्रीकल्चर कम्पनि खोलियो र एग्रीकल्चरमा विभिन्न कामहरुमा कामदारहरु लगाइयो। मैले संचालन गरिरहेको (Power ful Prijm lda) कम्पनिसम्म आइपुग्दा साथीहरुसंग मिलेर ३ वटा कम्पनिहरु संचालन गर्यौ। जसमा ३ वटै कम्पनिमा गरेर २८००/३००० हाराहारीमा एशियनलगायत विभिन्न देशका कामदारहरुले प्रत्यक्ष रोजगारी  पाएका छन्। यो रह्यो व्यवासायिक पाटो।

    आफ्नो व्यवसाय संगसंगै नेपाली मात्र नभए र विभिन्न समस्यामा परेका आप्रबासीहरुलाई सहयोग गर्दै आएको छु। उद्धार गर्दै आइरहेको छु। “हामी नेपाली” भन्ने मुलनाराका साथ एनआरएन मार्फत संस्थागत सहयोग उद्धारका कार्यहरु गर्दै आइरहेका छौ। र अहिले हेल्प डेक्स इन पोर्चुगल हेल्प डेक्स इन पनि संचालन गरिरहेको छु ।

    हेल्प डेक्स इन पोर्चुगल संचालन गर्नुको कारण ?

    आफु पोर्चुगल आउदा ताका परेको कागजी समस्या सम्झदै यसरी समस्यामा परेकालाई कसरी सहज र समस्या मुक्त गर्न सकिन्छ भन्ने सोच्ने गर्थे। त्यही भावनाले पनि मलाई समाजसेवा तर्फ उन्मुख गराए जस्तो लाग्छ। पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भनेको भाषा हो। यहाँ हरेक कार्यलयहरुमा भाषा बिना कुनै काम गरिदिदैन। कि भाषा जान्ने लिएर आइज कि भाषा सिकेर आइज भनेर काममा अल्झन लगाईदिन्छ। आफ्नो भाषाप्रति पोर्चुगिसहरु कठोर छन्।

    अर्को कुरा आप्रवासीहरुले मिलाउनुपर्ने कागजी प्रकृयाहरु (डकुमेन्टेसन) जथाभावी हुनुले पनि  धेरैजना समस्यामा परेका छन्। यहाँ केही व्यक्तिहरु केही संस्थाहरु डकुमेन्टेसनको काम गर्ने भएतापनि कतिले चाहीँ हो हो रे को भरमा अनुभव बिहिनहरुले गर्ने गरेको, कानुनी मापदण्डमा चाहिने कागजपत्रहरु नमिलाई दिने कारण धेरैले समस्याहरु भोगिरहेका छन्। साचो कुरा नबताइदिने, सहि कागजपत्र नमिलाईदिने तथा नयाँ आउनेहरु ठगिने गरेको यस्ता धेरै गुनासोहरु आइरहेका कारण कानुनी मापदण्डमा रहेर बिश्वासिलो भरपर्दो, छटोछरितो र सहज सेवा प्रदान गर्नेको लागि हेल्प डेक्स इन पोर्चुगल नै खोलेर आप्रवासीहरुको डकुमेन्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई सरकारी निकायमै पुगेर न्युनिकरण तथा समाधान गर्नको लागि सहयोग मिलोस भन्ने हेतुले कार्यहरु गर्दै आइरहेको छु। र हेल्प डेक्सले दिने सेवाहरु:-

    – अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने।
    – फिनान्सका सोसल अफिसका सम्पूर्ण कामहरू सहज रूपमा गराउने।
    – बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्न।
    – फिनान्स, सोसल, अस्पताल, फुन्दो, सेफ लगायतमा समय अनुमति लिन।
    – नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन।
    – पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न।
    – बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि।
    – ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि।
    – कागजात अनुवाद र प्रमाणिकरण गर्न।
    – सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न।
    – आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग।
    – सेन्जेन भित्रका देशहरुका दुतावासहरुसँगको समन्वय र बिभिन्न समस्यामा परेका आप्रबासीहरुको समाधानका लागि दुतावासहरुसँग समन्वयको भुमिका संस्थाले निरन्तर रुपमा गरिरहेको छ।
    – उल्लेखित सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्शलगायतको सेवा प्रदान गर्दै आएका छौ।

    यी सबै  कार्यहरु गर्ने कसरी जान्नु भयो ?

    पहिलो कुरा त भोगाइ नै हो। त्यही भोगाइ संगसंगै सिकाइ र पढाई हो। भाषा पढे, यहाँको कानुनबारे अध्ययन गरे, कामकै शिलशिलामा यहाँको सरकारी वकिलसंग रहेर केही समय सहयोगी बनेर काम गर्ने मौका पाए। त्यही काम गर्ने दौरानमा यहाँको
    कानुनी प्रकृयाको बारे अझ धेरै बुझ्ने मौका मिल्यो। त्यो मौका नै आज विभिन्न निकायहरुमा टेवलटक गर्नको लागि सम्भब भएको छ। यहीँ भएर पनि होला धेरैको समस्याको समाधान गरेर मन जित्न सकिएको छ र सेवा गने अवसर दिइरहनु भएको छ।

    पोर्चुगलमा आप्रवासीहरुको कस्ता-कस्ता समस्या छन् ?

    अलि पहिले तिर कामको समस्या थियो। अस्थायी रेसिडेन्सी कार्ड (TRC) पाउनको लागि पनि ३/४  वर्ष लाग्थ्यो। अहिले पहिले भन्दा हरेक कुरामा सहज बनेता पनि आप्रवासीहरुको चापले गर्दा बस्ने घरको ठूलो समस्या छ। पहिले कार्ड पाउछ कि पाउदैन भनेर सोच्नुपर्थो, अहिले बस्न घर पाउँछ कि पाउदैन भनेर सोच्नपर्ने दिन आएको छ। पहिलेको तुलनामा दोब्बर घरमाथी कोठाहरु पर्न थालेका छन्। महंगी अनुपातमा तलबको बृद्धि भने अति नै न्युन छ।

    यहाँ आप्रवासी हेर्ने सरकारी निकाय सेफ (Serviço de Estrangeiros e Fronteiras) बाटै जिल्ला अनुसार आ-आफ्नो फरक-फरक डिसिजन गर्ने गरेको कारण यहाँ कस्को कसरी काम हुने भन्नेमा पनि अन्योल रहेको छ ।

    अझ अहिले त पोर्चुगलमा इलिगल बाटो हुदैँ आउनेको लस्कर नै छ। रातारात महिनौ दिन लगाएर आउने गर्छन्। त्यसरी आउदा बाटोमा पासपोर्टहरु प्रहरीहरुले समाइ दिने, कति आफैले फ्याकेर, च्यातेर आउने हुदाँ यहाँ आइसकेपछि विभिन्न समस्यामा पर्ने गर्छन्।

    पोर्चुगलमा नेपाली राजदुतावास नहुनाले र फ्रान्सस्थित राजदुतावासले हेर्ने भएकोले अहिले इ-पासपोर्टले झनै गाह्रो बनाएको छ। इ-पासपोर्ट बनाउन स्वयंम मान्छे नै फ्रान्स पुग्नुपर्ने हुन्छ। तर उनिहरुसंग कुनै आधिकारिक डकुमेन्ट नभएको कारण फ्रान्स राजदुतावाससम्म जान सक्दैनन्। अ‍हिले यो बिकराल समस्याको रुपमा आइरहेको छ।

    पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्ने के-के गर्नु पर्ला ?

    सबैभन्दा पहिले हामी नेपालीहरु नै एकजुट हुन पर्यो। यहाँ मान्छे पिच्छेका फरक-फरक कुराले नयाँ आउनेहरुले कस्को कुरा बिश्वास गर्ने ? सहि सुचना प्रवाह नहुनु, मनगणन्ते सुचना प्रवाह हुनु, नयाँहरुलाई उचित परामर्श नदिई फसाउनु, लिगल  प्रकृयाबाट काम नगरीदिने काम गरे जस्तो बाहानामा पैसा लिने तर काम नै नगर्ने तथा सम्पर्कबिहिन  भैईदिने प्रवृतिबाट धेरैले दु:ख पाइरहेका छन्। नेपालीहरुको समस्या सुन्ने निकाय राजदुतावास पोर्चुगलमा छैन। ४० हजार भन्दामाथी नेपालीहरु रहेको देशमा राजदुतावास नहुनु नेपाल सरकारको लागि पनि लज्जास्पद बिषय हो। हामीहरुले एनआरएनलगायतका संस्थाहरुबाट संस्थागत रुपमा पनि धेरै पटक ज्ञापनप्रत्र बुझाइ सकेका छौ र पनि कुनै चासो दिइएको पाइन्न्। राजदुतावास लागि नेपाल सरकारको ध्यानाकर्षण गराउदछु।

    पछिल्लो समय बिक्की सुवेदीले पोर्चुगलको राष्ट्रपति Marcelo Rebelo de Sousa संग भेटघाट गरेका छन्। भेटघाटमा पोर्चुगलमा भएका नेपालीहरुको समस्याको समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा र करिब ४०/५० हजार नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुँदा आप्रवासी नेपालीहरू समस्यामा रहेकोबारे जानकारी गराउदै सुवेदीले पोर्चुगलमा पनि नेपाली राजदुतावास कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा पोर्चुगलका राष्ट्रपतिसमक्ष पहल गरेको सुवेदीले बताए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal