News Portal

  • सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२८ पटक

    सोलुखुम्बु  -सोलुखुम्बुको लिखुपिके गाउँपालिका बाट संचालन हुँदै आएको सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको छ। सप्तरङ्गी कार्यक्रम गत बर्ष फुलपातिको दिनबाट सुरुवात भएको थियो।उक्त सप्तरङ्गी कार्यक्रम समर्पण सञ्चार प्रा.लि मार्फत सञ्चालन हुदै आएको समर्पण सञ्चार प्रा.लिका अध्यक्ष विष्णु खड्काले हिमालि संचार प्रतिनिधि पुष्कर खड्कालाई जानकारी दिनु भयो।

    अध्यक्ष खड्काले दिएको जानकारी अनुसार नवप्रतिभालाई प्रोत्साहान अग्रजलाई सम्मान गर्दै उज्यालो लिखुपिके उज्याल्यो नेपालको अभियानलाई सार्थकता दिँदै सञ्चालित कार्यक्रम सप्तरङ्गीको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको कार्यक्रमका संचालक विष्णु खड्काले जानकारी दिनु भयो।उहाँको जानकारी अनुसार सप्तरङ्गी कार्यक्रम लिखुपिके गाउँपालिकाको समिक्षा हलमा आज भव्य रुपमा सम्पन्न भएको हो। सो कार्यक्रमा लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना बस्नेत कार्कीले उद्घाटन गर्नु भएको थियो।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले कार्यक्रम सप्तरङ्गी लिखुपिकेको मात्रै नभएर सोलुखुम्बु जिल्लाकै एक चिनारी भएकाले यस कार्यक्रमलाई ब्यक्तिगत तर्फबाट र समग्र गाउँपालिकाको तर्फबाट सगरमाथाको उचाई पुर्याउन सक्दो सहयोग गर्ने बताउनुभयो।त्यसैगरी वडा नं- ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले सो कार्यक्रममा बोल्दै सप्तरङ्गी कार्यक्रम स्थापना सँगै लुकेर बसेका हरेक समुदाय भाषाभाषीको संस्कृति संरक्षणमा समेत थप सहयोग तथा टेवा पुग्ने बताउनुभयो।सप्तरङ्गी कार्यक्रममा वडा सदस्य तथा बिभिन्न संघ सँस्थाका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा उपस्थिति दर्शक तथा श्रोताहरुले सप्तरङ्गीको उत्तरउत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका थिए। सोलुखुम्बु जिल्लाको पनि एक बिगट गाउँपालिका लिखुपिके गाउँपालिकाबाट यो कार्यक्रम सञ्चालनमा आउनु कम चुनौती नभएको अधिकांश उपस्थितिहरुको भनाई रहेको थियो। राष्ट्रिय रुपमा कलाकारितामा र पत्रकारितामा नाम चिनाईसकेका यस क्षेत्रका कलाकार तथा पत्रकार बिष्णु खड्काले यो कार्यक्रम गर्ने आँट गरेकोमामा पत्रकार खड्का सँधै धन्यवादको पात्र बन्ने गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal