News Portal

  • गठबन्धनको भागबण्डा विवादबीच शेखर कोइराला-केपी ओली २ घण्टा वार्ता

    हिमालीसंचार संवाददाता
    १७९ पटक

    १६ भदौ, २०७९ बिहीबार
    काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेकाबेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा वार्ता गरेका छन्। अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो वार्ता गरेका हुन्।

    आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग मुख्य तालमेल गरेर अघि बढेपछि कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण भनिएको छ। बालकोटमा दुई नेताबीच भएको वार्ताको पुष्टि कोइराला र ओली दुवैको सचिवालयले गरेको छ।

    स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो। कांग्रेसको चौधौँ महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन्।

    तर उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले पनि एमालेसँग संवाद गरेका हुन्। कांग्रेसमा आगामी निर्वाचनपछि बहुमत ल्याउने रणनीतिसहित गठबन्धनमा सय सिटको दाबी गरिरहेको छ। तर बिहीबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस ९० सिटमा झर्न तयार भएको छ।

    यसअघि कांग्रेसबाट गठबन्धनका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले ९० सिट आसपास झरेर सहमति गर्न सकिने बताएका थिए। तर कांग्रेस महामन्त्री गगन थापाले सयबाट तल झरेर सम्झौता हुन नसक्ने अडान राखेका थिए।

    यस्तोमा ९० सिट आसपासमा झरेर सहमति गर्ने तयारी देउवाले गरिरहेका छन्। उता शेखर समूहले पार्टीमा मागेजति भाग नपाएको अवस्थामा चाल्न सकिने विकल्पका लागि पार्टीबाहिर पनि छलफल थालेको हो। त्यही अन्तर्गत शेखर बालकोट पुगेका छन्।

    स्रोतका अनुसार कांग्रेसमा शेखर समूहले देउवाले पेलेरै अघि बढेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले छाडेका स्थानमा एमालेसँग मिलेर उम्मेदवारी दिने रणनीति समेत बनाएको छ।

    गठबन्धनले भागबण्डा मिलाउन कोसिस गरिरहेका बेला शेखरले ओलीसँग गोप्य वार्ता गरेर फर्किएका छन्। उता शेखरसँग संवाद गरेका ओलीले कांग्रेसले गठबन्धनका नाममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता नेताहरुलाई साथमा लिएर हिँड्न नहुने बताउँदै आएका छन्।

    ओलीसँगको भेटबारेमा शेखरनिकट एक नेताले पुष्टि गरे पनि विस्तृत कुराकानीबारे खुलाउन मानेनन्। ‘भेट भएको हो, उहाँहरूबीच ‘वन टु वन’ वार्ता भएको छ’, ती नेताले भने, ‘तर कतिपय कुराहरु हाम्रा आन्तरिक रणनीतिअनुसार भएका हुन सक्छन्। त्यसैले सबै कुरा सार्वजनिक गर्न मिल्दैन।’

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal