News Portal

  • सगुन राईको भावनात्मक पुस्तक “जूनजस्तै हजुर आमा” विमोचन

    हिमालीसंचार संवाददाता
    ४४३ पटक

    आशकुमार राई/काठमाडौं – अहिले बजारमा विभिन्न बिषयमा थुप्रै नयाँ-नयाँ पुस्तकहरु आईरहेका छन। सगुन राईद्वारा लिखित ‘हजार जूनजस्तै मेरि हजुरआमा’ पुस्तक पनी घोस्ट राईटिङ नेपालले बजारमा ल्याएको छ। उक्त सार्वजनिक पुस्तक विशेष गरेर भावनालाई प्रधान बनाई लेखिएको छ। तर, भावनात्मक बिषयलाई प्रधान बनाएर लेखिएको भए पनि यो पुस्तकभित्र भावनात्मक सिलसिलाहरुभित्र छोपिएका दुई तीनवटा महत्त्वपूर्ण बैचारिक बिषयहरुलाई पर्गेल्न सकिन्छ ।

    यस पुस्तक भित्रका बैचारिक बिषयबस्तुहरु:

    १. बजु (सत्ता)

    २. आमा बुवाको संबन्ध (समाज)

    ३. तेस्रो पुस्ताको सम्मान (नवीन संस्कृति)

    बजु (सत्ता)

    पुस्तकभरी नै बजुलाई मुख्य भुमिका बनाई लेखिएको छ। कथाद्वारा सगुनको मावली बजुको सचरित्र बयान गरिएको छ। तिनको मावली बजुको कथा, आनिबानी, चालचलन, परिवारमा नेतृत्वदायी भुमिका साथै जीवन जिउने लयहरुले मलाई समेत संयोगबस सम्झनामा धुमिलो हुँदै गईरहेको मेरै आफ्नै बजुको सम्झना दिलाउन पुग्यो । मेरा मावली बाजे मुग्लान तिर बेपत्ता भएपछी एक्ली मावली बजुले चार बहिनी छोरीहरु हुर्काएर हामिलाई असल संस्कार दिने बजुको महत्त्वपूर्ण भुमिकाको सचित्र यादहरुमा यो पुस्तकले मलाई पुर्‍यायो। जुन बजुले दिएको संस्कार नै अहिले आफुले बोकिरहेकोमा आफुलाई गर्वबोध पनि गरायो। ती मेरी मावली बजुको सम्झनालाई एकपल्ट फेरि ताजा बनाईदियो। र यो कथा पढदै जाँदा केहिछिन आफ्नै कथाजस्तो पनि लाग्यो। कथा अनुसार सगुन राईको मावली बजु र मेरो आफ्नो पनि मावली बजुको मिल्दोजुल्दो चरित्र र अवस्थाले नै यो पुस्तकको केही बिषयबस्तुमाथि लेख लेख्न जाँगर चलायो।

    संयोगले सगुनको बजु र मेरो बजु दुबैजना एकल बजु हुन्। त्यो बाहेक यी बजुहरुको जन्म फरक, समाज फरक, परिवेश फरक छ। तर यत्तिबेला याहाँ एउटा प्रश्न खडा हुन्छ, यी दुबै  बजुहरुको बिचमा धेरैकुरा फरक हुँदा हुँदै पनि चरित्र चैं किन मिल्यो त रु यसको एउटै उत्तर छ समुदाय अथवा नश्ल एउटै छ। भनाईको मतलब दुबै किरातिनी बजुहरु हुन्। परम्परागत आँखाले किराती समुदायलाई हेर्ने हो भने किराती समुदायको पारिवारिक सत्तामा महिलाहरु प्रधान हुन्छन् । त्यसैले ती बजुहरुमा हजारौं बर्षौंदेखि किराती समुदायले अभ्यास गर्दै आएको सामाजिक सत्ताको प्रणालिगत समरुप देखिएको हुन सक्दछ। किनकी किराती समुदायको सामाजिक प्रणालि अनुसार ूबजुू सत्ता हो। र हरेक बजुहरु स्वाभाबले कोहि नरम होलान कोहि कडा होलान, तर बजुहरुमा सत्ताको संस्कृति भने प्रष्ट देखिन्छ। बजुको यहि ऐतिहासिक र सांस्कृतिक भुमिकालाई ईमान्दारिताका साथ यस पुस्तकले पस्किने जमर्को गरेको छ ।

    आमा बुवाको संबन्ध (समाज)

    लेखकले आफ्नो बुवासित साईबरमा गरेको पहिलो संबादले निक्कै मर्माहित बनायो। बिदेशबाट आएपछी बुवासित सपिङ गरेको कुराले पनि निक्कै भावुक बनायो। यो पुस्तक पढने पाठकहरुमा कम्तिमा पनि त्यस्तो कम्जोरी चैं गर्नु हुन्न भन्ने बोध अवस्य गराउँछ होला।

    लेखकले आफ्नो बुवाआमाको संबन्ध टुट्नुमा मुख्य कुरा बर्गिय बेमेलको कारण हो, पैसा र कामले निर्धारण गर्ने सामाजिक हैंसियत र प्रतिष्ठाको कारण हो भन्ने निस्कर्ष निकालेकी छिन। यदि उक्त निस्कर्ष ठिक हो भने यो घटना नौलो र पहिलो मान्न सकिँदैन। धन दौलतमा हैंसियत मापन हुने यो सामाजिक ब्यबस्था स्थापित भएयता अनगिन्ती सगुनहरुले बाबुको न्यानो माया पाईरहेका छैनन् । र, अझै कत्तिले पाईरहेका छैनन् । त्यस्तै कत्तिले आमाको काख पाईरहेका थिएनन् र अझै पाईरहेका छैनन्। यो दुखद घटना निक्कै समयदेखिको निरन्तरतामा छ भनेर बुझ्नु जरुरी छ। यसको मुख्य जिम्मेवार समाज हो। र सामाजिक ब्याबस्था हो। तर लेखकले धेरै ठाउँमा भाग्य र भगवानलाई जस र दोष लगाएकि छिन।

    म त्यसमा सहमत हुन सक्दिन। ती सब बजुको भाग्यको कारण, आमाको भाग्यको कारण, सगुनको भाग्यको कारण या कसैको भाग्यको कारण भएको होईन। र कुनै भगवानको खेल पनि होईन। त्यसैले भगवान र भाग्यलाई जस र दोष दिनु भन्दा बरु सम्पुर्ण सगुनहरुले आमा र बुवा दुबै पाउने ग्यारेन्टी, अनगिन्ती सगुनको आमाहरुले पाउने अधिकारको ग्यारेन्टी, सम्पुर्ण सोषण उत्पिडन, तथा बिभेदहरुको समुल अन्त्य गर्ने नयाँ सामाजिक ब्याबस्था निर्माण गर्ने भुमिका खेल्नेतर्फ पो सोंच्ने हो कि रु

    तेस्रो पुस्ताको सम्मान (नवीन संस्कृति)

    ‘बजु’ शब्द आफै तेस्रो पुस्ता अघिको पर्‍यायबाची हो। अथवा तेस्रो पुस्ता चलिरहेको समय पनि हो। अथवा भन्न सकिन्छ ‘बजु’ शब्द आफ्नो आँखाको डिलको महत्त्वपूर्ण ईतिहाँस पनि हो।

    तसर्थ आफू बाहेक एकछिन अरुको बारेमा सोँच्नसम्म नभ्याईरहेको बेला, आत्मास्लाघाको बुट्टेदार कथा बुन्ने र प्रचार गर्ने संस्कृति मौलाईरहेको बेला, उत्तर आधुनिकताको नाममा सभ्यता संस्कृती र समाजलाई बिद्रुप बनाउने समय चलिरहेको बेला, चरम उपभोक्ताबादको सिकार भएर आफ्नै अस्तित्व पोलेर खाने दिन बाँकी रहेकै बेला लेखकले सकारात्मक बिषयबस्तु सहित आफ्नो अगाडि पुस्ताको बारेमा समर्पित पुस्तक लेख्नु नै यो आफ्नो पुस्ताको लागी सकारात्मक संस्कृति हो।

    आफ्नो अघिल्लो पुस्ताको सकारात्मक बिषयमा समय खर्चगर्नु, अघिल्लो पुस्ताले दिएर गएको ज्ञान, बिज्ञानहरुलाई संग्रहित गर्नु दस्ताबेजि करण गर्नु नै साँचो अर्थमा पुरानो पुस्ताको लागि सम्मान र नयाँ पुस्ताको लागि नवीन संस्कृति हुन सक्दछ। यो पुस्तकको एउटा ससक्त बैचारिक महत्व पनि यहि नै हो। 

    मलाई लाग्छ, लेखन बिधाबाट नयाँ पुस्ताको लागि नवीन संस्कृति निर्माताको हकदारको निम्ति यो पुस्तक मार्फत लेखक सगुन राईले आफ्नो ससक्त उपस्थिती जनाएकी छिन। निस्कर्षमा के भन्न सकिन्छ भने यो पुस्तक बैचारिक हिसाबले त्रीआयामिक बिषय बस्तुहरु समाज, ईतिहाँस र पारिवारिक सत्तामा आधारित भएर लेखिएको पुस्तक हो। लेखकले आर्थिक समानता र हैंसियत नमिल्दा बाबू र आमाको संबन्ध दिगो नभएको निस्कर्ष निकाल्नु भएको छ। त्यस्ले आमा र बुवाको संबन्ध सामाजमा ब्याप्त गंभिर बर्गिय अन्तर्बिरोधको सिकार भएको देखाउँछ।

    बजु आफ्नो अभिभावक तथा साथी दुबै हुन सक्छन् । तर बजु त्यो भन्दा बढी आफैले देख्ने थाहा पाउनेदेखि सहकार्य गर्ने सम्मको आफ्नो जिवनकालको नजिकको र विस्वासिलो ईतिहास पनि हो। तसर्थ यो पुस्तक आफुलाई त्यत्तिकै आकाशबाट टप्किएको ठानेर उडिरहेको अहिलेको पुस्तालाई आफ्नो जराको हेक्का दिलाउने राम्रो बैचारिक र भरपर्दो ग्राउन्ड हुनसक्छ। आफ्नो ईतिहास र ईतिहासले दिएको संस्कृतिप्रती गर्व गर्नु पर्दछ, समर्पित हुनुपर्दछ भन्ने यो पुस्तकले नयाँ पिँढिलाई प्रेरणा दिएको छ।

    किराती सभ्यतामा आधारित ऐतिहासिक दृष्टिकोण अनुसार बजु पद एक महत्त्वपूर्ण सत्ता हो। त्यस अनुसार बजु पारिवारिक सत्ताको मियो हो। जिवनकालमा सगुनको बजुले जसरी परिवारलाई नेतृत्व दिनु भयो, त्यो बाध्यताको उपजमात्र नभएर एक ऐतिहासिक सत्ता सन्चालनको बैचारिक कौसलताको अवशेष हो भन्न सकिन्छ। बिषयगत हिसाबले तीन फरक फरक बिषयबस्तुमा लेखिएको सार हो यो पुस्तक, भन्दा फरक नपर्ला। तिनै वटा बिषयलाई मिलाएर एउटै पुस्तकमा अटाएर लेख्ने कला लेखकको राम्रो कला हो। 

    पुस्तकभरी सर्बत्र बजुलाई लेखेर बजुको जीवन चरित्रको चर्चामा लेखकको आफ्नो भोगाई तथा आफ्नो अहिले सम्मको ईतिहास तथा बायोग्राफी पनि नछुटाई लेख्ने कला अझै लेखकको सुन्दर पक्ष हो। बिषयबस्तुहरु असल, सबल र ससक्त हुँदा हुँदै पनि लेखनमा मात्र होईन हरेक काममा आ(आफ्ना सानातिना कमजोरीहरु हुन सदछन् । कमजोरिहरु खड्किन सक्दछन् ।

    त्यो स्वाभाविक कुरा हो। निश्चयनै आगामी दिनमा ती कमजोरीहरुले ठाउँ पाउने छैनन् । ठुलो कुरो त पुस्तक बजार भएर पाठकहरुसम्म आईपुग्यो, यो नै ठूलो अनि महत्त्वपूर्ण कुरो हो। अन्त्यमा यो पुस्तकले धेरै भन्दा धेरै पाठक पाओस् । यो पुस्तक र पुस्तकको लेखकलाई शुभकामना छ। अनि अवस्था र शासकिय चरित्र ठ्याक्कै मिल्ने ती दुबै मावली बजुहरुप्रती हार्दिक श्रद्धा सुमन!

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal