News Portal

  • केपी ओलीको राजनैतिक रंगले पोतिएको धरहरा पुग्दा: विनोद राई

    हिमालीसंचार संवाददाता
    ३०० पटक

    कोरोना महामारीको चर्को प्रभावपछि पुन: कोरोनाका नया भेरियन्ट देखा परिरहेको छ। आज म बहिनीसंग सुन्धारा घुम्दा मनसुनको सिमसिमे झरीमा रुझ्दै पुननिर्माण हुदा हुदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यो पंतिकारले धरहरा उद्धाटन गरेको दृश्य देखेको थियो । धरहरा उद्धानमा राजनीतिक रंग पोतिएको रहेछ । त्यसैले, आज सुन्धाराको बिल्कुलै फरक रुप देखियो।

    निर्माणाधिन सुनधाराको धरहरा ४२ रोपनीको खुला पार्क छ । जहाँ मध्यम उचाइका रूख, हरिया बुट्टयान र रंगीबिरंगी फूलहरू फुलेका छन्। रूखको छहारीमा मस्त गफिरहेका बूढाबूढीको मिठो मुस्कान, आसपास गफिरहेका केटाकेटीको रोमान्चित आवाज गुञ्जि रहेको छ। कोही कम्मरमा हात बाँधेर, कोही हात अँठ्याएर कछुवाभन्दा सुस्त गतिमा हिँडी रहेका छन्।

    धरहरा धुम्न आएका कतिले यसलाई झिल्के टावर भन्छन्। कतिले नक्कली धरहराको नाउँ दिएका छन्। तर, यो धरहरा टावरले २२ तलाको उचाइबाट काठमाडौं हेर्ने धेरैको धोको मेटाउने छ। म तलबाट आकासमा धरहरा देख्छु। अठारौं तलाको ‘अब्जरभेसन डेक’ मा मान्छेका छाया सल्बलाइरहेका छन्।उनीहरूका आँखाबाट हेर्दा तल जमिनमा उभिएका हामी कीराजस्ता सल्बलाइरहेका हुँदा हौं।

    हामी धरहरा चढेनौ, म बैनीलाई फकाए र पछाडिको ठुटे धरहरातिर लगे । यो भुइँचालोमा ढलेको ‘सक्कली’ धराहराको अवशेष हो। यसलाई भित्रभित्र रेट्रोफिट गरेर पुरानो धरहराको बाहिर रसायनको लेप दलिएको छ। पहिले यो अवशेषलाई सिसाले छोपेर राख्ने भनिएको रहेछ। तर, पुरातत्वविदहरूले ऐतिहासिक सम्पदा छोप्न हुँदैन भन्ने राय सुझाप दिएपछि ह्वांगै छाडिएको छ । घामपानीबाट जोगाउन रसायन लेपन पोतिएको छ। 

    ठुटे धरहरामुनि भुइँचालोमा ज्यान गएकाहरूको नाउँ कुँदेर ‘मेमोरियल’ निर्माण गरिएको छ। हामी त्यो मेमोरियल र ठुटे धरहरा पृष्ठभूमिमा राखेर सेल्फीहरू खिच्छौं र मल्लकालीन लुँहिति अर्थात् सुन्धारातिर झर्छौं। लुँहितिका तीनटा धाराबाट कलकल पानी आउँदैछ। केटाकेटीहरू पानी छ्यापाछ्याप खेल्दै छन्। उनीहरूको आधा ज्यान लुछुप्पै भिजेको छ। माथि तहतह डिलमा हरिया घाँस उम्रेका छन्। केटाकेटीका आमाबाबु घाँसमाथि बसेर गफिँदै छन्, सँगसँगै पानीमा रमाइरहेका नानीहरूको रखवारी गर्दैछन्।

    यहाँ अचेल बाह्रैमास, चौबीसै घण्टा पानी झर्छ। मेरी बहिनी प्रनिशा केही बेर पानीसँग खेल्छे, फोटो खिच्छे र सेल्फी टिकटक भिडियो खिच्छे। म विरामी भएका कारण माथि तहतह डिलमा उभिएर बहिनी रमाएको हेरी बस्छु। म विरामी भएर टंग्रीदै गरेको हुनाले विस्तारै कछुवाको तालमा ज्यान डोड्याई रहेको छु। 

    एक नकर्मीका अनुसार सुन्धारा क्षेत्र पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको रहेछ। ३ अर्ब ८ करोड रूपैयाँ लागतको यो आयोजनामा अहिलेसम्म २ अर्ब २० करोडका काम सकिएको उनले जानकारी दिए। आगामि ‘असोजसम्म संग्रहालयबाहेक अन्य सबै काम पूरा हुने रहेछ,’ उनले भने, ‘आउँदो दसैंदेखि सर्वसाधारणका लागि खुला हुने गरी औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको छ। संग्रहालयको धेरै काम भने पुससम्म सकिन्छ।’

    पुनर्निर्माणको अन्तिम चरणमा पुगेको सुन्धारा क्षेत्रमा अहिलेसम्म के के काम सकियो? के के बाँकी छ? नकर्मीले यसबारे सविस्तार वर्णन सुनाए । सबभन्दा पहिला लुँहितिको कुरा गरौं जहाँ पहिलेजस्तै पानी आउँछ कि आउँदैन र आए पनि कसरी आउँछ भन्ने सबैलाई चासो छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पानी आपूर्तिका तीन विकल्प अघि बढाएको रहेछ।

    प्राधिकरणले नयाँ धरहरासहित करिब ६० प्रतिशत काम सकेर शहरी विकास मन्त्रालयलाई जिम्मा लगाएको रहेछ। हस्तान्तरण गर्नुअघि प्राधिकरणले तय गरेका विकल्प यस्ता रहेछन्:  

    १)  यही ठाउँमा बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने।

    २) खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने।

    ३) बर्खा बेला टुँडिखेलमा जम्मा हुने भूमिगत पानी संकलन गरी यहाँ पठाउने।

    यसमध्ये बोरिङको काम पूरा भइसकेको छ। तर, सम्पदा संरक्षण अभियन्ताहरूले सांस्कृतिक महत्वको सुन्धारामा बोरिङ नगर्न आवाज उठाएपछि यो विकल्पमा नजाने निर्णय भइसकेको रहेछ। बोरिङको पानी प्रयोग नगर्ने भएपछि बाकी दुइटा विकल्प रहन्छन् – खानेपानीको पाइप जोड्ने वा टुँडिखेलबाट आपूर्ति गर्ने, नकर्मीले भने, ‘हामी दुइटै विकल्पमा सँगसँगै काम गरिरहेका छौं।’

    उनका अनुसार टक्सार विभागले प्रयोग गरिरहेको खानेपानी पाइप यहाँ पहिलेदेखि छ। त्यसैमा मेलम्ची प्रणाली जोडेर नियमित पानी आपूर्ति गर्न सकिन्छ। ‘यसबाट तीन महिनामै सुन्धारामा पानी खसाल्न सकिन्छ,’ नकर्मीले भने, ‘दीर्घकालीन रूपले आपूर्ति गर्न टुँडिखेलको भूमिगत पानी तानेर सुन्धारामा झार्ने तयारीमा छौं।’

    यसका लागि पुनर्निर्माण प्राधिकरणले टुँडिखेलको कुन भागमा पानीको सतह कति छ भनेर परीक्षण गरेको थियो । तल्लो भाग अलिकति भिरालो भएकाले पानीको सतह कम पाइएको छ। लाजिम्पाटदेखि टुँडिखेलको महांकालसम्म पानीको सतह धेरै छ। प्राधिकरणले महांकाल मन्दिर पछाडि खनेर हेरेको थियो। करिब १७ फिट खन्दा पानी फेला परेको थियो। त्यसै आधारमा महांकाल पछाडि इनारहरू खनेर त्यहाँको पानी सुन्धारा ल्याउने तयारी भइरहेको रहेछ।

    टुँडिखेलको पानी प्रयोग गर्न थप अध्ययन जरूरी भएको नकर्मी बताउँछन्। ‘पहिले हामीले सुख्खा याममा परीक्षण गरेका थियौं,’ उनले भने, ‘भूमिगत पानीको सतह सिजनअनुसार फरक पर्छ। हरेक महिना र हरेक सिजनमा पानी कति हुन्छ भन्ने हिसाब निकाल्नुपर्छ। सबभन्दा कम पानी हुने सिजनमा कति आपूर्ति हुन्छ र त्यसको निम्ति कति गहिरो खन्नुपर्छ भन्ने थाहा भएपछि मात्र इनार खन्ने काम अघि बढ्छ।’

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुन्धारा निरीक्षण गर्दा टुँडिखेलमा इनार खन्नेबारे प्रधानसेनापतिसँग कुराकानी भइसकेको बताएका थिए। उनले काम अघि बढाउन सेनापतिलाई ‘फोन गरिदिने’ जानकारी पनि आयोजनाका अधिकारीहरूलाई दिएका थिए।

    मेयर ‘शाहले त्यसो भनेपछि सेना एक्टिभ छ। हामीले छिट्टै महांकाल पछाडि पानीको सतह जाँच्न पायौं भने इनार खन्ने काम सुरू गरिहाल्न सक्छौं,’ नकर्मीले भने, ‘विस्तृत रिपोर्ट आइसकेपछि कतिवटा इनार खन्नुपर्छ भन्ने तय हुनेछ।’

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal