News Portal

  • एक से एक समसामयिक चोटिला मुक्तकहरू – प्रथा !

    हिमालीसंचार संवाददाता
    ३१३ पटक

    मुक्तक – १

    सीमा कित्ता नछुट्याउने आली चाहिँदैन
    कपट राखेर पर्ररर बज्ने ताली चाहिँदैन
    अत्याचारी शासकजस्तै परपीडक बनी
    फूलको गला रेटी हिँड्ने माली चाहिँदैन !

    मुक्तक – २

    श्रम गर्नेहरू भोकै मर्छन् पेट भर्ने अर्को
    दुखियालाई के को पर्व वेथा हुन्छ चर्को
    लुट्नेहरू मस्तिमा छन् देशै उनको पेवा
    कसले देख्ने गरीबको भोकाएको लर्को ?

    मुक्तक – ३

    सुन्दरता त विचारमै छ नङमा के हुन्छ र
    अन्तिम जित हारमै छ जङमा के हुन्छ र
    छटा अनेक जगतकै तिमी कहिले बुझ्छौ
    सिङ्गो खुसी मनभित्रै छ रङमा के हुन्छ र ?

    मुक्तक – ४

    तोडिएपछि मनको नाता कहाँ जुट्या छ र
    जनताको शक्ति श्यामा कसले लुट्या छ र
    तिमीले बोल्ने बोली पनि यसै आ’को छैन
    चिताबाट त्यो लाश फेरि कहाँ उठ्या छ र ?

    मुक्तक – ५

    साँटेपछि घर र थर फन्दी बन्यो जिन्दगानी
    बेचेपछि नुन र सुन मन्दी बन्यो जिन्दगानी
    थाहा छैन कहाँ डुब्छ त्यो मुस्कुराउने घाम
    दिएपछि तन र मन बन्दी बन्यो जिन्दगानी !

    मुक्तक – ६

    कानूनको पेशी चढाई तस्कर भेट्ने को हो
    न्यायमाथि जनताको विश्वास मेट्ने को हो
    रङ्क डङ्क किस्सा कथ्ने फुलन्दे हो भन
    कालो कोटले गान्धारीकै गला रेट्ने को हो ?

    मुक्तक – ७

    नदी तारिदिने माझी दाइ आफैँ डुङ्गा बन्यो
    बाटो मोडेपछि नेता पनि आफैँ बुङ्गा बन्यो
    दया करूणा सबै मेटी ईश्वर शरण परेपछि
    ढुङ्गा पुज्ने मानिस आज आफैँ ढुङ्गा बन्यो !

    मुक्तक – ८

    श्रम गरी मालिक पाल्ने लोभी हो कि दानी
    जीवन छोडेर मूर्ति पुज्ने मूर्ख हो कि ज्ञानी
    तथ्य के हो भ्रम के हो कहिले बुझ्छ मानव
    ह्रदय फुटी उकालो बग्ने आँसु हो कि पानी ?

    मुक्तक – ९

    तरवार बोकी मिर्मिरेमा कसाई भेट्ने को हो
    मुस्कुराउने ओठहरूबाट खुसी मेट्ने को हो
    जाल ओढेर जल्लादझैँ कति बन्दछौ मानव
    मूर्ति ढोगी यो जिन्दगीको गर्दन रेट्ने को हो ?

    मुक्तक – १०

    हिँड्दा हिँड्दै जीवनको नदी तरेर जान सकौँ
    शब्दशब्दमा चैतन्य आवाज भरेर जान सकौँ
    जिन्दगी छ र त मस्तिसँग जिउन पाएका छौँ
    अस्ताए पनि विचारकै वीज छरेर जान सकौँ !

    प्रथा।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal