News Portal

  • हङकङमा शून्य-कोभिड नीतिले प्लास्टिक व्यवस्थापनमा चुनौति!

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    युवा राई/हङकङ – कोभिड-१९ का कारण हङकङ शहर प्रवेश गर्ने हरेक मानिसहरुले कोरोना महामारी नियन्तरण गर्न अनिवार्य क्वारेन्टिन बस्नु पर्ने हङकङ सरकारले नीति बनाएको छ। सरकारले लागु गरेको नीति कार्यन्वयन गर्न पछिल्लो समय हङकङमा प्लास्टिक प्रयोगमा ल्याउदा शहरमा प्लास्टिक विसर्जनमा चुनौति थपिएको छ ।

    कोभिड-१९ का कारण यसमा प्रयोग हुने हरेक सामान प्लास्टिकको प्रयोग हुन्छ। रिमोट प्लास्टिकले नै बेरिएको हुन्छ, सिरानी पनि प्लास्टिक ब्यागमा हालेर राखिएको हुन्छ भने खाना पनि प्लास्टिकमै बेरिएर आउँछ। कर्मचारीहरुले प्रयोग गर्ने पीपीई, ग्लोभ्स, बुट, ह्याट जस्ता महत्वपूर्ण स्वास्थ्या सामाग्री पनी प्लास्टिकमा नै आएको हुन्छ। यस्ता प्लास्टिकका कारण हङकङ भित्र प्लास्टिक व्यवस्थापनमा चुनौतिका पहाड थपिएको छ।

    प्लास्टिकको प्रयोगले आर्थिक क्षेत्रमा नकारात्मक असर मात्र परेको छैन यसले हरित वातावरणका लागि नकुहिने फोहोर निस्किएकोमा चिन्ता थपिएको छ। हङकङ सरकारले दैनिक २३ सय टन फोहोर व्यवस्थापन गर्दै आएको छ। जसमध्ये पुनः प्रयोग गर्न सकिने हिस्सा केवल ११ प्रतिशत रहेको सरकारी तथ्यांकले बताउछ।

    हङकङ सरकारका प्रवक्ताका अनुसार; यस विषयमा हङकङ सरकार पनि राम्रो जानकार रहेको बताउँदै हङकङ सरकारले आफ्नो जनसमुदा समक्ष सकेसम्म हरित जीवनशैली अपनाउन आग्रह गरिरहेको बताउछन्।

    यता हङकङका स्थानीय वातावरण समूह द ग्रिन अर्थका एडविन लाउ कोभिड–१९ को हङकङ सरकारको नीतिमा वातावरणीय चासोलाई ध्यान नदिइएको बताउँछन्। उनी भन्छन् क्वारेन्टिनमा बस्ने सबै मानिस संक्रमित नहुने भएकाले त्यहाँ पुनः प्रयोग गर्न सकिने प्लास्टिकलाई फोहोरको रुपमा फ्याँक्न नहुने उनको भनाइ छ।

    हङकङका क्वारेन्टिन केन्द्रमा प्रयोग भएको प्लास्टिकको फोहोरले अहिले सचेत हुन नसके निकट भविष्यमा ठुलो समस्या सृजना हुने देखिन्छ। यसलाई समयमा नै व्यवस्थापन गर्न सकेको खण्डमा शहरलाई हरित वातावरणमा कायम राख्न सकिन्छ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal