News Portal

  • रुसी सेनाको शव लिन कोही नआएपछि युक्रेन सरकार नै परिवारकहाँ पुर्‍याउन खोज्दैछ

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    लिभ। वसन्त ऋतुको आगमनसँगै युक्रेनको दक्षिणी भूभाग माइकोलेभमा घाम चर्किन थालेको छ। तर अरु बेला घमाइलो मानिने यही मौसममा तापमान बढ्दै जाँदा अहिले त्यहाँको हावामा मृत्युको गन्ध मात्र आइरहेको छ। ठाउँठाउँमा थुप्रिएका मृत रुसी सेनाहरुको शवले अवस्था भयावह बनाइदिएको उक्त क्षेत्रका गर्भनर भिटली किम बताउँछन्।

    उनले सर्वसधारणहरुलाई ती शवहरु संकलन गर्नमा मद्दत गर्न आग्रह गरिरहेका छन्। आफ्ना परिवार गुमाएका वासिन्दाहरुलाई सम्बोधन गर्दै उनले भनेका हुन्, “जे जस्तो भएपनि हामी राक्षस त हैनौँ नि।” फेब्रुअरी २४ मा राष्ट्रपति पुटिनले युद्ध सुरु गरेपछि सबैभन्दा पहिलो निशानामा परेको क्षेत्र हो माइकोलिभ। तर जबरजस्ती घुस्ने प्रयास गरेका रुसी फौजलाई युक्रेनी सेनाहरुले कठिन लडाईँ लड्दै बाहिर भगाएका थिए।

    किमका अनुसार रुसी फौजले आफ्ना मृत सहकर्मीहरुलाई युद्धभूमीबाट लगिरहेका छैनन्। उनले भने, “त्यसैले यो क्षेत्रभर जताततै सयौँको सङ्ख्यामा बेवारिस शवहरु भेटिन्छन्। ”

    यस्तोमा गर्भनर किमले तिनलाई रेफ्रिजिरेटरमा राखेर डिएनए टेस्टिङ मार्फत पहिचान गर्नका लागि रुस फिर्ता पठाउन पहल गरिरहेका छन्। तर युद्ध सुरु भएको एक महिना बितिसक्दा अझैपनि त्यस्ता शव कसरी रुस पठाउने भन्ने स्पष्ट भएको छैन।

    रुसमा मृत सेनाको सङ्ख्याबारे एकदम कमै उल्लेख गरिएको छ। यति मात्र नभएर रुसले युद्धका वास्तविकताबारे सूचनाको प्रवाह सिमित गर्न सामाजिक संजालमा प्रतिबन्ध लगाएको छ भने बाहिरी मिडियालाई कुनै पहुँच दिएको छैन।

    यसकारण पनि युक्रेनभर कति जति रुसी सेना मारिएका छन् भन्ने तथ्य रहस्यमय नै मानिएको छ। यसअघि रुसको रक्षा मन्त्रालयले ४९८ सेनाको मृत्यु भएको जनाएको थियो। उता पुटिनकै पक्षको रुसी टेबलोइड ‘कोमसोमोलस्काया प्राभ्दा’ ले चाहिँ हालसम्म ९ हजार भन्दा बढी रुसी फोजको मृत्यु भएको दाबी गरेको थियो। तर क्रेम्लिनले सो भनाइ पक्का गरेको छैन र उल्टै यो टेबलोइड ह्याक भएको हुन सक्ने तर्क गरेको हो।

    अमेरिका र नेटोका अधिकारीहरुको अनुमानमा चाहिँ रुसी पक्षको मानव क्षति ३ देखि १० हजारका बीच हुन सक्छ। उता युक्रेनियन अधिकारीहरुको दाबी मान्ने हो भने त कूल मृतकको सङ्ख्या अझ बढी, १५ हजार भनिएको छ।

    युद्धको सुरुवातमा न्युयोर्क टाइम्सका फोटोपत्रकार टाइल हिक्सले खिचेको एक तस्बिरमा ट्याङ्कको नजिकै भर्खरै परेको हिउँले अनुहार र शरीर ढाकेका एक रुसी सैनिकको शव बेवारिस रुपमा लडिरहेको देखिएको थियो जसले आफ्ना छिमेकीसँग लड्न पठाइएका १ लाख ५० हजार बढी रुसी सेनाहरुको परिचय विहिन अवस्था दर्शाउँछ। उता तिनका परिवार चाहिँ उनीहरुको अवस्थाबारे जान्न आत्तिएका छन् तर कसैले कतै खबर गर्दैन।

    युक्रेन सरकारले दाबी गरे अनुसार रुसी सेनाले शवहरु आफैँ जलाउनका लागि एउटा ‘मोबाइल क्रिमेटोरियम’ अर्थात सजिलै यताउती लैजान सकिने ‘डढाउने साधन’ ल्याएका छन्। तर यसले पनि बेवारिसे शवको समस्या हल गरेको छैन।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले यो विषयमा बोल्दै भनेका थिए, “यहाँ युक्रेनी भूमीमा मृत्यु भएका रुसी नागरिकहरुको कुनै गन्ती छैन जो अनायाश यस युद्धमा मारिएका छन्। तपाईँहरुलाई थाहा छ उनीहरुले शव डडाउने च्याम्बर पनि आफैँ ल्याएका छन् जसमा उनीहरुले मृत सेनाको शव तिनका परिवारलाई देखाउँदैनन्। उनीहरुका आमालाई तिनका छोराको स्थितिबारे पनि केही बताइँदैन र लाश नष्ट गर्ने काम मात्र गरिन्छ। ”

    युक्रेनको सरकारी रेलवे संस्थाले यसअघि आफ्नो वेबसाइटमा लेख्दै रुसी सेनाहरुको शव हटाउनका लागि युक्रेनी सेनाहरुलाई ओडिसासहित विभिन्न क्षेत्रमा २० वटा ‘रेफ्रिजिरेटेड कार’ अर्थात शव कुहिन नदिन चिसो पार्ने सवारी साधन प्रदान गरेको जानकारी दिएको थियो।

    यसको ७२ घण्टापछि युक्रेनी रेलवेका प्रमुखले आफ्नो व्यक्तिगत टेलिग्राम च्यानलमा लेख्दै रुस पक्षबाट कोही पनि ती शवहरु उठाउन, लोड गर्न नआएको बताएका थिए। ओलेक्सेन्दर केमिसिनले भनेका छन्, “केबल जितको प्रोपागान्डाका लागि उनीहरु एउटी आमालाई आफ्ना छोराको अन्त्येष्टि गर्नबाट वञ्चित गराइरहेका छन्।”

    युक्रेन सरकारका अनुसार उनीहरु अझैसम्म पनि रुसी पक्षबाट शव व्यवस्थापन सम्बन्धी केही खबर आउने पखाईमा छन्। शवहरु संकलन गर्ने र पहिचान गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय रेड क्रस समितिसँग छलफल गरिरहेको यसअघि युक्रेनका उपप्रधानमन्त्रीले पनि जानकारी दिएका थिए।

    रुसी पक्षमा ठूलो स्तरमा मानव क्षति भइरहेकाबारे थुप्रै रिपोर्टमा भिडियो प्रमाणहरु पनि प्राप्त भइसकेका छन्। जस्तै यसअघि युक्रेनको सिमाना नजिक रहेको दक्षिण बेलारुसका आर्यघाटहरु भरिएको खबर आएको थियो। त्यस्तै किभ इन्डेपेन्डेन्टले युक्रेनको ‘आपत्कालीन रेस्पोन्स युनिट’ सँगको अनुसन्धानमा जाँदा राजधानी किभको पूर्वमा पर्ने एक गाउँमा रुसी सेनाहरुको शव बिना कुनै पहिचान या आइडी जथाभावी गाढिएको अवस्थामा फेला पारिएको थियो।

    रुसको राष्ट्रिय मिडियाले हालसम्म मृतकको सङ्ख्या ४९८ मै राखेको छ र यसमा मृतकको अन्त्येष्टि गरिएको एकदम कमै देखाइएको छ। यस्तोमा युक्रेनको आन्तरिक मामिला मन्त्रालयले रुसी परिवारहरुलाई लक्षित गर्दै एउटा वेबसाइट (200rf.com)र टेलिग्राम च्यानल खोलेको छ जसमा आइडी कार्डसँगै मृत रुसी सेनाहरुको तस्बिर पोस्ट गरिन्छन् र ठाउँको नाम पनि लेखिएको हुन्छ।

    युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार भिक्टोरले यसअघि ‘आफ्ना मान्छेहरुलाई खोज्नुहोस्’ भन्ने नामको च्यानल स्थापित गराएका थिए जसले रुसी परिवारहरुलाई लडाईँमा आएका तिनका प्रियजनबारे जानकारी लिन मद्दत गर्नेछ।

    यसबारे उनी भन्छन्, “हामी रुसी जनता विरुद्ध युद्धमा छैनौँ। र मेरो विचारमा त्यसरी उनीहरुलाई ढाँट्ने, केही खबर नदिने, सबै ठीक छ कोही मरेको छैन भनेर झुटा दिलाशा मात्र दिलाउने शाषन प्रणालीका कारण उनीहरुले यस किसिमको पीडा सहनु पर्दैन।”

    तर युक्रेनका लागि पनि रुसी सेनाहरुको शव पहिचान गर्नै काम सजिलो छैन। भिक्टोरका अनुसार उनीहरुको च्यानलमा राखिएका भयावह शवका तस्बिरहरु हेरेर अहिलेसम्म केबल ३० जना सेनाका परिवारले मात्र आफ्नो मान्छे फेला पारेका छन्।

    धेरै अवस्थामा शव एकदमै जलेको अवस्थामा हुने हुनाले पनि चिन्न अत्यन्तै कठिन हुने गर्दछ। यसमा तिनले लगाएका फलामका ट्याग पनि पहिचान गर्न सकिँदैन जसमा नम्बर र सो व्यक्तिको जानकारी लेखिएको हुन्छ। अप्रिलसम्म आइपुग्दा तापमान ६० डिग्री फरेनहाइट पुग्ने हुँदा समस्या झन गम्भीर बन्दै जाने बताइएको छ।

    भिक्टोर भन्छन्, “यस्ता शव हजारौँ छन्। युद्ध अगाडिसम्म मौसम चिसो थियो तर अब हामी समस्यामा परेका छौँ किनकी रसी सेनाहरुले ती शव बेवारिस अवस्थामा छाड्दै हिँडिरहेका छन्। यसकारण अबका केही हप्तामै हामीले कसरी त्यो सब व्यवस्था गर्ने भनेर सोच्नै सकिरहेका छैनौँ। ” सीएनएनबाट।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal