News Portal

  • १२ वर्षपछि श्रीलंकाको सान

    दक्षिण अफ्रिकामाथि क्लिनस्विप

    हिमालीसञ्चार संवाददाता
    ४६६ पटक

    कोलम्बो — श्रीलंकाले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेट शृंखला २–० ले जितेको छ । २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा हराएको हो । रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिँदै सोमबार श्रीलंकाली जितको कथा कोरेका थिए ।

    भ्रमणकारी दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स कोलम्बोमा चौथो दिन दोस्रो सत्रमा २ सय ९० रनमा खुम्चियो । असम्भवझै लाग्ने ४ सय ९० रनको लक्ष्य पाएको दक्षिण अफ्रिका २ सय रनले पछाडि रहयो । दक्षिण अफ्रिका १२ वर्षपछि फेरि श्रीलंकासँग ‘ह्वाइट वास’ हुन पुगेको हो । २००६ मा पनि श्रीलंकाले दक्षिण अफ्रिकासँगको दुई टेस्टको शृंखला २–० ले नै जितेको थियो ।

    श्रीलंकाले गलको पहिलो टेस्ट तीन दिनभित्रै जितेको थियो । त्यसमा दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स ७३ रनमै समेटिएको थियो । १९९० मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएयता टोलीको टेस्टमा यो कमजोर स्कोर थियो ।

    ‘शृंखलाभर नै हामीसँग साझेदारी गर्ने क्षमता पनि थिएन । हामीले पूरा शृंखलामा ५० माथिका तीन साझेदारीमात्र गर्‍यौं होला,’ दुखित दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले भने, ‘फेरि पनि यसमा प्रतिद्वन्द्वीलाई श्रेय दिनुपर्छ । उनीहरूले हामीलाई लामो समय दबाब दिइरहन सफल भए, जसका कारण हामीले गल्तीहरू गरिरहयौं ।’

    दोस्रो टेस्टमा श्रीलंकाले पहिलो इनिङ्समा ३ सय ३८ रन बनाएको थियो, जबकि दक्षिण अफ्रिकाले १ सय २४ रनमात्र जोड्न सकेको थियो । उपयोगी अफ स्पिनर अकिला धनन्जयाले ५ विकेट लिएका थिए । श्रीलंकाले तेस्रो दिन दिवासत्रमा २७५–५ मा दोस्रो इनिङ्स टुंग्याउदै दक्षिण अफ्रिकालाई विशाल लक्ष्य तेस्र्याएको थियो । आइतबार खेल समाप्तिमा नै १३९–५ को स्थितिमा पुग्दा दक्षिण अफ्रिका पराजय नजिक पुगिसकेको थियो ।

    थेउनिस डी ब्रुयन र टेम्बा बाभुमाले सोमबार बिहानीसत्रमा छैटौं विकेटका लागि १ सय २३ रन जोडेर श्रीलंकाका बलरहरूलाई तड्पाएका थिए । एसियामा चौथो इनिङ्समा दक्षिण अफ्रिकाको यो सबैभन्दा ठूलो साझेदारी हो । निश्चय पनि शृंखलामा पनि दक्षिण अफ्रिकाको उत्कृष्ट साझेदारी यही थियो । यसअघि सबैभन्दा ठूलो साझदोरी ६४ रन थियो ।

    डी ब्रुयनले विशेष प्रभाव पारेका थिए । उनले स्विपमा केही राम्रा शट खेलेका थिए । बाभुमाले लेग साइडमा आएका बलमा एक रन लिँदै स्ट्राइक रोटेट गरेका थिए । बाभुमालाई ६३ रनमा हेराथले विकेट पछाडि क्याच गराए । देव्रेहाते स्पिनर हेराथले विकेटकिपर–ब्याट्सम्यान क्विन्टन डी ककलाई भोजनको ठीकअघि ८ रनमा एलबीडब्लू आउट गरे । ‘मलाई लाग्दैन हामीले स्पिन बलिङ खराब खेल्यौं तर यस उपमहाद्वीपका ब्याट्सम्यानसँग तुलना गर्ने हो भने हामीले आफ्नो प्रदर्शन पनि उठाउनुपर्छ,’ डु प्लेसिसले भने, ‘दक्षिण अफ्रिकाका लागि चुनौती यही हो ।’

    भोजनपछि डी ब्रुयनले टेस्टमा आफ्नो पहिलो शतक बनाए । शृंखलामा दक्षिण अफ्रिकी खेलाडीको यही एक शतक हो । तर उनी १ सय १ रनमा हेराथको बलमा बोल्ड भए । ‘धेरै मिहिनेतपछि यो नतिजा आएको हो । श्रीलंकासँग विश्वका केही उत्कृष्ट स्पिनरहरू छ, त्यसैले हामीले दक्षिण अफ्रिकालाई अप्ठयारोमा पार्न सफल भयौं,’ श्रीलंकाका उपकप्तान सुरंगा लकमालले भने । श्रीलंकाले यो विजय नियमित कप्तान दिनेश चन्डिमालबिनै हात पारेको हो ।

    बलको प्राकृतिक स्वरुप बिगारेकाले चण्डिमाल निलम्बनमा रहेका छन् । यही अभियोगमा श्रीलंकाका प्रशिक्षक चन्डिका हथुरुसिंहालाई पनि खेलका क्रममा कारबाहीस्वरुप ड्रेसिङ रूममा छिर्न दिइएको छैन । दुई टोलीबीच पाँच खेलको वान–डे अन्तर्राष्ट्रिय शृंखला हुनेछ । पहिलो खेल आइतबार दम्बुलामा हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal