News Portal

  • नयाँ खेलबाट पदक आस

    संवाददाता
    ३९३ पटक

    १८ औं एसियाडमा नेपालले पाराग्लाइडिङ खेलमा पहिलोपल्ट सहभागिता जनाउँदै

    लेखनाथ — व्यावसायिक रूपमा सुरु भएको छोटो समयमा छिट्टै प्रगति गर्ने साहसिक हवाई खेलमा पर्छ पाराग्लाइडिङ । यही खेलबाट अन्तर्राष्ट्रिय पदक आस गरिएको छ । यसको पहिलो परीक्षा इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा हुँदै छ ।

    भदौ २ देखि १६ सम्म हुने एसियाडमा पहिलोपल्ट पाराग्लाइडिङ समावेश भएको हो । एसियाड खेल्ने नेपाली टोली वैशाख २३ देखि पोखरामै बन्द प्रशिक्षणमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल पाराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले प्रशिक्षण संयोजन गरेको छ ।
    व्यक्तिगत एक्युरेसी, समूह एक्युरेसी र समूह क्रसकन्ट्री विधामा ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

    त्यसमा तीन महिला छन् । टिम क्याप्टेन विमल अधिकारी, विशाल थापा, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, त्रिशा श्रेष्ठ बम्जन, प्रतिभा भुजेल र सविता तामाङले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छन् । टोलीलाई सानुबाबु सुनुवार र योगेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् । सुनुवार सगरमाथाको टुप्पोबाट पाराग्लाइडिङ गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सफल खेलाडी हुन् । भट्टराई नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष हुन् ।

    प्रशिक्षणरत खेलाडीले मौसम खराब हुँदाबाहेक दैनिक पाँचसम्म उडान भर्छन् । संघका महासचिव शैलेन्द्र रावल पदक जित्ने गरी तयारी भइरहेको बताउँछन् । उनी भन्छन्, ‘हामी कुनै न कुनै पदक ल्याउने गरी तयारी गरिरहेका छौं ।’ क्रसकन्ट्री लामो दूरीको पाराग्लाइडिङ हो । तोकिएको स्थानमा ल्यान्डिङ गर्ने विधा एक्युरेसी हो । क्रसकन्ट्रीमा पोख्त भए पनि एक्युरेसी विधा नेपाललाई नौलो हो । महासचिव रावल क्रसकन्ट्री विधामा नेपाली टोलीले पदक ल्याउनेमा ढुक्क छन् । उनका अनुसार दक्षिण कोरिया, इन्डोनेसिया, जापान, थाइल्यान्ड बलिया प्रतिस्पर्धी हुन् ।

    नेपाली टोलीले एसियाडकै तयारीस्वरुप दुई महिनाअघि चीनको लिन्झावमा सम्पन्न प्रि–वल्र्डकपमा सहभागिता जनाएको थियो । त्यहाँ नेपाल तेस्रो भयो । इन्डोनेसियामा नेपाली टोली पाँच दिन प्रि–टेस्ट म्याच खेलेर गतसाता मात्रै नेपाल फर्किएको हो । प्रशिक्षक एवं नाका अध्यक्ष योगेश भट्टराईले दुवै देशमा भएका प्रतियोगिताबाट नेपालले सिक्ने अवसर पाएको बताए । ‘हाम्रा लागि नयाँ अनुभव भयो,’ उनी भन्छन्, ‘त्यो अनुभवको एसियन गेम्समा प्रयोग गर्छौं ।’

    अध्यक्ष भट्टराईले व्यक्तिगत र नामार्फत् नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जितिसकेको जनाए । उनले भने, ‘सरकारले नै संयोजन गरेर पठाउन लागेको यो नै पहिलो स्पर्धा हो ।’ उनले इन्डोनेसियाको हावापानी र भूगोलसँग परिचित हुन खेल हुनु ८–१० दिनअगावै टोली पठाउन राखेपसँग माग गरिरहेको उल्लेख गरे । चीन, दक्षिण कोरियालगायतका प्रतिस्पर्धी मुलुकले अहिलेदेखि नै आफ्ना खेलाडीलाई इन्डोनेसियामै राखिरहेको उनले सुनाए । टिम क्याप्टेन विमल अधिकारी एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी गरिरहेको बताउँछन् । क्रसकन्ट्रीतर्फ पदकको आस भए पनि एक्युरेसी भने अभ्यासकै क्रममा रहेको उनले बताए । ‘हामी निरन्तर अभ्यास गरिरहेका छौं,’ उनले भने, ‘क्रसकन्ट्रीमा हामी अब्बल छौं ।’

    सागमा स्वर्णको दाबेदार 
    नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि पहिलोपल्ट पाराग्लाइडिङ समावेश हुँदै छ । प्रतियोगिता पोखरामै हुनेछ । नेपाल ओलम्पिक कमिटीको उक्त निर्णयले पोखराका खेलाडी एवं संस्था उत्साही छन् । पाराग्लाइडिङलाई स्वर्ण पदक ल्याउने खेलका रूपमा हेर्न थालिएको छ ।

    पाराग्लाइडिङका महासचिव शैलेन्द्र रावल सागमा पाराग्लाइडिङका ६ मध्ये ३ स्वर्ण नेपालले जित्ने दाबी गर्छन् । उनका अनुसार दक्षिण एसियामा नेपालपछि भारत बलियो छ । ‘भारतका उत्कृष्ट भनिएका खेलाडी कुनै समय पोखरा नै बसेर पाराग्लाइडिङ सिकेका हुन्,’ उनले भने, ‘त्यसैले पनि स्वर्णको दाबेदार हामी नै हौं ।’ राखेपले समेत सागमा पाराग्लाइडिङबाट स्वर्ण पदक आउने आस गरेको उनले जनाए ।

    नाका अध्यक्ष भट्टराई सागलाई लक्ष्य गरी प्रशिक्षण सञ्चालन गर्ने तयारीमा रहेको योजना सुनाए । उनले पोखरामा पाराग्लाइडिङ ल्यान्डिङ जोनको मर्मत, टेकअफ स्थलसम्म पुग्ने बाटोको स्तरोन्नति, उद्दार लगायतको तयारी गर्नुपर्ने आवश्यकता औंल्याए । खेलाडी विमल अधिकारी गृहभूमिमा हुने सागमा स्वर्ण जित्नेमा ढुक्क छन् । भन्छन्, ‘एसियाडमा सहभागी हुँदा सागमा प्रतिस्पर्धा गर्न धेरै मदत पुग्छ ।’

    पोखरामा व्यावसायिक उडान गराउने ६२ पाराग्लाइडिङ कम्पनी छन् । ती कम्पनीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट लाइसेन्सप्राप्त २ सय पाइलट छन् । खेलकुदमा सहभागी हुन नेपाल हवाई खेलकुद संस्था (ना) बाट छुट्टै लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिने पाइलट २५ मात्रै छन् । पोखराका ब्लु स्काई फ्लाइङ स्कुल र बाबु एड्भेन्चरले पाराग्लाइडिङ पाइलटको व्यावसायिक प्रशिक्षण दिन्छन् । पोखराको सराङकोटबाहेक धरान, स्याङजा, बन्दीपुर, पाल्पा, काठमाडौं र सुर्खेतमा क्यानले पाराग्लाइडिङको अनुमति दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal