News Portal

  • अष्ट्रेलियाको न्यू साउथ वेल्समा ठूलो खडेरी

    हिमाली संचार संवाददाता
    ५९५ पटक

    अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा चरम खडेरीका कारण संकट उत्पन्न भएको छ ।अष्ट्रेलियामा यो जाडोयाममा यति धेरै सुख्खा भएको छ कि यसलाई पूर्वी अष्ट्रेलियामा इतिहासकै सबैभन्दा खराब खडेरी मानिएको छ ।

    न्यू साउथ वेल्सले अष्ट्रेलियाको कृषि उत्पादनमा एक चौथाई योगदान दिन्छ । न्यू साउथ वेल्स राज्यलाई बुधबार आधिकारिक रुपमा ‘शतप्रतिशत खडेरी’ प्रभावित राज्यको रुपमा सूचीकृत गरिएको छ ।

    खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउन राज्य र संघीय सरकारले आपतकालीन राहत कोषको लागि अष्ट्रेलियन डलर ५७६ मिलियन अर्थात अमेरिकी डलर ४३० मिलियन छुट्याएको छ ।

    न्यू साउथ वेल्सका प्राथमिक उद्योग मन्त्री नियल ब्लेयरले भन्छन्, ‘राज्यमा यस्तो कोही पनि व्यक्ति छैनन् जसले हाम्रो किसानहरुको लागि र क्षेत्रीय समुदायको लागि केही वर्षा भएको देख्न नचाहेको होस् ।’

    खडेरी कस्तो महसुस भइरहेको छ ?

    किसानहरुले लगाएका बालीहरु बिग्रिएको, पानीको चरम संकट रहेको र पालेका पशुचौपायाहरुलाई खुवाउन नसकेको दर्दनाक कथाहरु भनिरहेका छन् ।

    प्रधानमन्त्री मालकोम टर्नबुलका अनुसार केहीले आफ्नो पशु चौपायाहरुलाई खुवाउन एक ट्रक परालको लागि १० हजार डलरसम्म खर्च गरेका छन् ।

    ‘हरेक दिन जेलमा भएको जस्तो महसुस भएको छ,’ क्वीन्सल्याण्डका किसान एस्ले गेम्बलले भने, ‘तपाई माथि हेर्नुहुन्छ किनभने तपाईलाई पानी पर्छ कि भनेर माथि हेर्नु छ । यो धेरै निराशाजनक छ ।’

    स्टक एजेन्ट सिमोन बुर्केले एबिसी च्यानललाई भनेका छन्, ‘हामीले हाम्रा पशु चौपायाहरु बेच्ने मन नभए पनि बेच्नुपरेको छ । यस्तै हो भने अब धेरै चौपाया र भेँडाहरु बाँकी हुँदैनन् ।’

    चौपाया किसान डेभिड ग्राहमका अनुसार उनले वर्षातको लागि कुर्न छोडिसके । उनले बिबिसीलाई भनेका छन्, ‘हाम्रो समुदायमा यस्तो कठिन समयमा एकले अर्कालाई सहयोग गर्ने गरिन्छ ।’

    मानसिक स्वास्थ्य समूह सेन अष्ट्रेलियाको अनुसार ग्रामीण क्षेत्रहरुमा आत्महत्याको औसत दर शहरी क्षेत्रमा भन्दा ४० प्रतिशतले बढेको छ ।

    खडेरीले कस्तो असर गरेको छ ?

    मौसम विभागको अनुसार दक्षिणी अष्ट्रेलियाले औसतभन्दा धेरै कम ५७ एमएम वषर्ाको साथमा इतिहासमै अहिलेसम्मको दोस्रो सुख्खा शरद ऋतुको अनुभव गरेको छ ।

    न्यू साउथ वेल्समा जुलाई महिनामा १० एमएम भन्दा कम वर्षा मापन गरिएको थियो भने आउने महिनाहरु पनि सामान्य अवस्थामा भन्दा सुख्खा हुने पूर्वानुमान गरिएको छ ।

    बुधबार अधिकारीहरुले २३ प्रतिशत न्यू साउथ वेल्स गम्भीर खडेरीको चपेटामा परेको बताएका छन् बने बाँकी क्षेत्रमा पनि चरम खडेरी परेको बताइएको छ ।

    तर, यो समस्या न्यू साउथ वेल्समा मात्रै होइन छिमेकी क्वीन्सल्याण्डको पनि आधाभन्दा धेरै क्षेत्रमा खडेरीले सताएको छ । भिक्टोरिया र दक्षिणी अष्ट्रेलियामा पनि खडेरीको अनुभव गरिएको छ ।

    आइतबार प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलिया ‘खडेरीको देश’मा परिणत भएको बताएका थिए ।

    जलवायु परिवर्तनको कारणले यस्तो भएको हो ?

    अष्ट्रेलियाको मौसम प्राकृतिक रुपमै पनि वर्षैपिच्छे फरक हुन्छ र खडेरी विभिन्न जटिल कारकहरुको कारणले पर्छ ।

    वैज्ञानिकहरुले बढ्दो उत्सर्जनमा कुनै एक घटनालाई दोष दिन चाहिरहेका छैनन् ।

    यद्यपि अष्ट्रेलियाको सरकारले खडेरीलाई प्रभाव पार्ने केही पक्षजस्तै उच्च वायुमण्डलीय चाप मानवीय क्रियाकलापहरुको कारण भएको जलवायु परिवर्तनको कारण हुनसक्ने बताएको छ ।

    जुन महिनामा खडेरीले सबैभन्दा खराब असर गरेको क्षेत्रहरुमा भ्रमण गर्दै प्रधानमन्त्री टर्नबुलले भनेका थिए, ‘मैले ग्रामीण न्यू साउथ वेल्सका धेरै मानिसहरुलाई चिन्दिन जसले जलवायु अझै सुख्खा हुन्छ र वर्षा अझै कमजोर हुन्छ भन्ने सोच्दैनन् ।’

    सरकारी अधिकारीहरुले के गरिरहेका छन् ?

    सरकारले खडेरी प्रभावित किसानहरुलाई दिन भनी वाषिर्क राहत रकम १६ हजार अष्ट्रेलियन डलर छुट्याएको छ । अघिल्लो सातामात्रै प्रधानमन्त्री टर्नबुलले १२ हजार अष्ट्रेलियन डलरसम्म थप रकम दिने घोषणा गरेका थिए ।

    प्रधानमन्त्रीले भनेका थिए ‘खडेरी अष्ट्रेलियन जलवायुको एक भागको रुपमा मानिएको भए पनि किसानहरुलाई सहयोगको आवश्यकता छ ।’

    ‘हामीले उनीहरुलाई अहिलेको जस्तो कठिन समयमा सरकारले उनीहरुलाई साथ दिन्छ भनेर ढुक्क बनाउन जरुरी छ’ अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग उनले यसै साताको सुरुवातमा भनेका थिए ।

    तर, आलोचकहरुले भने सरकारको यस घोषणालाई थोरै र ढिलो भएको बताएका छन् । उनीहरुले पैसा प्राप्त गर्ने प्रक्रिया धेरै झन्झटिलो भएको बताएका छन् ।

    किसानहरुबाट करिब २० हजार डलर सहयोगका लागि आवेदन परेको छ ।

    के अष्ट्रेलियाको सबैभन्दा खराब खडेरी हो ?

    सन् १९९७-२००५ को खडेरीलाई अष्ट्रेृलियाको सबैभन्दा विनाशकारी खडेरी मानिन्छ । जसले अष्ट्रेलियाको ५० प्रतिशत भन्दा धेरै खेतीयोग्य जमिनलाई नष्ट बनाइदिएको थियो ।

    उक्त घटना दुुई एलनिनो प्रणालीसँग सम्बद्ध थियो । यो शक्तिशाली मौसमी घटनालाई अष्ट्रेलियाको खडेरीसँग जोडिएको मानिन्छ ।

    यसै वर्षको पहिले पनि मौसमविदहरुले अष्ट्रेलियामा वसन्त ऋतुको सुरुवात हुने सेप्टेम्बरमा एलनिनोको अनुभव हुन सक्ने ५० प्रतिशत सम्भावना भएको बताएका थिए ।

    बीबीसीबाट

    प्रतिकृया दिनुहोस्

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal