News Portal

  • प्रवासका शुभचिन्तकलाई चिन्दैन कांग्रेस !

    गंगाधर गौतम
    १६२८ पटक

    नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सक्रिय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा छ। देशभित्र ७७ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समितिमार्फत पार्टीको संजालमा जोडिएको छ।

    विदेशमा रहेका ८० लाखभन्दा बढी नेपालीमध्ये लोकतन्त्रमा आस्था राख्नेहरूलाई नेपाली जनसम्पर्क समितिको छातामार्फत आबद्ध गरिएको छ। तत्कालीन नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले भारतको मुम्बईबाट १९७६ मा विदेशमा बस्ने नेपालीलाई देशसँग जोड्न नेपाली जनसम्पर्क समितिको परिकल्पना गरेका थिए।

    २०४६ सालको जनआन्दोलन पनि नेपाली कांग्रेसको सरकारले ल्याएको उदार नीतिका कारण नेपालीको विश्व श्रम बजारमा पहुँच पुगेको हो। ५० को दशकमा नेपालमा भएको जनयुद्धले नेपाली कांग्रेसका हजारौं कार्यकर्ता विदेशमा विस्थापित भए। देश छाडे पनि आफ्नो राजनीतिक आस्था छोड्न सकेनन। जनसम्पर्क समितिमार्फत पार्टीमा सक्रिय छन्। उनीहरूले देशमा नेपाली कांग्रेसको उज्वल भविष्य हेर्न चाहेका छन।

    पार्टी बलियो होस् भन्ने चाहना उनीहरूको छ। विदेश बसाईकै क्रममा हजारौं नेपालीले बाध्यता वा स्वेच्छाले विदेशी नागरिकता प्राप्त गरेका छन। हजारौंको संख्यामा नेपालीले विदेशी नागरिकता लिएपछि उनीहरूलाई पनि राष्ट्र निर्माणमा जोड्न नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको हो तर नेपालीलाई विश्व बजारमा ढोका खोल्ने राजनीतिक दल नेपाली कांग्रेसको विधानले गैरआवासीय नेपालीको नागरिकताबारे मौन रहनु आश्चर्य हो।

    पार्टीको सक्रिय सदस्यता प्राप्त गर्न विदेशमा भए पनि अनिवार्य नेपाली नागरिकता हुनुपर्ने अनुदार व्यवस्था नेपाली कांग्रेसले गरेको छ। त्यसले लोकतन्त्रमा आस्थावान विदेशमा बस्ने नेपालीलाई पार्टी संजालबाट बाहिर धकेलिदिएको छ। पार्टीको पछिल्लो नियमावली र केन्द्रीय परिपत्रले गत १३ औं महाधिवेशनमा भाग लिएका झन्डै १५ हजार सक्रिय सदस्यमध्ये अब १ हजार २ सयले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन। यो व्यवस्थाले दसौं हजार सक्रिय सदस्यहरू पार्टी पहुँचभन्दा बाहिर रहने छन।

    नेपाली जनसम्पर्क समितिका सन्दर्भमा आएको पछिल्लो नियमावली संशोधनबिना नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्न सम्भव नै देखिँदैन। नेपाली कांग्रेसका हजारौं कार्यकर्ता र दशौं हजार सदस्य नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्न र नयाँ लिनबाट वञ्चित हुने गरी सार्वजनिक गरिएको नेपाली कांग्रेसको नियमावली संशोधन गर्नुबाहेक पार्टीसँग कुनै विकल्प देखिँदैन।

    घरदेश होस् वा विदेशमा रहँदा लोकतन्त्र र नेपाली कांग्रेसको लागि अमूल्य योगदान गरेको समूह अहिले डायस्पोरामा छ। विगतमा भएका महाधिवेशनमा पार्टीले ठूलो आर्थिक लाभसमेत प्राप्त गर्दै आएको थियो। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको निर्वाचन परिणाम र प्रवास शाखाबाट प्राप्त मतको आधार तय गरेर आगामी १४ औं महाधिवेशनलाई मुख्य केन्द्रबिन्दु बनाएर अघि सारिएको पार्टी नियमावली खारेजी हुनुपर्ने अधिकांश सदस्यहरूको चाहना छ।

    पछिल्लो निर्णय पहिलो पुस्ता मात्र होइन, नयाँ पुस्तालाई पार्टीको मूलधारबाट बाहिर पार्ने छ। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको एकपल्टको नेपाली सधैंको नेपाली भन्ने मूल मर्मलाई आत्मसात गरेको पाइँदैन। वर्तमानलाई मात्र नहेरेर अबको दश वर्षपछि हाम्रा सन्ततिलाई (दोस्रो पुस्ता) नेपालसँग कसरी जोड्ने चिन्ता र चासो एकातिर सबैको छ भने एक दशकपछि नेपाली कांग्रेसले तय गरेको हालको मापदण्ड पूरा गरेर विदेशमा नेपाली जनसम्पर्क समितिको अस्तित्व रहला भन्न सकिन्न।

    नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमा भएका केही धारालाई आगामी १४ औं महाधिवेशनमा छलफल गर्ने गरी निलम्बन गरेको छ। नेपाली जनसम्पर्क समितिको गठन र पार्टीको महाधिवेशनमा गर्ने प्रतिनिधित्वका विषयमा पार्टीको १४ औं महाधिवेशनमा छलफल गर्ने गरी आगामी बैठकमार्फत
    यो धारा निलम्बन गरी जनसम्पर्क समितिहरूले महाधिवेशनमा स्वभाविक रूपमा सहभागिताको ग्यारेन्टी नभएसम्म कांग्रेस महाधिवेशनकै औचित्यमाथि प्रश्न उठ्न सक्छ।

    विदेशमा रहेका १५ हजार सक्रिय सदस्यलाई बाहिर राखेर गरिने महाधिवेशनले कांग्रेसले कांग्रेसलाई जोड्न सक्दैन। बरु पार्टी कार्यकर्ता पलायन हुने खतरा बढ्छ। डायसपोरामा नेपाली कांग्रेसको संजाल समाप्तै भएर जाने देखिन्छ।

    त्यसैले नेपालको संविधानको धारा १४ मा भएको गैरआवासीय नेपाली नागरिकताको अस्तित्वलाई पार्टीले स्वीकार गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीलाई पार्टीको मूलधारमा जोड्न ढिला गर्न हुँदैन।

    (गौतम नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति हुन्।)

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal