News Portal

  • बीपी प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु, प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट

    हिमाली संचार संवाददाता
    ३६१ पटक

    गोपाल दाहाल
    सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ। बिहीबारदेखि प्रतिष्ठानले आफ्नै अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ।

    प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्छ। बिहीबारबाट सुरु गरेको प्लान्टबाट प्रतिमिनेट १६ सय लिटरसम्म अक्सिजन उत्पादन हुन सक्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर प्रदीपराज साहले बताए। उनका अनुसार प्लान्टबाट उत्पादन भएको अक्सिजन मध्ये ५ सय लिटर पाइपलाइन मार्फत प्रतिष्ठानका विभिन्न वार्डमा पुग्छ भनेर ३ सय लिटर सिलिन्डरमा भरेर राखिन्छ।

    साह भन्छन्, ‘पाइपलाइन नभएका ठाउँमा वा विद्युत आपूर्ति नभएका बेला पनि ति सिलिन्डर प्रयोग गरिन्छ। त्यसबाहेक प्रतिष्ठानलाई प्रयोग गरेर बढी भएको अक्सिजन अन्यत्र बिक्री समेत गर्न सकिन्छ।’

    प्लान्टमा स्लोभाकियाको अक्सिजन जेनेरेटर, जर्मनीको एयर कम्प्रेसर, इङ्ग्ल्यान्डको बुस्टर भारतीय प्राविधिकहरुले जडान गरेका हुन्। प्लान्टले बाहिरको हावालाई लिएर त्यसमा रहेको २१ प्रतिशत अक्सिजन संचय गर्ने गर्छ।

    प्लान्टबाट पाइपलाइन बाहेक दैनिक ६० वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ। करिब २ वर्षअघि नै सुरु हुनुपर्ने अक्सिजन प्लान्ट निर्माण गर्ने जिम्मा पाएको कम्पनीको लापरबाहीले अलपत्र थियो। प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले निर्माण पुरा नभई पुरै भुक्तानी दिएका थिए।

    २ वर्षसम्म निर्माण नभएपछि प्रतिष्ठानले कम्पनीलाई ताकेता गरेपछि प्लान्ट निर्माण भएको हो। प्रतिष्ठानमा रहेको प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट पनि ६ महिनादेखि बन्द अवस्थामा छ।

    नयाँ अक्सिजन प्लान्ट समयमा निर्माण नहुँदा प्रतिष्ठानले बाहिरबाट दैनिक ७० हजारसम्मको अक्सिजन खरिद गर्ने गरेको थियो। यो हिसाबले २ वर्षमा प्रतिष्ठानले करिब ५ करोड अक्सिजनमा गुमाएको छ।

    पुरै भुक्तानी लिएर काम नगर्ने कम्पनीलाई क्षतिपूर्तिको समेत दाबी गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले बताए। करिब ३ करोड २४ लाख लागत भएको प्लान्टको निर्माण नेपालको डाइग्नोवेभ र भारतको युनिसी इन्डिया प्रालिले गरेका हुन्।

    प्लान्टको बिहीबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले रिबन काटेर उद्घाटन गरे। उनले प्रतिष्ठान अब अक्सिजनमा आत्मनिर्भर भएको भन्दै बढी उत्पादन भएका अक्सिजन बिक्रीको व्यवस्था मिलाइने र पुरानो प्लान्ट पनि बनाएर रिजर्वमा राख्ने बताए। उनले भने,‘यो प्लान्टले प्रतिष्ठानको खर्चपनि घट्यो, उपचारमा पनि सहज भयो। अन्य ठाउँमा समस्यापनि अब समाधान हुँदै जान्छन्।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal