News Portal

  • नेपाली मजदुर रोकिएको मुद्वा आउदो शुक्रबार मलेसियाको मन्त्रिपरिषद्‍मा छलफल हुने

    समाचार डेस्क
    ६०० पटक

    मलेसिया – मलेसिया सरकारले नेपाल सरकारले कामदार पठाउन रोक लगाएको विषय मन्त्रिपरिषद्मा छलफल गर्ने भएको छ । नेपाल सरकारले कामदार पठाउन रोक लगाएको विषयमा आगामी शुक्रबारको मन्त्रिपरिषद्मा छलफल हुने भएको हो ।

    मलेसियाका मानव संशाधनमन्त्री एम कुलशेगरनले आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपाली कामदारको विषयमा छलफल हुने बताएका छन् । उनले छलफलबाट नै रोकिएको नेपाली कामदारको विषयमा आवश्यक निर्णय लिन सकिने बताएका छन्  ।

    कामदार रोकको विषय बैंठकमार्फत समस्या समाधान गरिने र दुवै देशलाई असर नपर्ने गरी सम्मानजनक निर्णय हुने बताएका छन् । मन्त्रिपरिषद्ले लिने निर्णय दुवै देशको लागि हारजितको विषय नहुने उनको भनाइ ।

    ‘मलेसियामा काम गरिरहेका र गर्न चाहने नेपाली कामदारहरुले भोगिरहेको समस्याका बारेमा हामी अवगत छौँ । विदेशी कामदार ल्याउने विभिन्न नामका आउटसोर्ससिङ कम्पनीको विकृतिजन्य कामबाट यो समस्या उब्जिएको हो,’ मंगलबार मलेसियाको संसदमा सांसदले उठाएको प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् ।

    उनले अहिले नेपाल सरकारले पनि यो विषयमा छानविन गरि रहेको समेत संसदमा जानकारी गराएका थिए । उनका अनुसार मेलेसियामा अहिले कुल तिन लाख ८० हजारको हाराहारीमा विदेशी कामदार रहेका छन् । जसमा नेपाली मात्रै एक लाख ७५ हजारको हाराहारीमा छन् ।

    ‘यदि नेपाली कामदारलाई राक्ने हो भने सेक्युरीटी इन्डष्ट्रिजमा असर पर्ने हो’, उनले भने, ‘त्यो मेलेसियाकालागि खासै ठुलो समस्या हैन् ।’ उनका अनुसार मेलेसियामा कुल एक लाख ३८ हजार सेक्युरीटी गार्ड छन्, त्यसमध्य २४ हजार ५ सयको हाराहारीमा नेपाली कामदार मात्रै छन् ।

    मलेसिया सरकारको कारणले भन्दा पनि नेपाल सरकारले आफ्नो कामदार माथि विभिन्न नामका संस्थाले आर्थिक शोषण गरेको ठहर गर्दै कामदार पठाउन प्रतिबन्द लगाएको छ । अहिले मलेसिया जाने कामदारमाथि भिएलएन नेपाल,माइग्राम,ओएससी,बायोमेट्रिक र आईएससी नामका संस्थाले  प्रति कामदार कर बाहेक १७ हजार ७ सय रुपैयाँ भन्दा बढी रकम लिइरहेका छन् ।

    पाँच संस्थाले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम कामदारसँग संकलन गरिरहेका छन्  । मलेसियामा निर्वाचनपछि मोहम्मद महाथिरको सरकार आएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यी सबै संस्था खारेज गर्ने निर्णय गरेको थिए । मन्त्री विष्टले गत जेठ २ गते मलेसिया जाने कामदारमा माथि विभिन्न कम्पनीको नाममा आर्थिक शोषण गर्ने कम्पनीको कम्पनीको खारेजी गर्ने निर्णय गरेको थिए ।

    अवैधानिक संस्थाले अबैध रुपमा संकलन गरिरहेको १७ हजार ७ सय रुपैयाँको अन्त्य नभएसँगै कामदार नपाठाउने मन्त्रीको निर्णय थियो । मन्त्रीको निर्णय लगतै नेपाल प्रहरीले पनि अवैध रुपमा रकम असुली गर्ने र कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट गर्ने ३९ मेडिकल संस्थाको सञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यवसायीहरु अहिले अदालतको सामान्य धरौटीमा रिहा भइसकेका छन् । तर, कामदार मलेसिया जाने पाएका छैनन ।

    नेपाली युवाको  पहिलो रोजाइमा  अहिले मलेसिया नै हो । गत आवमा मात्रै १ लाख भन्दा बढी युवा नयाँ रोजगारीको खोजीमा मलेसिया पुगेका थिए । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal