News Portal

  • उपचार नपाएर दुर्गमका महिला जोखिममा, दुधे सुत्केरीको हेलिकप्टरवाट उद्धार

    हिमाली संचार संवाददाता
    ४८० पटक

    (लिम्सा)जाजरकोट : जिल्लाको दुर्गम वारेकोट गाउँपालिका प्रमुख महेन्द्रवहादुर शाहलाई आईतवार मध्यरातमा मोवाईलमा घण्टी वज्यो । आफनो घर नायकवाडा तोलखानां रहेका प्रमुख शाहलाई वारेकोट २ रोकायगाउं ४२ वर्षीय मैसरा थापा सुत्केरी भइ समयमा उपचार नपाएर शिसुको मृत्यु भएको् र रक्तश्रावले ४ दिन देखि थला परेकी महिलाको उद्धार गरि दिन आफन्तले आग्रह गरे ।

    जिल्लाको सडक सन्जालले नछोएको उत्तरी भेकको वारेकोट सुत्केरी हुन नसकेर, अत्यधिक रक्तश्रावले, भीरवाट लडेर, समयमा उपचार नपाएर धरै महिलाका्े ज्यान जाने गरेको छ । प्रमुख शाहले गर्भवती भएर जोखिममा रहेका महिलाहरु लाई उद्धार गर्नमा सक्रिय रहेको संस्था घरआंगन–नेपाललाई तत्काल खवर गरि उद्धार गरि दिन आग्रह गरे । हेलिकप्टरमा लाग्ने खर्च २५ प्रतिशत सम्म स्थानीय निकायले पनि व्यहोर्ने प्रतिवद्धता समेत जनाए ।

    घरआंगन नेपालले तत्काल पोखरामा रहेको सिम्रिक एयरको हेलिकप्टर पठाई रक्तश्राव र कुपोषणले कमजोर भएको उनको शरिर लाई ४ दिन सम्मको निरन्तर रक्तश्रावले थाम्न सकेन र वेहोसीमै पुगेकी थिईन् । ‘रक्तश्रावका ३ दिन सम्म स्थानीय धामीझाक्री र लामाले कुल देवता विग्रेको भनेर झारफुक गरे, कुखुरा सुंगुर काटे, नभए पछि गाउँपालिकालाई गुहारेका हुन् । ’विरामी मैसरा संगै उपचार गराउन पोखराको मणिपाल अस्पतालमा पुगेका उनका देवर हिमवहादुर थापाले वताए ।

    गाउँपालिका प्रमुख शाहले भने‘ विरामी हुन साथ हेलिकप्टर मगाएर उपचार गर्न उचार गरिएको यो पहिलो घटना हो। आर्थिक अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पताल पुरयाउन नसकेर अकाल मृत्युको मुखमा पुग्छन् , सडक नभएर निकै कठिन छ। हाल सम्म सडक सन्जालले नछोएको उत्तरी भेकका वारेकोट, कुशे, (तत्कालिन ८ गाविसहरु) का २० हजार घरधुरीको भैपरि आउदा यातायातको साधन अभावमा वाटैमा मृत्यु हुने गरेको छ ।

    उद्धारमा निशुल्क हेलिकप्टर प्रयोग हुन थाले पछि संस्थालाई आर्थिक जोहोृ गर्न पनि कम्मर कसेको वताउदैं घरआंगननेपालका दिपक सिलवालले भने‘सधैं अर्काको हेलिकप्टर भाडामा लिनु भन्दा आवश्यक प्रकृया पुरयाएर हवाई एम्वुलेन्सको लागी आफनै संस्थाले आवस्यक उपकरण सहितको हेलिकप्टर खरिद गर्ने प्रयासमा जुटेका छौं, रकमको जोहो गर्दैछौं । यस संस्थाले यस अघि सुत्केरी हुन नसकेर कठिन अवस्थामा रहेका ६ वटा गर्भवतीको हवाई उद्धार गरि सकेकोछ । हेलिकप्टर प्रयोग गरेको १ महिना भित्र रकम भुक्तानी गर्नु पर्ने सिम्रिक एयर संग आपसी संझौता समेत छ । उद्धार गर्ने संस्थाले नेपाल मेडिकल कलेज संग संझौता गरि निशुल्क उपचार प्रवन्ध समेत मिलाएकोछ । 

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो –...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal