News Portal

  • ओली प्रधानमन्त्री हुन् कि गल्लीका गुण्डा ? (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ४५३ पटक

    दिपक शर्मा
    सरकारी टेलिभिजनमार्फत प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पदको गरिमा बिर्सेर ‘बुद्धिजीवीहरूलाई थला पार्ने’ भनेर दिएको अभिव्यक्ति देश र विदेशमा भाइरल बनिरहेको छ । सबैलाई थाहा छ, जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रम ओलीको गुणगान गर्नकै लागि बनाइएको हो । प्रधानमन्त्रीसँग साक्षात्कार गरिने यस अघिको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ भन्ने कार्यक्रम विवादित बनेपछि ओलीले आफ्ना किचन क्याबिनेटका एक सदस्यलाई हालको कार्यक्रमको रूपरेखा तयार गर्न लगाएका थिए ।

    यत्र तत्र सर्वत्र आलोचित बनेको सरकारले लाज छोप्नको लागि कुनै उपाय नभेटेपछि कहिले पोल-पोलमा प्रधानमन्त्रीको फोटो टाँस्न थालेको छ भने कहिले राष्ट्रिय दैनिक पत्रिकाहरूलाई ओलीको अनुहार भएको ज्याकेटले छोप्न लगाएको छ । ओली सरकारको प्रचार मोहले यस सरकारलाई इतिहासकै सबभन्दा बदनाम र घटिया हो भन्ने देखाएको छ ।

    नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहिबार पत्रकारहरूसँग कुरा गर्दै ओलीलाई सभ्य हुन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्री ज्यू ! पदीय गरिमालाई ध्यान दिनुहोस । यो देशमा बुद्धिजीवी बोल्न नपाउने ? बोल्यो भने थला पार्ने ?’ शर्माले यसरी ओलीको भनाइप्रति आपत्ति जनाएका थिए । आलोचनालाई निषेध गरेर बोल्न नपाइने शर्माको तर्क थियो । यसले अभिव्यक्ति स्वतन्त्रलाई निस्तेज पार्न सक्ने आशंका बढेर गएको शर्मा बताउँछन् ।

    ‘नेपाली काँग्रेसको तर्फबाट बुद्धीजीवीहरूमाथि प्रधानमन्त्रीले लगाएको आक्षेपको घोर भ्रत्सना गर्न चाहन्छु’ भन्दै प्रधानमन्त्री ओलीलाई अरूलाई धम्की नदिन सुझाव दिएका छन् । ‘प्रधानमन्त्रीलाई के सुझाव दिन चाहन्छु भने ‘थला पार्ने’ धम्की नदिनुहोस, आफ्नो कर्ममा विश्वास गर्नुहोस र आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनुहोस’ शर्माको चेतावनी छ । शर्मा थप्छन्, ‘यो प्रकारको जवाफ दिनु पर्दैन, इतिहासमा कर्म लेखिन्छ बोली लेखिंदैन ।’ शर्माले ओलीलाई बौद्धिकता देखाउनुपर्ने प्रधानमन्त्रीले हो भन्दै बुद्धिजीवीले सरकारको आलोचना गर्न पाउनुपर्ने हक सुरक्षित रहेको जिकिर गरेका थिए ।

    शर्मा मात्र नभएर सामाजिक संजालमा धेरै नेपालीहरूले केपी ओलीलाई मजाकको पात्र बनाएका छन् । पछिल्लो समयमा देशमा बढिरहेको अराजकताको जननी ओली सरकार नै रहेको अधिकांशको ठहर छ । केही समय अघि नेकपाकै एक नेताले पंक्तिकारसँग दुइतिहाइ शक्ति भएको सरकार यत्तिको निकम्मा हुन्छ जस्तो लागेको थिएन भन्दै आफ्नै पार्टी र सरकारको आलोचना गर्दै यो सरकारले ५ वर्षसम्म टिक्ने छाँट नल्याएको भनेका थिए ।
    केही समय अघि एउटा विवादित अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाको सहआयोजक बनेको सरकार र सरकारका मन्त्रीहरूले आफूले गरेको निकम्मा हर्कतलाई सही थियो भनेर पुष्टि गर्न बेलाबेलामा संचारमाध्यममा अराजक भाषा बोल्ने गरेका छन् । धर्म निरपेक्ष देशलाई इसाईकरण गर्न लागेको भन्दै सरकारको आलोचना बढेको समयमा प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्ने सबैलाई थला पार्ने बताउनु हदैसम्मको गुण्डागर्दी हो ।

    प्रसिद्ध हिन्दि अभिनेता नाना पाटेकरले एक संवाद बोल्दै भनेका थिए, ‘साला एक मच्छर आदमीको हिंजडा बना देता है’ । त्यो संवाद अहिलेको परिस्थितिसँग ठ्याक्कै मेल खाएको छ । त्यसलाई अब यसरी भन्न सकिन्छ, ‘साला एक बलात्कारी दुई तिहाईको हिंजडा बना देता है ।’ सरकार नपुंसक बनेको सत्य हो । निर्मला प्रकरणमा सरकार एक कदम अघि बढ्न सकेको छैन । निर्दोष समातेर हत्यारा प्रमाणित गर्न लागेको लाग्यै छ । निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान असफल भएको भन्दै खड्काले गृहमन्त्री रामबहादुर थापाले राजिनामा दिनुपर्ने आवाज बारम्बार उठ्ने गरेको छ ।

    वाइडबडी प्रकरण सरकारको अर्को नाकामी हर्कत हो । ६ अर्ब भन्दा धेरै घोटाला भएको मानिएको उक्त प्रकरणमा सरकारकै एक मन्त्रीले आफूलाई केही थाहा नभएको बयान दिएर आफूलाई पानीमाथिको ओभानो प्रमाणित गर्न हदैसम्म लागिरहेका छन् । वायुसेवा निगम भित्र मिडियालाई पनि पैसा खुवायो भन्ने बतास चलिरहेको छ । नाम नबताउने शर्तमा एक कर्मचारी भन्छन्, ‘मन्त्रीले धेरै मिडिया किने, तर बचेका एकाध ब्रोडसिट दैनिकले र टेलिभिजनले यो घोटालालाई उजागर गरेका गर्यै छन् ।’ उनले भनेको कुरा सत्य जस्तै देखिएको छ । लोकमान सिंह कार्की र गोपाल खड्काको पछि हात धोएर लागेका संचारमाध्यमहरूको मुखमा बुझो लागेको अवस्था छ ।

    मधेसकेन्द्रीत नेता लक्ष्मणलाल कर्णले ‘दुई तिहाई सरकारको पालामा व्यवस्था नै बदलिएको’ भन्दै यो सरकार खतरनाक भएको बताउनु सामान्य विषय होइन । यो सरकारलाई आफ्नो प्रचार मोहले नै ध्वस्त पार्ने कतिपय विश्लेषकहरूले बताउने गरेका छन् ।
    इतिहासकै शक्तिशाली ठानिएको वर्तमान केपी ओली नेतृत्वको वाम सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका केही अर्धछापामार शैलीका काम र मन्त्री गोकर्ण बिष्टका केही कामलाई बिर्सिदिने हो भने ओली सरकारको अस्तित्व भेट्न मुश्किल छ । जनताले देख्ने गरी माखो पनि नमारेको सरकारले गठन भएपछि अर्बौंको ढुकुटी मास्ने बाहेक अरू काम नै गरेको छैन भन्दा हुन्छ । यद्यपि गृहमन्त्री बादलका पछिल्ला गतिविधि भने सरकारलाई नै बदनाम गराउन उद्धत रहेका देखिन्छन । राजनीतिक विश्लेषकहरू भन्छन् ‘अहिले त केपी ओलीको उखान टुक्कामा पनि सुस्तता आउन थाल्यो, जनताले अघिल्लो कार्यकालमा भरपूर मनोरंजन लिएका थिए, अहिले मनोरंजन दिन पनि सरकार असफल रह्यो ।

    नेपाली काँग्रेसका नेता दिपक खड्काले अहिले देशमा सरकार नै नभएको बरू सरकारको ठाउँमा माफिया आएको बताउँछन् । हत्या हिंसा बलात्कार, भ्रष्टाचार, महङ्गी जस्ता विकृति दिनदिनै बढिरहेको भन्दै उनले जनताले अपेक्षा गरेको सरकार नभएको आरोप लगाए । दुई तिहाइको सरकार व्यक्तिगत पालनपोषणमा लागेको छ । जनताको समस्या समाधान गर्न नसकेर निरिह देखिएको छ । यति निकम्मा सरकार त अहिलेसम्म देखिएको थिएन । यो आक्रोश खड्काको मात्र होइन, आम जनताको आक्रोश हो ।

    केही समय अघि केपी ओली निकट रहेका पत्रकारहरूको एक गोप्य मिटिङमा तत्कालीन प्रेस चौतारीका अध्यक्ष समेत रहेका गणेश बस्नेतले भनेका थिए, ‘प्रधानमन्त्री ओली ज्युको एउटा समस्या छ, यदि आफ्नो आलोचना भएको समाचार वहाँको अगाडि राखियो भने वहाँ पागल जस्तै बन्नुहुन्छ । यदि त्यस्ता चार/पाँच वटा समाचार देख्नु भयो भने वहाँले के बोल्ने या के नबोल्ने भन्ने मेसो नै पाउनुहुँदैन ।’ यदि बस्नेतको भनाइलाई सत्य मान्ने हो भने सरकार बौलाएको छ भन्ने प्रष्ट हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal