News Portal

  • चोरीको आरोपमा प्रकाउ परेका ब्यापारीलाई सुर्खेत प्रहरीले ५ हजार धरौटीमा छोड्यो

    हिमाली संचार संवाददाता
    ७२३ पटक

    सुर्खेत : चोरीको आरोपमा प्रकाउ परेका गफार मिया, रहिम मिया, र साबीर मियाको पाँच हजार धरौटीमा रिहा भएका छन। गत कार्तिक २० पक्राउ परेका उनिहरुलार्इ जिल्ला अदालत सुर्खेतका न्यायधिस धुर्वकुमार शाहको एकल र्इजलासले रिहाँ गरेको हो।

    उनिहरु प्रकाउ परेको समाचार केही दिन अगाडी सामाजिक संञ्जाल लगायत मिडियामा निकै चर्चा पाएपछी प्रहरीलार्इ समेत दबाब बढेको थियो।

    अमर दिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो। हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ प्रकाउ गरेको हो। उनिहरुले भने कवाड समान अन्य व्यक्तीबाट खरिद गरेको दावी गर्दै आएका छन। त्यसपछी प्रहरीले सुर्खेत उधोग बाणिज्य संघलार्इ हराएको समानको एकिन मुल्य खुलार्इ दिन आग्रह गरेको थियो।

    उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको १४४ नम्बरको मार्फत प्रहरीलार्इ जानकारी गराएको थियो। तर प्रहरीले त्यो पत्र आफु अनुकुल नभएको भन्दै मुद्घा मेशिलमा नराखि पुनःसुर्खेत उधोग बाणिज्य संघलार्इ मंसिर ६ गते २३८४ नम्बरको चलानीपत्र सहित एकिन मुल्य खुलार्इ दिन अर्को पत्र काटेको हो।

    प्रहरीले यस अघि काटेको पत्रमा पुरानको ट्याक्टरको र्इन्जिन भनिएको थियो भने त्यस पछीको अर्को पत्रमा ट्याक्टरको र्इन्जिन,ब्लक तथा त्यसमा लाग्ने पाटपुर्जा भनिएको थियो। प्रहरीले अमर दिप अटो मोबार्इल्सका संञ्चालक संग समुन्यन गरि उधोग बाणिज्य संघलार्इ अर्को पत्रमा विगो सहित पहिलेको मुल्य परिवर्तन गरी १ लाख २२ हजार ८ सय ५१ तोक्न आग्रह गरेको हो।

    जिल्ला प्रहरी कार्यलय सुर्खेतले यस अघि उधोग बाणिज्य संघले काटेको पत्र मुद्दा मेशिलबाट हटाएर आफ्नो पत्र मात्र सरकारी वकिलको कार्यलयमा पेश गरेको थियो।

    यस्तै रिहाँ भए लग्तै उनिहरुले अदालतले आफुहरुलार्इ न्याएको अनुभुति दिएको भन्दै खुशि भएको बताएका छन। आफुहरु तरार्इको नागरिक भएपनि पहाडमा आएर अदालतले स्वतन्त्र न्याय दिएको साबीर मियाले बताए । उनले अदालतले न्याय दिएपनि प्रहरीले भने आफुहरुलार्इ निकै दुख दिएको गुनासो समेत गरेका छन।

    छुटाउनु भयो कि !

    सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन 

    सुर्खेत प्रहरीलाई सुचना लुकाएको आरोप

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal