News Portal

  • कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य

    हिमाली संचार संवाददाता
    ११९९ पटक

    कुवेत २८ नोभेम्बर : कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ ।

    कुवेतस्थित नेपाली राजदूतावासका श्रम-सहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र माग भइआएको हुदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने भएको छ ।

    सिफ़ारिश पत्र लिदा एउटै कम्पनीमा काम गरी छुट्टी जाने नेपाली श्रमिकहरुलाइ कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनि फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुदा छुट्टि जानु भन्दा १५ दीन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने दूतावास स्रोतले जनाएको छ।

    नेपाली श्रमिकहरुले सिफ़ारिस पत्र लिदा भिषा र कम्पनी एउटा भएमा ४ कुवेती दिनार(नेपाली रुपैया १,४८०), भिषा र कम्पनि फेरबदल भएमा १७ कुवेती दिनार(नेपाली रुपैया ६,२९०) लाग्ने दूतावासलाई उदृढ गर्दै कुवेतस्थित स्थानीय संचारमाद्याम निरेमअपडेटले समाचारमा उल्लेख गरेको छ।

    पेश गर्नु पर्ने आबश्यक कागजातहरु
    पुरानै कम्पनि भएकालाई कुवेतको सिभिल आईडि मात्र ।

    नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी
    १ – कुवेतको सिभिल आईडि
    २ – हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।
    ३ – कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)
    ४ – कामदारको ईज्नामेल पेपर।

    कुवेतमा रहेका श्रमिकहरुको संजालको प्रतिक्रिया हेर्नुहोस।

    कुवेतमा रहेका नेपाली श्रमिकहरुलाई बोझ माथी बोझ थपिएको छ। केही हप्ता पहिले मात्रै कुवेत सरकारले नेपाली श्रमिकहरुको फिङर नगरीकन नयाँ भिसा लगाउन नमिल्ने नियम लागू गरेपछि कुवेतबाट कम्पनीको छुट्टी पास भएर बिमानस्थल पुगेका केही नेपालीहरुलाई फिङर गराएर मात्रै छुट्टी जान मिल्ने अन्यथा जान नमिल्ने भनेर फर्काईएको थियोे।

    कुवेतमा कम्पनीको हकमा नेपालबाट पहिलोपटक कुवेत आउदा मात्रै फिङर गरे पछिल्लोपटक भिसा रिन्यु गर्न कामदार उपस्थित नभए पनि आबश्यक कागजात मात्रै भएपनि भिसा लगाउन सकिने नियम थियोे। तर कुवेतमा पछिल्लोपटक एउटै ब्यक्तिको राहादानी ५ जना ब्यक्ति कुवेत आएकोले सक्कली राहादानी बाहाकलाई समस्या उत्पन्न भएको बुझिएको छ। यस्तो कार्य नेपाली मेनपावर एजेन्टले मात्रै होईन बङ्गलादेशका मेनपावर एजेन्टहरुले पनि गैह्रकानुनी काम गरेर कुवेत भित्र्याएको बुझिएको छ। अब कुवेतमा नेपाली र बङ्गलादेशका नागरिकहरुलाई बिना फिङर भिसा रिन्यु गर्न नमिल्ने भएको छ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal