News Portal

  • असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

    हिमाली संचार संवाददाता
    ५१५ पटक

    रबिन्द्र बराल/मोरङ : आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् ।

    गाउँगाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना बिरामीको उद्धार गरे । उनले बेलबारी नगरपालिका–४ बाट तीन जना बिरामीलाई घरैमा एम्वुलेन्स पठाएर नोबेल अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएकी बेलबारी–४ हिमाली चौककी ७२ बर्षिया सम्झना लिम्बुलाई डा.शर्माले उद्धार गरेर नोबेल अस्पतालमा निःशुल्क उपचार गराईरहेका छन् ।

    उपचारका लागि करिव ३ लाख खर्च गरिसकेर पनि अझै ठिक नभएपछि उनी थप उपचार गर्ने पैसा अभावमा लामो समयदेखि थला परेर बसेकी थिईन् । उपचार गर्न नसक्दा पेट पनि सुन्निएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतिलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएको भन्दै उनका श्रीमान दिलप्रसाद चेम्जोङले खुःशी व्यक्त गरे । ‘हामी जस्ता गरिवलाई हेर्ने पनि मान्छे रहेछन् ।’ हर्षित हुँदै ८२ बर्षिय दिलप्रसादले भने ‘सुनिल शर्माको साच्चै ठुलो दिल रहेछ ।’

    नेपाली कांग्रेस बेलवारीको सक्रियतामा उनलाई उद्धार गरिएको हो । लिम्बुलाई उद्धारका क्रममा पुगेका कांग्रेस नेता राजकुमार लिम्बुले सरकारलेसमेत गर्न नसकेको काम डा.शर्माले गरिरहेको भन्दै उनी गरिब र असहायका लागि भगवान सरह रहेको बताए । यता कांग्रेस बेलबारीका सचिव राजेश खत्रीले शर्माको सेवा भावको प्रशंसा गरे । बिरामी लिम्बुलाई उद्धार गर्नुअघि कांग्रेसका क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी, बेलबारी–४ का संयोजक डम्बर बस्नेत, सक्रिय सदस्य चन्द्र लिम्बु लगायत पनि उनको घरैमा पुगेका थिए ।

    आर्थिक अभावले उपचार गर्न नसकेर समस्यामा परेका तीन जना बिरामीलाई पनि केहि दिन अघि डा.शर्माले सोहि वडाबाट उद्धार गरेर निःशुल्क उपचार गराईरहेका छन् । सामाजिक सेवामा लागिपरेका डा.शर्माले यसअघि पनि धेरै गरिव तथा बिपन्न बिरामीलाई उद्धार गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal