News Portal

  • स्पेनस्थित नेपाली दूतावासमाथि लाग्यो आर्थिक अनियमितताको आरोप

    हिमाली संचार संवाददाता
    ४९४ पटक

    म्याड्रिड– स्पेनस्थित नेपाली दूतावासमा सवारी खरिदमा अनियमितता भएको पाइएको छ ।  स्पेनमा पहिलो पटक स्थापना भएको दूतावासका लागि गत आर्थिक वर्षमा एक करोड बजेट निकासा भएको थियो । स्पेनका लागि नेपाली प्रथम राजदूत भरतबहादुर रायमाझीले सार्वजनिक खरिद तथा आपूर्ति भण्डारणलाई पारदर्शिता नगरी आफ्नो मनोमानी ढङ्गबाट आवश्यकता नपर्ने मेसिनरी उपकरणहरू खरिद गरेर थन्क्याउने गरेको दूतावासका कर्मचारीले बताए ।

    राजदूत रायमाझीले गरेको आर्थिक चलखेलबारे कारबाहीको माग गर्दै स्पेनमा रहेका सचेत नेपाली आप्रबासीहरूले मेल आईडी गोप्य राख्ने सर्तमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई पत्र पठाएका थिए । उनीहरूले घिमिरेलाई उक्त पत्र २०७५ असोज २१ गते पाठएका थिए । जसमा राजदूत रायमाझीले गरेका विभिन्न गलत कार्यको उजागर गरिएको थियो ।

    नेपाल सरकार मन्त्रिपरिषद्को ०७५ वैशाख २६ मा पारित सार्वजनिक खर्चमा मितव्ययिता कामय गर्ने नीतिगत मार्गदर्शन परराष्ट्र मन्त्रालयमार्फत जेठ १३ को पत्रबाट दूतावासलाई जानकारी भइसकेको अवस्थामा राजदूतले उक्त निर्णयलाई लत्याएका हुन् ।

    परराष्ट्रबाट निर्देशन प्राप्त भए पनि आवश्यकताभन्दा बढी तीनवटा सवारी खरिद गरेर थन्क्याइएको छ । दूतावासमा चालकको एउटा दरबन्दी भए पनि सवारी भने तीनवटा खरिद गरी कमिसनको खेलमा उक्त सवारीको हालसम्म इन्स्योरेन्स हुन नसकेपछि हाल थन्क्याइको छ ।

    मन्त्रालयको निर्देशनपछि स्थानीय कर्मचारी भर्ना प्रक्रिया अगाडि बढेको भए पनि कर्मचारी र राजदूतको समन्वय राम्रो नहुँदा अहिलेसम्म काम रोकिएको छ । यसअघि साउन २७ गते १३ बुँदे स्पष्टीकरणसहित   राजदूत रायमाझीलाई परराष्ट्र मन्त्रालयले पारदर्शी रूपमा काम गर्ने भन्दै चेतावनी दिएको थियो । उनले व्यक्तिगत खर्च पनि सरकारी काममा गरेको भन्दै बिल बनाउँदै मनोमानी गरिएको स्रोत बताउँछ ।

    मन्त्रिपरिषद्को मार्ग निर्देशन पालना भए नभएको अनुगमन गर्न मुख्य सचिवको संयोजकत्वमा एक समिति गठनसमेत भएको छ । सार्वजनिक खर्चमा मितव्ययिता कामय गर्ने नीतिगत मार्गदर्शनमा अर्थ मन्त्रालयकले परामर्शमा भवा कार्यकक्ष बनाउनुपर्ने भनिएको छ, जसमा राजदूत रायमाझीले मनोमानी गरेको पाइएको छ ।

    समितिका सदस्य तथा अर्थ मन्त्रालयका सचिवले डा. राजन खनाललाई स्पेन दूतावासमा देखिएको आर्थिक अनियमिताबारे बुझ्न खोज्दा सम्पर्कमा आउन चाहानु भएन । हामीले बारम्बा सम्पर्क गर्ने खोज्दा पनि उनी यो विषयमा जोडिन चाहेनन् ।

    यस सम्बन्धमा दूतावासका अन्य कूटनीतिक कर्मचारीसँग बुझ्दा सवारी साधन खरिद प्रक्रियामा आफूहरूको कुनै पनि संलग्नता नरहेको र राजदूतको एकलौटी निर्णयबाट खरिद गरिएकोप्रति कर्मचारीहरूको गुनासो समेत रहेको छ ।

    सवारी खरिद प्रक्रियामा सार्वजनिक नियम तथा मन्त्रिपरिषद्को निर्णयलाई ठाडो उल्लङ्घन गरेको देखिन आएको छ । दूतावासले खरिद गरेको तीन वटा सवारीमध्ये दुईवटा कार्यालयमा इन्स्योेरेन्स हुन नसकेको कारण थन्क्याइएको छ । यस्तै राजदूतको लागि भनेर किनेको मर्सिडिज कम्पनीले विनाइन्स्योरेन्स नदिने भएका कारण उक्त सवारी दूतावासमा उपलब्ध हुन सकेको छैन । कर्मचारी भर्नादेखि सवारी इन्स्योरेन्समा विचौलियाहरूको प्रलोभनमा परेर वा के कति कारण हालसम्म सवारी थन्क्याइयो राजदूत आफैले जानुन् ।

    सार्वजनिक खरिद ऐन तथा मितव्ययिता एवम् कर्मचारीमा छलफलविना एक लौटी सवारी खरिदमा कमिसनको प्रलोभनका परेर दूतावास अझै पूर्ण रूपमा व्यवस्थित हुन नसकेकोप्रति स्पेनवासी चिन्तित बनेका छन् । परराष्ट्रका वरिष्ठ अधिकृतका अनुसार विदेशस्थित नियोगहरूमा नेपाली कानुन हुबहु लागू नहुने भए पनि दूतावासको सूचना पार्टी, वेबसाइट, स्थानीय पत्रपत्रिका, सामाजिक सञ्जाल फेसबुक पेजमा आफूलाई आवश्यक पर्ने सामग्री सप्लाई गर्ने इच्छुक कम्पनीसँग कोटेसन माग गर्ने परिपाटीसमेत नगरेको देखिएको छ ।

    आवश्यकता नै नभएका ल्यापटप, कम्पुटर तथा दुई थान अइप्याडसमेत खरिद गरेको बुझिन आएको छ । राजदूत रायमाझीले कतैविना भ्याट बिल फरक फरक मितिमा एउटै पसलबाट एक हप्ताको फरकमा खरिद गरेका छन् भने कतै मितिविनाका नक्कली बिल आफ्नो आसेपासेमार्फत मागेर आफै बनाउने र राज्यको ढुकुटीको चरम दोहन गरेको खुलासा भएको छ ।

    राजदूत रायमाझी स्पेन आएको आठ महिना भइसक्दासमेत कार्यालय व्यवस्थित बनाउन सकेका छैनन् । निवास र कार्यालय एउटै भवनबाट सञ्चालनमा ल्याएको भए पनि कार्यालयलाई घर हो वा कार्यालय हो भनेर छुट्याउन गाह्रो हुने सेवाग्राहीहरूको भनाइ छ ।

    राजदूतको कार्यकक्ष अगाडि भान्सा कोठा रहेको र कार्यालय बनाउनुपर्ने कोठाहरू राजदूतले निजी काममा प्रयोग गरेको पाइएको छ । यता कार्यालय व्यवस्थित बन्न नसकेको भन्दै कर्मचारीहरूले मन्त्रालयमा पठाएको प्रतिवेदनमा भान्साबाट खार आउँदा काम गर्ने वातावरण हुन नसकेको गुनासो आएको परराष्ट्र स्रोतले बताउँछ । नक्कली बिल परराष्ट्र मन्त्रालयमा धमाधम पास हुँदैछ नि भन्ने प्रश्नमा मन्त्रालयका लेखा उपसचिव गायत्री रमण खनाल भन्छन्, ‘अनियमितता भयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तर यस सम्बन्धमा आवश्यक कारबाही गर्ने निकाय मौन बस्दा झनझन अनियमितता बढेको हो ।’

    परराष्ट्रको अनुमति आउनुअघि नै घरभाडामा

    नेपाल सरकारले चैत तेस्रो सातामा सहमति दिएको भए पनि राजदूत रायमाझीले त्योभन्दा पहिले नै घर सम्झौता गरी बस्दै आएका थिए । स्पेनमा सामान्यतया एजेन्सीसँग घर बहालमा लिँदा एक महिनाको घरभाडा बराबरको कमिशन एजेन्सीलाई दिनुपर्ने नियम छ । सीधै घरधनीबाट लिएको भए पनि राजदूतले एजेन्सीबाट लिएको भन्दै एक महिनाको घरभाडा समेत भ्रष्टाचार गरेको बुझिन आएको छ ।

    एउटा कोठाबाट कार्यालय सञ्चालनमा आयो भनेर सञ्चार माध्यममा समाचार आएपछि परराष्ट्रले एक्सन लिएलगत्तै राजदूतले कर्मचारीहरूलाई कोठा उपलब्ध गराएका थिए ।

    नेपाल सरकारले दूतावास तथा निवासको बजेट निकासा गर्नुपूर्व नै राजदूत रायमाझीले फागुन १७ अर्थात मार्च १ गतेबाट उक्त भवन सम्झौता गरी बस्दै आएका छन् । परराष्ट्रले भने ०७४ चैत १२ गते घर बहालमा लिन सहमति दिएको थियो । मन्त्रालयको निर्णय आउनुअघि नै मनोमानी ढङ्गबाट नियमविपरीत बहालमा लिइएको थियो । घरधनीबाट सीधै लिने र कमिसन एजेन्सीलाई दिनु नपर्ने भएकाले अगाडि नै लिइएको भए पनि एजेन्सीलाई कमिसन भनेर एक महिनाको घरभाडा बराबरको रकम गायव गरेको देखिएको छ । यता बिलसमेत नभएपछि विवाद सतहमा आएको स्रोतको दाबी छ ।

    दूतावास स्थापना तथा व्यवस्थापनका लागि मन्त्रालयले परराष्ट्रका अधिकृत निर्मल भट्टराईलाई त्यहाँ खटाएको थियो । तर, उनी म्याड्रिड घुमघाममै व्यस्त रहेका दूतावासको आरोप  थियो । तर, घर बहालमा लिन सम्झौता गर्ने समयमा दूतावासका लेखापाल म्याड्रिडमै उपस्थित भए पनि राजदूतले सहभागिता नगराएको कर्मचारीहरू बताउँछन् ।

    राजदूत रायमाझीले गैरजिम्मेवार पूर्ण यात्रा गर्दा कूटनीतिक परिचयपत्र हराएका थिए । नेपाली नयाँ वर्षको कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागिता जनाउन मेट्रोमा पोयर्ता दे ला तोलेदोस्थित पासेयो दे मिलानकोलिमा सपरिवार पुग्दा मेट्रोभित्र पर्स चोरी भएको थियो ।

    राजदूत रायमाझीको कूटनीतिक असक्षमताका कारण संविधान दिवस म्याड्रिडमा मनाइरहँदा विभिन्न नियोग तथा स्पेनिस सरकारको समेत प्रतिनिधित्व गराउन चुकेका थिए । प्रमुख अथिति स्पेनको परराष्ट्र मन्त्रालयलाई बनाउन सकारात्मक पहल हुन नसक्दा नगरपालिकाको उपमेयरलाई प्रमुख अतिथि बनाउन राजदूतले हात जोडेर भ्याएका थिए ।

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal