News Portal

  • मदिराले लिन्छ मेहतर वस्तीमा पालैपालो ज्यान

    हिमाली संचार संवाददाता
    ४८४ पटक

    सप्तरी : राजविराज ६ निवासी शिवनारायण मेहतरको गत असोज २८ गते मृत्यु भयो । उनको मृत्युको कारण थियो अत्यधिक रक्सी सेवन । सरसफाइको काम गरेर परिवारको गुजारा गर्दै आएका मेहतरको ५१ बर्षमै मृत्यु भएको हो ।

    सोही ठाउँका प्रदीप मेहतरको शिवनारायणभन्दा केही दिनअघि ज्यान गयो । ५० वर्षका उनको मृत्यु पनि अत्यधिक रक्सी सेवनकै कारण भएको हो । शिबनारायण र प्रदीप मात्र होइन् मेहतर वस्तीमा प्रत्येक बर्ष एकदेखि तीन जनाको मृत्यु रक्सी सेवनका कारण हुने गरेको अनलाइनखबरमा समाचार छ ।

    सानै उमेरदेखि रक्सी खाने र दैनिक बिहानदेखि बेलुकासम्म रमाउने पुरुषहरु ५० बर्षभन्दा माथि बाँच्न नसकेको दृष्टान्त गाउँमा रहेको सुनाउँछन् वस्तीका अगुवा मनोज मेहतर ।

    ‘वस्तीमा ६५/७० बर्षका बृद्वहरु छैनन्’ उनले भने, ‘रक्सी पिएरै कम उमेरमा ज्यान गुमाएपछि वस्तीमा कोहि बृद्व नभइकनै ज्यान गुमाउँछन् ।

    घरका मूली नै रक्सी सेवन गर्ने गरेका कारण परिवारका साना बालकहरु पनि रक्सीतर्फ मोहित हुने गरेको मनोज बताउँछन् । ‘रक्सी सेवनले एक्कासी मर्दैनन्’ उनले भने ‘पटक–पटक बिरामी पर्छन् । अस्पताल गएर उपचार गराउँछन् । तर, औषधि सँगसँगै रक्सी सेवनलाई पनि निरन्तरता दिएका कारण नै उनीहरु मृत्युको शैय्यासम्म पुग्छन् ।’

    वस्तीको चारैतिर सुरक्षाकर्मी, बीचमा हुन्छ रक्सीको कारोबार राजविराज ६ मा सरसफाइको काम गरेर गुजारा टार्दै आएका मेहतरहरुको करिब सय घरको बसोबास छ । पर्वतिर जिल्ला प्रहरी, उत्तरतिर राजविराज नगर प्रहरीको कार्यालय र दक्षिण, पश्चिमतिर सप्तरी कारागार रहेको छ ।

    कारागारमा पनि प्रत्येक प्रहर सुरक्षाकर्मीको रुपमा नेपाल प्रहरी तैनाथ गरिएको हुन्छ । यही बीचमा छ मेहतर समुदायको वस्ती । चारैतिर सुरक्षाकर्मी बसेपनि खुल्ला रक्सीको कारोबार हुन्छ यहाँ । मेहतर समुदायका अगुवा मनोजका अनुसार किराना पसलेहरुले पनि रक्सी बिक्री गरिरहेका कारण जतिखेर पनि सहज रुपमा रक्सी उपलब्ध भइरहेका हुन्छ ।

    यो वस्तीको आसपास जुनसुकै पसल थापिए पनि रक्सी अनिवार्य रुपमा बेच्ने गरिएको बताउँछन् स्थानीयहरु रक्सीले वस्ती नै गलत बाटोमा हिंड्न लागेको देखेर आफूहरु जातीय संगठन बनाएरै यसलाई रोक्न लागिपरेको छु’ उनले भने ।

    सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले धेरैले घरमै रक्सी बनाउने गरेको बताउँदै भट्टी नष्ट गर्ने र कच्चा पदार्थसमेत नष्ट गरिसकिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal