News Portal

  • मन्त्री लालबाबु भन्छन्- आलु ब्यापारी छन्, जल्ले जाँड ख्वाइदिन्छ, लेख्छन् !

    मैले के अपराध गरें ? कसैले बताइदिनोस्

    हिमाली संचार संवाददाता
    ५७१ पटक

    काठमाडौं -अघिल्लो कार्यकालमा डीभी/पीआरवाला कर्मचारीहरुमाथि डण्डा चलाएर वाहीवाही कमाएका मन्त्री लालबाबु पण्डित अहिले मिडियाको नजरमा खासै परेका छैनन् । लोकपि्रय नेताको छवि बनाएका पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् ।मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका थिए । अहिले उनी खासै कडारुपमा प्रस्तुत भइरहेका छैनन् । सामाजिक सञ्जालहरुमा पनि मन्त्री पण्डितले आफ्नो लोकपि्रय छवि बचाउन नसकेको फाट्टफुट्ट चर्चा हुन थालेको छ ।

    यसै सन्दर्भमा हामीले मन्त्री पण्डितलाई सोध्यौं-

    तपाईले जनताको अपेक्षाअनुरुप प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो आउन थालेको छ नि ?

    के काम गर्नु ? जे जिम्मेवारी छ, त्यही न गर्नु । नयाँ-नयाँ कुराहरु, अहिले सबैभन्दा ठूलो व्यवस्थापनको काम हो कि होइन ? संघीयतामा अब संघीय मन्त्रालयले झण्डै-झण्डै सवा लाख कर्मचारी अनि ३७ हजार जनप्रतिनिधिको व्यवस्थापन भनेर त्यसमा पनि ३ तहको व्यवस्थापन त्यत्तिकै भएको छ ?

    मैले प्रशासनिक अन्तरिम काल असार मसान्तभित्र सक्छु भनेको थिएँ, अस्ति सकियो । संरचना जम्मै तयार भइसक्यो । दिनका दिन हेर्नुहुन्छ नि । कति सय मान्छे मैले पठाइराखेको छु सरुवा गरेर हँ ? त्यो त चर्चा हुँदैन । कल्ले जाँड खुवाइदिन्छ, लेख्देऊ लेख्देऊ भनेर । कसलाई कहाँ चित्त बुझेको हुँदैन, खटाएको ठाउँमा ।

    सरकारी कर्मचारी खटाएको ठाउँमा जान नपाए, काठमाडौंमै स्वादले बस्न पाए रमाउँथे होला नि । त्यसकारण यसमा केही कुरा छैन । अलिअलि खेती भएन भने पत्रिका पनि बिक्दैन, अलिअलि खेती भएन भने अनलाइन पनि चल्दैन । अलिअलि नेगेटिभ-नेगेटिभ स्वाद लिऔं भनेर कतिपय मिडियाहरु हुन्छन् । मैले देख्छु कि कहिलेकाँहि ।

    अब, राष्ट्रिय चर्चित मिडिया एउटा कुरा हो । जिम्मेवार मिडिया अर्को कुरा हो । नभए अहिले त कतिपय चाहिँ आलु ब्यापारीले पनि अनलाइन खोल्या छ । मेरो चुनावकै बेलामा देख्नुभएन ? लालबाबु पण्डित जेलमा भनेर । न्युजचाहिँ हुनुपर्ने लालु यादवको, स्वाद लिनको निम्ति लालबाबु पण्डितको फोटो राखेर जेलमा भनेर आयो । यस्ता खालका गैरजिम्मेवार मिडिया जो हुन्छन् नि, त्यस्ता गैरजिम्मेवार मिडियाले लेख्छन् । प्रतिपक्षका पनि छँदैछन्, त्यसले सोसियल मिडियामा सेयर गर्‍या छ, गर्‍या छ । नक्कली फेक नामले सेयर गरेकोले के अर्थ राख्छ र ? केही अर्थ राख्दैन ।

    तर, यिनै मिडियाले तपाईलाई एक समय व्यापक समर्थन गरेका हैनन् र ? आशा गरिएका नेता भन्दै चुनावका बेलामा तपाईलाई मिडियाले ठूलो साथ दिएको थियो । अहिले तिनै मिडियालाई गाली गर्न मिल्छ ?

    मैले गाली गरेको छैन । मैले भनें नि, केहीकेही । मैले आमरुपमा भन्या छैन । मैले नि के भन्या हुँ भन्दाखेरि केहीकेही मिडियामा थोरैले खेती गर्‍या छन् । सयमा सय प्रतिशत त सन्तुष्ट हुँदैन । यो व्यवस्थापन सजिलो काम होइन ।

    पहिला पनि देख्नुभो, मेरो एजेण्डाको पक्षमा कोही पनि थिएनन् । पछि फेरि सबैलाई ल्याएँ । अहिले सबैभन्दा बढी संघीयता व्यवस्थापन गर्ने चिन्ता कसैलाई छ भने त्यो मलाई नै छ । यो त कम्प्युटरमा क्लिक गरेजस्तो सजिलो त हुँदैन ।

    मानवीय व्यवस्थापनको कुरा तपाईले संसारभरिकै हेर्नुभयो भने कति लाग्या छ ? नेपालजस्तो देशमा हामी कति फास्ट गर्दैछौं ? जहाँ कि अहिले पनि थुप्रै ऐन कानूनहरु बनाउन बाँकी छन् । बन्ने क्रममा छन् । हाम्रो देशमा प्रतिपक्ष कस्तो छ, त्यो पनि बुझिहाल्नुहुन्छ । यो सबै भएकाले गर्दा पाइला फुकीफुकी चाल्नुपर्ने स्थिति छ । तर, मैले चालेको कुन पाइला खराब छ ? मलाई बताइदिनुपर्‍यो । बताइदिनुपर्‍यो नि यो पाइला तपाईको गलत छ भनेर ।

    जस्तो- तपाईले सुरुमा स्वेच्छिक अवकाशको विषयलाई लिएर कर्मचारीहरुलाई अलि बढी नै गाली गर्नुभयो भनेर आलोचना भएको थियो….

    पोलिसीको सत्य कुरा मैले राखिनँ भने कसले राख्छ ?

    तर, तपाईबारे ट्रेड युनियनकै नेताहरुले प्रधानमन्त्रीसँग पुगेर तपाईको अभिव्यक्तिप्रति गुनासो त गरे नि हैन र ?

    अनि, प्रधानमन्त्रीज्यूले मन्त्रीको अडान गलत हो र तिमीहरुले लिएको अडान ठीक हो भनेर भन्नुभयो ? संसदीय प्रणालीमा प्रधानमन्त्रीको भन्दा फरक अडानमा कोही मन्त्री जान सक्छ ? सक्दैन नि ।

    प्रधानमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयका बारेमा बोल्दा त पहिले मन्त्रीले नै बोल्नुपर्छ । मन्त्रीले प्रधानमन्त्रीसँग समन्वय गरेर बोलेको हुन्छ । समन्वय गरेर बोलेन भने त मन्त्री त्यही दिन सकिन्छ नि होइन ?

    तपाईलाई ‘जनताको नेता’ भनेर चर्चा हुने गरेको थियो । यो ५ महिनामा तपाई आफैंचाहिँ सरकारको कामगराइबाट सन्तुष्ट हुनुहुन्छ ?

    जुनबेलामा भुइँचालो आयो, त्योबेला सरकारको मूल्यांकन हुन्छ कि व्यवस्थापनको काम सकिइसकेपछि सरकारको मूल्यांकन हुन्छ ? अहिले सरकारले विभिन्न सेक्टरबाट काम गरिराखेको छ । अपराध के गर्‍यो ? योचाहिँ आउनुपर्‍यो नि ।

    ईच्छापूर्ण हुने गरी काम भयो त म भन्दिनँ । काम भइराखेको छ । ऐन कानून बनाउन लागिराखेका छौं । अहिले धेरै काम त हामीले क्राइसिस म्यानेजमेन्टको फर्मूला अनुसार न गरिराखेका हौं । यो पाटोलाई तपाईहरुले हेर्दिनुपर्ने हुन्छ ।

    उसोभए तपाईका शुभचिन्तकहरुले लालबाबु पण्डितको जनपक्षीय छविमा कुनै कमी आउँदैन भनेर ढुक्क भए हुन्छ ?

    के कारणले कमी आयो ?

    देखिएकै छ नि, कर्मचारी संयन्त्रमा घुसखोरी रोकिएको छैन । जस्तो मालपोतमा…. सरकारी अड्डा अदालतमा….

    अनि मालपोत कन्ट्रोल गर्ने मेरो जिम्मा हो ? मैले तपाईलाई सोधें- मालपोतमा कर्मचारीले घुस खायो भने कर्मचारीलाई कारवाही गर्ने अधिकार कल्लाई छ ?

    यसो भन्न त मिलेन नि मन्त्रीज्यू, सरकारको समग्र कुरा गर्दा कर्मचारीतन्त्रको नेता त तपाई नै हो नि । कर्मचारीतन्त्रको जिम्मा तपाईमाथि छ…

    मैले गलत गर्ने कर्मचारीको संरक्षण गरेँ भनें न तपाईले मलाई दोष दिन सक्नुहुन्छ । गलतलाई गलतै म भन्छु ।

    तर, तपाईले टेलिभिजनका कतिपय अन्तरवार्तामा सरकारले के काम गर्‍यो भनेर सोध्दा ‘सुन तस्करलाई पक्रेको देख्नुहुन्न ?’ भन्नुहुन्थ्यो । सुन तस्कर पक्रने पनि त गृहमन्त्रालय हो, तपाई त होइन….

    हैन, सिंगो सरकारको भन्नुपर्दा त्यो मैले भनेको हो । सिंगो सरकारको भन्नुपर्दाखेरि त्यही हो ।

    हो, हामीले पनि भ्रष्टाचार नियन्त्रणबारे सोधेको….

    अहिले नै भनौं न, अख्तियारले कतिपय केसमा पक्रिएको छ । त्यसलाई हामी ठीक भन्छौं कि गलत भन्छौं ? अन द स्पट पक्रिनु त ठीक हो । तर, त्यसको जायज-नाजायज कुराको फैसला त कानूनीरुपमा पछि हुन्छ । तर, पक्रिनु त ठीक हो नि । गलत काम गरेवापत पक्रिएको हो । मैले भनेको त बुझ्नुभयो नि ।

    अर्को कुरा के हो भने सिंगो सरकारको सन्दर्भमा सोध्दा एउटा पार्ट आउँछ । एउटा मन्त्री सरकारप्रति पनि जिम्मेवार र जवाफदेही हुन्छ । तर, के हो भने ऊ जहाँको कार्यकारी हो, त्यहाँप्रति बढी जिम्मेवार हुन्छ ।

    तपाईले आफ्नो मन्त्रालयमा चाहिँ यसवीचमा केके काम गर्नुभयो त ?

    तपाई हेर्नुहोस्, म आउँदाखेरि झण्डै झण्डै ५० प्रतिशतको हाराहारीमा कर्मचारीहरु काममा गएका थिएनन् । अहिले केहीकेही, ०.५ प्रतिशत अलमल होला, नभए सय प्रतिशत खटाएको छु । सय प्रतिशतमा प्रशासकीय प्रमुखहरु पठाइसकेको छु ।

    तर, यो वीचमा नयाँ संरचना बन्यो । नयाँ संरचना बन्नासाथ अहिले यो महिनाभित्र नयाँ अफिसहरु खुल्ने छन् र अफिसहरु समायोजन हुँदैछन् । मेरो कुरा बुझ्नु भो नि तपाईले ?

    शुरुमा तपाईले कर्मचारीहरुलाई जसरी स्वेच्छिक अवकाशमा नजाओ भन्नुभयो, त्यसमा पनि सफल हुनुभएकोे हो ?

    ट्रेड युनियन काज थियो, मैले शतप्रतिशत हटाइदिएँ । मैले टे्रेड युनियन गतिविधि अफिस टाइममा हुँदैन भनेर शतप्रतिशत हटाइदिएँ । यसलाई तपाईहरु पोजेटिभ लिनुहुन्छ कि लिनुहुन्न ?

    केही केही काजमा गएका मान्छे रिसाए भने…त्यो त सयमा सय प्रतिशत धानखेतमा फलेको धान त भकारीमा आउँदैन । मिलमा गएको धानको चामल सयमा सय प्रतिशत घरमा आउँदैन । पकाइसकेको भात पनि सयमा सय प्रतिशत मुखमा पुग्दैन ।

    यीबाहेक मन्त्रीज्युले गरेका अरु काम के के हुन् ?

    संघीय निजामति सेवा ऐन अगाडि बढाइसकेको छु । जहाँनेर जनप्रतिनिधिहरुले अलिकति मिच्न थाले भन्ने लाग्यो भने मैले कन्ट्रोल गरेकै छु । धेरै विदेश घुम्नेहरुलाई पनि कन्ट्रोल गरेकै छु । अब एकै रातमा त सबै कुरा त हुँदैन नि ।

    उसोभए प्रधानमन्त्रीबाट ‘रेड कार्ड’ पाउने कुनै खतरा छैन ?

    यो जम्मै एक जनाले कुन मुडमा लेखेको हो । तिनै पत्रपत्रिकामा हैन, मेरो विषयमा हुट्टीट्याउँले आकाश थाम्दैन भनेर लेखेको ? हेडलाइन नै न्युज निकालेको त्यसैले होइन ? हुट्टीट्याउँले आकाश थाम्यो कि थामेन ? मेरो एजेण्डा आउँदा लेख्ने त तिनीहरु नै हुन् नि ।

    तपाईको काम गराइबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्न भन्नेमा विश्वस्त हुनुहुन्छ ?

    म त ‘हन्ड्रेड पर्सेन्ट’ विश्वस्त छु । किन भन्दाखेरि सबै काम सल्लाहबाट भइरहेको छ । मैले कुनै अपराध गरेको छ भने कसैले बताउनुपर्‍यो नि ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal