News Portal

  • कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो

    हिमाली संचार संवाददाता
    ८१६ पटक

    माधब शाही/कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो ।

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत शाखाका अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनको रहेको थियो भने अतिथीहरुमा पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन हमाल, पत्रकार नैना कला राई, निरेम प्रोडक्सनका पत्रकार राज मल्ल, माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल, नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु, तितो पाटी डट कमका फोटो पत्रकार चन्द्र बिश्वकर्मा, मनकामना मिडियाका प्रतिनिधि बिजय लामा, हिमाली संचार डट कमका अध्यक्ष कमल सिंह ठकुरी लगायत कुवेतलाई कर्म थलो बनाई बसेका साहित्य प्रेमीहरु बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजीवी, समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतका महासचिब राज श्रेष्ठले उपस्थित आगन्तुकहरुलाई मन्तब्यद्वारा स्वागत गरेका थिए भने अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए ।

    नेपाली राष्ट्रिय गीतको धुन सँगै कार्यक्रमको सुरुवात गरीएको थियो भने  कार्यक्रम सभापती, प्रमुख अतिथी,  अतिथीहरुले सामुहिक रुपमा लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प अक्षता अर्पण गरी कार्यक्रम उद्घाटन गरीएको थियो  ।

    कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन, पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधी माधब शाही, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश राउत, लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन हमाल, माउन्टेन एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल, नयाँ शक्ति पार्टी नेपाल कुवेतका महासचिब जयराम थारु, पत्रकार नैना कला राई लगायतले लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्तीको उपलक्ष्यमा शुभकामना मन्तब्य राखेका थिए।

    बक्ताहरुले शुभकामना मन्तब्य संगै गजल, कविता, मुक्तक वाचनगरेका थिए भने प्रवासमा भए पनी लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती मनाउन पाउँदा खुशी ब्यक्त गर्दै आयोजक प्रती आभार प्रकट गरेका थिए ।

    समाजका महासचिब राज श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रष्टाएका थिए । लक्ष्मीप्रसाद देवकोटाको शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु/गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच  पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।

    सभापती हिमाल अन्जानले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

    तस्वीरहरु हिमाली संचारको फेसबुक पेजमा हेर्नुहोस।

    https://www.facebook.com/himalisanchar/videos/1945602139066825/

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो –...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal