News Portal

  • चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

    हिमाली संचार संवाददाता
    ५०५ पटक

    बेइजिङ – चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

    अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाएका थिए ।

    बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो ।

    विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा कम्पनीले कपी गरी विश्व कम्प्युटर बजारमा कम्प्युटरका पाटपूर्जाको प्रमुख आपूर्तिकर्ता बनेको दावी गरेको थियो ।

    यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीलाई नियमित जानकारीका क्रममा बताए ।

    अमेरिकाले चीनमाथि पछिल्ला केही दिन यता चीनले अमेरिकी प्रबिधि चोरेर आफ्नो अर्थतन्त्रलाई सबल पारेको बताउँदै आएको छ ।
    सेसनले भने, ‘यी गतिविधि गैरकानूनी हुन् । प्रबिधिको चोरी गरिनु गलत हो । यो अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका लागिसमेत खतरा हो । यो रोकिनुपर्छ ।’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्राबिधिक जानकारीबारे चीनमाथि लगाइएको चोरी आरोपलाई उद्धृत गरी आफ्ना एसियाली सहकर्मीलाई केही समय पहिले बताएका थिए ।

    तर बिहीबार दुई देशका नेताबीच ब्यापार र अन्य बिषयमा टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले वार्ता एकदम सकारात्मक रहेको ट्वीटरमार्फत जानकारी गराएका थिए ।

    चिनियाँ राष्ट्रपति सीले पनि कुराकानीपछि आफु धेरै खुशी बनेको र यस बिषयमा यस महिनाको अन्त्यमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुने जी–ट्वान्टी सम्मेलनमा थप छलफल हुने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    आज बैशाख-३ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ३ गते सोमबार इश्वी सन २०२४ अप्रिल १५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal