काठमाडौं । साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्ने भएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार, साइबर क्राइम व्यूरो (सीसीबी) र ह्यूमन ट्राफिकिङ व्यूरो (एचटीबी) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन हुनेछन् ।
संसारका कुनै पनि कुनाबाट अपराध हुनसक्छ । दुवै व्युरोले अनुसन्धानको दायरा विश्वभर पुर्याउन सक्नेछन् ।
टाइपिस्टदेखि इलेक्ट्रिसियनसम्मका पद खारेज, मन्त्रालयमा अब अधिकृत मात्र
सरकारले संघीय मन्त्रालय र विभागमा अब अधिकृत र त्यसभन्दा माथिल्ला तहका कर्मचारी मात्र राख्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मन्त्रालय र विभागमा क्रमशः अधिकृत तहका कर्मचारी मात्र राख्ने निर्णय गरेको हो ।
अन्नपूर्ण पोस्ट दैनिकका अनुसार सरकारको निर्णयसँगै अब मन्त्रालय र विभागमा खरिदार, सुब्बाले गरिरहेका काम अधिकृतले नै गर्ने गरी व्यवस्थापन भइरहेको छ । संघीय सरकारले अब संघीय मन्त्रालय र विभागलगायत निकायमा टाइपिस्ट, प्लम्बर, इलेक्ट्रिसियन, माली, पाले कुचीकार जस्ता पद पनि खारेज गर्ने निर्णय गरेको छ । अधिकृतमात्र राख्ने सरकारी निर्णयअनुसार अब संघका मन्त्रालय र विभागमा खरिदार, सुब्बा विस्थापित हुँदै जानेछन् ।