News Portal

  • जीवन बीमा कम्पनीले एक वर्षमा कमाए ५१ अर्ब, कुन बीमा कम्पनीले कति कमाए ?

    हिमाली संचार संवाददाता
    ४७२ पटक

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

    मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा उक्त परिमाणमा बीमा शुल्क आर्ज गरेका हुन् । यस अवधिमा पुराना बीमा कम्पनीहरुले ४७ अर्ब ९३ करोड ७७ लाख ९६ हजार २ सय ६९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा पुराना बीमा कम्पनीहरुको बीमा शुल्क २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । यि कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ७२ करोड ४४ लाख ७ हजार ७ सय ५९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

    गत आर्थिक वर्षदेखि सञ्चालनमा आएका ९ बीमा कम्पनीहरुसमेत गरेर १८ वटा बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा भने ३१ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । सबै बीमा कम्पनीहरुको समेत गरेर आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।

    बीमा शुल्क आर्जन वृद्धिदर बढाउने पहिलो नम्बरमा एनएलआईसी कम्पनी देखिएको छ । यस कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ दशमलव ४१ प्रतिशतले बीमा शुल्क आर्जनमा वृद्धि गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी)ले गत आर्थिक वर्षमा १६ अर्ब १८ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै आर्जन गरेको थियो ।

    बीमा शुल्क आर्जन वृद्धिदरका आधारमा दोस्रो स्थानमा एशिएन लाइफ इन्स्योरेन्स कम्पनी देखिएको । एशियनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३१ दशमलव २९ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब १ करोड १६ लाख ८१ हजार ४ सय ५५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

    यसैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २९ दशमलव ७० प्रतिशतले बीमा शुल्क वृद्धि गर्दै तेस्रो स्थानमा देखिएको छ । एक वर्षमा यस कम्पनीले १ अर्ब ७३ करोड ५७ लाख ३५ हजार ५ सय ६७ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्षको तुलनामा २५ दशमलव ४१ प्रतिशतले बीमा खुल्क बढाउदै आर्थिक वर्ष ०७४/७५ मा १ अर्ब ५२ करोड २२ लाख २० हजार ९ सय ४ रुपैयाँ आर्जन गरेको भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले सोही अवधिमा १० अर्ब ४९ करोड ९८ लाख ३९ हजार ३ सय ८८ रुपैयाँ आर्जन गरेको छ ।

    अघिल्लो वर्षको तुलनामा एलआइसी नेपालले २० दशमलव ५६ प्रतिशतले बढी बीमा शुल्क आर्जन गरेको हो । यसैगरी नेशनल लाइफले यस अवधिमा ५ अर्ब ९९ करोड ६७ लाख ७६ हजार २ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ५१ प्रतिशतले बढी हो । प्राइमले २ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा सरकारी स्वामित्वको राष्ट्रि बीमा संस्थानले २ अर्ब ९९ करोड ६७ लाख ८५ हजार ४ सय ३२ रुपैयाँ आर्जन गरेको छ ।

    वृद्धिदरका आधारमा भने बीमा संस्थान भन्दा प्राइम अगाडी देखिएको छ । अघिल्लो वर्षको तुलनमा प्राइमले १६ दशमलव शून्य ८ प्रतिशतले बीमा शुल्क बढाएको छ भने संस्थानले ८ दशमलव ८१ प्रतिशतले बढाएको छ ।

    नयाँ बीमा कम्पनीमा युनियन अगाडि

    बीमा शुल्क आर्जन गर्न चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएका कम्पनीहरुबीच पनि प्रतिष्पर्धा देखिएको छ । चालु आर्थिक वर्षदेखि कारोबार शुभारम्भ गरेको युनियन लाइफ इन्स्योरेन्स बीमा शुल्क आर्जनका आधारमा नयाँ बीमा कम्पनीहरु मध्ये सबैभन्दा अगाडि देखिएको छ । यस क्पनीले गत आर्थिक वर्षमा ८४ करोड ९४ लाख ९८ हजार १ सय ८४ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    बीमा शुल्ककै आधारमा हेर्दा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा देखिएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा ५२ करोड २३ लाख ८५ हजार ९ सय ४२ रुपैयाँ आर्जन गरेको छ ।

    ४२ करोड ७७ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ भने ४० करोड ३७ लाख ९८ हजार रुपैयाँ शुल्क आर्जन गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ । यसैगरी सोही अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ बीमा शुल्क आर्जन गरेर पाँचौ स्थानमा देखिएको छ ।

    ज्योति लाइफ इन्स्योरेन्स कम्पनी २८ करोड ४९ लाख ९६ हजार ३ सय ९० रुपैयाँसहित छैठौं स्थानमा र प्रभु लाइफ इन्स्योरेन्स ११ करोड ७७ लाख ३४ हजार ४ सय ८३ रुपैयाँ बीमा शुल्क सहित सातौ स्थानमा देखिएको छ । यस अवधिमा ८ करोड ६४ लाख ५१ हजार ७ सय ७७ रुपैयाँ बीमा शुल्क कमाएर रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आठौं र ९ करोड ३९ लाख ९१ हजार ४ सय ९५ रुपैयाँ आर्जन गर्दै अन्तिम स्थानमा देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal