News Portal

  • राउटे मुखियाले प्रधानमन्त्री ओलीलाई कामै नलाग्ने प्रधानमन्त्री भनेपछि..

    उजिर कार्की
    ८६४ पटक

    सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने बचन दिएपछि सोमबार काठमाडौँ आएका राउटेका राजासहितको टोली शनिबार प्रधानमन्त्रीलाई नभेटी फर्किएको हो।

    प्रधानमन्त्री ओलीले पटक–पटक राउटेलाई भेट्ने समय तोके पनि अन्तिममा व्यस्त भएकाले भेट्न नसकिने बताएपछि राउटेको टोली निरास भएको छ। दसैँ खर्च माग्न र आफ्ना समुदायका माग लिएर राउटेका राजासहित टोली आएको थियो।

    प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएपछि राउटेका मुखियाले टोलीमै रहेका अरुसँग गुनासो गरे, ‘यिनी प्रधानमन्त्री त कामै नलाग्दा रहेछन्, अर्का प्रधानमन्त्री बनाउँ।’

    राउटेका मुखियाले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनीहरुलाई लिन थानकोटसम्म गाडी पठाएको र आफैँ उपस्थित भएर खादा लगाइदिएको सम्झिएका छन्। राउटेले नेता नेपाललाई नै प्रधानमन्त्री बनाउन माग गरेका छन्।

    राउटेलाई नभेटेपनि प्रधानमन्त्री कार्यालयले उनीहरुका माग सम्बोधन गर्ने बचन दिएको राउटेसँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्।

    राउटेले आफूहरु बसेको ठाउँमा स्वास्थ्य शिविर चलाउन, विद्यालयको व्यवस्था गर्न, सामुदायिक वन र गाउँका मान्छेले दुःख दिएको भन्दै शान्ति सुरक्षाको माग पनि उनीहरुको रहेको छ।

    प्रधानमन्त्रीलाई भेटेर यी माग राख्ने उनीहरुको तयारी थियो। राउटेले स्वास्थ्य उपचारको अभावमा धेरै बच्चाहरु मर्ने गरेको उनीहरुको गुनासो छ। भत्ता बढाइदिन पनि उनीहरु माग गरेका छन्। राउटेले पाउँदै आएको मासिक दुई हजार रुपैयाँ भत्ता ५ हजार पुर्र्याइदिन उनीहरुले माग गरेका छन्।

    राउटेको टोलीले चिडियाखाना, पशुपति र बालाजु औधोगिक क्षेत्रको भ्रमण गरेका थिए। बालाजु औद्योगिक क्षेत्रको सुतीको कारखानामा पुगेका उनीहरुले आफ्ना महिलालाई रातो रंगको ४ सय मिटर कपडा माग गरेका छन्। औधोगिक क्षेत्रका कार्यकारी निर्देशक नवलकिशोर बस्नेतले कपडा पठाइदिने बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal