News Portal

  • वामदेवलाई चुनाव लडाउनुको औचित्य के हाे ? : मन्त्री खनाल

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताएका छन् । उनले भने, ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन् ।’

    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीले काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं । नेपालमा मासुको प्रयोग बढिनै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं ।’

    फरक प्रसंगमा उनले पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ ।’

    यद्धपि उनले नेता गौतमलाई पार्टीको वरिष्ठ नेता भएकोले सुनाउँदै भने, ‘उहाँ पार्टीको बरिष्ठ नेता हो । राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो । उहाँ चुनाव उठ्नुपर्छ । जित्नुपर्छ भन्ने कुरा आँफैमा ठिक पनि छ । तर, अर्को पक्ष के हो भने त्यो संस्थापक हुनुपर्छ । त्यो पार्टीभित्र छलफल हुनुपर्छ । त्यसको आवश्यकत्ता महशुस हुनुपर्छ ।’

    मन्त्री खनालले नेता गौतमको प्रतिनिधिसभामा आवश्यक रहेको पनि सुनाए । ‘प्रतिनिधिसभामा उहाँको आवश्यक नहुने भन्ने कुरा होईन, उहाँको आवश्यक छ । तर, चुनाव भएको एक वर्षपनि भएको छैन । अरुलाई राजीनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्यहरु पुष्टि गर्नुपर्छ । यसो गर्दा जनतालाई पनि सहज हुन्छ । यसकारणले उहाँलाई हामीले संसदमा लगेका हौं भनेर पुष्टि गर्नुपर्छ’ उनले थपे ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal