News Portal

  • नेपालको ‘आफ्नै स्याटेलाइट’ योजना कहाँ पुग्यो ?

    ४७५ पटक

    रविन्द्र घिमिरे/काठमाडौं : आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ ।

    आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु तयार गर्न लागेको हो । यसले स्याटेलाइट राख्ने प्रक्रिया अझै लम्बिने छ ।

    प्राधिकरणले यअसघि नै स्याटेलाइट राख्न टेण्डर आह्वान गरिसकेको छ । तर, सञ्चार मन्त्रालयले विना नीतिगत व्यवस्था र योजनाका साथ स्याटेलाइट राख्न नहुने बताएपछि प्राधिकरणले त्यसमाथि थप गृहकार्य सुरु गरेको हो ।

    प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद आर्याल अब स्याटेलाइटका कानुनी प्रवन्धन, खरिद प्रक्रिया, उपयोगको नीति, सञ्चालनको मोडालिटी, बिजनेश प्लान सबै तयार गरेर मात्रै कम्पनी छनोट गर्ने बताउँछन् ।

    उनका अनुसार अहिले यस्ता विषयहरु टुंगो लगाउन प्राधिकरणले छलफल चलाइरहेको छ । यसपछि सबै व्यवस्था र नीतिहरुको मस्यौदा गरेर मन्त्रिपरिषदमा पठाइनेछ । मन्त्रिपरिषदले यसलाई स्वीकृत गरेपछि मात्रै स्याटेलाइट राख्ने प्रक्रियाले गति लिने अर्यालले बताए ।

    लामो समयदेखि नै नेपालले आफ्नै स्याटेलाइट राख्नुपर्ने माग दूरसञ्चारविदहरुले गर्दै आएका थिए । आफ्नै स्याटेलाइट राख्न नेपाललाई अधिकार प्राप्त भएको लामो समय भइसकेको छ ।

    उपयोगविहीन ‘स्पेश’

    अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले स्याटेलाइटका लागि धेरै अघि ‘अर्बिटल स्लट’ (स्याटेलाइट राख्ने स्थान) छुट्याइदिएको हो । झण्डै २३ वर्ष ढिला गरेर भए पनि नेपालले आफ्नै स्याटेलाइट राख्न लागेको छ ।

    नेपालको स्याटेलाइटका लागि आइटियूले ५० डिग्री र १ सय २३.३ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ अन्तरीक्षमा छुट्टिएको छ । अहिले यिनै स्लटहरुमा स्याटेलाइट राख्न लागिएको हो ।

    तर, त्यो स्लट र डिग्री उपयुक्त छ कि छैन भन्ने नै सुरुवातमा अध्ययन गर्नुपर्ने हुन्छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि टेण्डर आह्वान गरेर कम्पनी छनोटको प्रक्रिया अघि बढाइसकेको छ । तर, प्राधिकरणमा पटक–पटक अध्यक्षको कार्यकालबारे भएको किचलोका कारण यो योजना अघि बढ्न सकेको छैन ।

    योजनाअनुसार काम हुने भने नेपालको स्याटेलाइट अन्तरिक्षमा राख्ने कुरा धेरै पर नरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । नेपालको स्याटेलाइट राख्ने प्रतिस्पर्धामा २० वटा कम्पनी सहभागी छन् ।

    प्रक्रियाबाट छानिएका कम्पनीले सुरुमा ती अर्बिटल स्लटबारे अध्ययन गर्नेछ । स्लटको अवस्था हेरेर स्टोलाइटको डिजाइन गर्नेछ । र स्याटेलाइट तयार गरेर त्यसलाई अन्तरिक्षमा स्थापना गर्नेछ । त्यही कम्पनीले सञ्चालन र मर्मतको जिम्मा पनि दिने योजना दूरसञ्चार प्राधिकरणको थियो । तर, अब सञ्चालनको मोडालिटी तय हुन बाँकी रहेकाले यसबारे अन्योल कायम छ ।

    अहिले प्रस्ताव पेस गर्ने कम्पनीहरुमा अमेरिका र चीनका ३–३ वटा कम्पनी छन् । भारत, थाइल्यान्ड र सिंगापुरका २–२ तथा फ्रान्स, जापान, कोरिया, रुस, क्यानडा, इजरायल, साउदी अरब र लक्जेम्बर्गका एक–एक वटा कम्पनीले इच्छा देखाएका छन् ।

    अध्ययन नै बाँकी

    नेपालका लागि छुट्याइएका स्लटहरुमा राखिएका स्याटेलाइटको फूटप्रिन्ट नेपालमा पर्ने/नपर्ने निश्चित छैन । यदि स्याटेलाइटको फूटप्रिन्ट नेपालमा नपर्ने हो भने त्यो स्लटमा स्याटेलाइट राख्नै सकिँदैन । यो स्लट वरपर थुप्रै देशले स्याटेलाइट राखेका छन् ।

    त्यसैले स्पेश अकुपाइका कारण नेपालले पाएको स्लटमा अन्य स्याटेलाइटले प्रभाव पार्ने सम्भावना अधिक छ । नेपालका स्लट वरपर थुप्रै स्याटेलाइट स्थापना गरिएका छन् ।

    स्याटेलाइट राख्न करिब सुरुआतमा करिब ३० अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ । १५ देखि २० वर्षको आयु हुने स्याटेलाइट सञ्चालनका लागि वार्षिक २ अर्ब बढी खर्च हुन्छ ।

    अब प्राधिकरणले यसलाई राख्दा लाग्ने खर्च र यसबाट गर्न सकिने आम्दानीको हिसाव–किताव गरेर सञ्चालन मोडालिटी टुंग्याउनेछ । प्राधिकरणका अधिकारीहरू नेपालका स्याटेलाइट प्रयोगकर्ता विभिन्न कम्पनीहरुलाई पनि नेपालकै स्याटेलाइट प्रयोगमा प्रोत्साहन गर्न सकिने बताउँछन् ।

    यसो भएमा उपयोगबापत उनीरुले पनि खर्च गर्दा यसको व्यवस्थापनमा राज्यलाई ठूलो आर्थिक भार पर्दैन भने नेपालका लागि आफ्नै स्याटेलाइट गौरवको विषय पनि बन्छ ।

    कस्तो बन्ला उपयोग नीति ?

    नेपालले स्याटेलाइटमार्फत ठूलो ब्याण्डविथ प्राप्त गर्नेछ । त्यसपछि नेपाललाई विदेशी कम्पनीका स्याटेलाइटमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । तर, ठूलो ब्याण्डविथ कसरी उपयोग गर्ने भन्ने नीति तयार गर्न बाँकी नै छ ।

    अहिले टेलिफोन, मोबाइल, इन्टरनेट, ब्रोडकास्टिङ कम्पनीलाई विदेशी स्याटेलाइटको एकाधिकार छ । अहिले नेपाललले ब्रोडकाष्टिङ अर्थात डीटीएचले सबैभन्दा बढी स्याटेलाइट ब्याण्डविथ प्रयोग गरिरहेका छन् ।

    टेलिभिजनले पनि विदेशी कम्पनीका स्याटेलाइटहरु प्रयोग गरिरहेका छन् । स्याटेलाइट राखिएपछि टेलिभिजन प्रशारण अझ सजिलो, प्रभावकारी र कम खर्चिलो हुनेछ ।

    मोबाइल कम्पनीहरुलाई पनि यसमा आकर्षण गर्न सकिन्छ । राज्यले दुर्गम क्षेत्रमा सूचनाको पहुँच पु¥याउन पनि यसलाई उपयोग गर्न सक्छ ।

    राख्न सके फाइदा

    स्याटेलाइटको प्रमुख विशेषता भनेको ताररहित दूरसञ्चार सेवा प्रवाह गर्नु हो । नेपालबाट वार्षिक अर्बौं रुपैयाँ स्याटेलाइटका नाममा विदेशिन्छ । अहिले थाइल्याण्ड भारत, सिंगापुर, थाइल्यान्ड लगायत देशका स्याटेलाइटमार्फत नेपाली दूरसञ्चार सेवा प्रदायक सेवा लिने गरेका छन् । नेपालको आफ्नै स्याटेलाइट भएपनि यसका लागि बाहिरिने अर्बौं रकम बचत हुनेछ ।

    नेपालले स्याटेलाइट राखेपछि ग्रामीण क्षत्रेमा इनटरनेट पहुँच विस्तार गर्न अझ सहज हुनेछ । टेलिमेडिसिन लगायत प्रविधिमा आधारित सेवाहरु गाउँ–गाउँसम्म विस्तार गर्न पनि यसले मद्दत गर्नेछ । ई–गभर्नेन्सका लागि पनि स्याटेलाइट ब्याण्डविथ प्रभावकारी हुनेछ ।

    सँगै सुरक्षा, शिक्षा, विपद ब्यवस्थापन लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रवाह गर्न स्याटेलाइटको प्रयोग हुनेछ । योसँगै दूरसञ्चार सेवाका विभिन्न माध्यमहरुलाई पनि नेपालको आफ्नै स्याटेलाइट एउटा कोसे ढुंगा सावित हुने विज्ञ बताउँछन् ।

    यदि नेपालले आफ्नो स्याटेलाइटको अधिकतम् उपयोग गर्न सकेन भने विदेशी बजारमा समेत यसलाई लैजान सक्छ । तर, त्यसका लागि डिजाइनकै क्रममा ‘फुटप्रिन्ट’लाई विदेशी बजारसम्म पनि लक्षित गर्नुपर्छ ।

    यसबाट नेपालले विदेशी मुद्रा आर्जनको थप बाटो पनि खुल्ने प्राधिकरणको दावी छ । यस्तै राष्ट्रिय सुरक्षासँग जोडिएका गोप्य सूचनाहरु संरक्षण गर्न पनि आफ्नै स्याटेलाइटले निकै सहयोग पु¥याउँछ । यसका लागि सरकारले आवश्यक नीति बल्ल गृहकार्य थालेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal