News Portal

  • गाउँघरको चिया पसलमा दसैंको चहलपहल

    जितेन्द्र साह
    ५१७ पटक

    मोरङ : गाउँघरका चियाखाजा पसलले हरेक दिन बिहान–साँझ फरक जाति, समुदाय, धर्म र संस्कृतिका स्थानीयलाई जोडिरहेको हुन्छ । यस्ता पसल सुख–दु:ख बाँड्ने थलो पनि बन्छन्  । वर्षभरि खेतीपातीदेखि चाडबाडसम्मको सेरोफेरोमा स्थानीयमाझ गफगाफ हुन्छ ।

    ‘नयाँ कपडा किन्ने र वरिपरि लाग्ने मेलामा घुमफिर गर्न गइने हुनाले दशमीमा सबैभन्दा बढी रमाइलो लाग्छ,’ ६२ वर्षीय शेख मन्ना मियाँले भने । उनी दक्षिणपूर्वी मोरङको धनपालथान गाउँपालिका–४, कदमाहा चोकस्थित पसलमा हिन्दु मित्रहरूसँग चिया पिइरहेका थिए ।

    ‘आ–आफ्नो धर्मअनुरूपको महत्त्वपूर्ण पर्वमा एक अर्कालाई खानपीनको निम्तो दिन्छौं,’ उनले भने, ‘दसैं, तिहार र छठमा मित्रहरूले दिएको प्रसादले मेरो घर भरिभराउ हुन्छ ।’ उनी स्थानीय ज्यालादारी श्रमिकका नाइके हुन् । हरेक दिन बिहान काम गर्न शहरबजार जान्छन्, साँझ फर्कन्छन् । अरू बेला यहाँ उखु र धान उत्पादन सम्बद्ध खेतीपातीकै कुरा बढी हुने गरेको मियाँका साथी ५७ वर्षीय भुइँबहादुर राजवंशीले बताए ।

    ‘दसैं, तिहार र छठको आ–आफनै महत्त्व र रमाइलो पक्ष छ,’ उनले भने, ‘दशमी मेला, तिहारको रमझम र छठमा पूजा, नृत्य तथा मेला मन पर्छ ।’ बिहान साढे पाँच बजेदेखि यो चोकका चिया पसल खुलिसकेका हुन्छन् । स्थानीयहरू चिया नास्ता खाने बहानामा यहाँ भेला हुन्छन् । ‘घरव्यवहार देखि राजनीति र मुलुकको स्थितिबारे पनि गफ गर्छन्,’ चियाखाजा व्यवसायी ३५ वर्षीय मुकेशप्रसाद गुप्ताले भने, ‘पर्व आउन लागेकाले कसरी मनाउने र कहाँकहाँ घुम्न जाने बारे कुरा गर्छन् ।’

    दसैंमा उक्त गाउँपालिकाको कर्सिया बजार, पश्चिमपट्टिको जहदा गाउँपालिकाको रामचोकको दुर्गा मन्दिर र कटहरी गाउँपालिकाको नयाँ बजारमा ठूलो मेला लाग्छ । यहाँ दुर्गाको पण्डाल र द्वारहरूको निर्माण सुरु भइसकेको छ । ‘भिन्न विशेषता भएको महापर्व छठ त भव्य हुन्छ नै तर दशमी पनि मजाले मनाउँछौं,’ उनले भने, ‘घटस्थापनादेखि चहलपहल सुरु हुन्छ ।’ साताभरि लाग्ने दसैं मेला यहाँ नवमीदेखि उत्कर्षमा पुग्ने गरेको गुप्ताले बताए । यो गाउँपालिका–६ मा पर्ने पश्चिमपट्टिको लोहन्द्रा घाटको चिया पसलमा पनि स्थानीय चियाको स्वाद लिँदै संवादमा लिन रहेको भेटिए ।

    ‘बढी खेती र गृहस्थी जीवनकै कुरा हुन्छ,’ पसले ७० वर्षीय रामाशिष साहले भने, ‘कसले र कति धान, गहुँ वा उखु उत्पादन गरे ?, कसको सबैभन्दा बढी भयो ? यस्तैयस्तै खाले गफ हुन्छ ।’ विपन्न किसान र श्रमिकको बसोबास भएको यो बस्तीमा अधिकांशले सहकारी संस्थाबाट ऋण लिएर खेती र व्यवसाय गरेका छन् । ‘विजया दशमीपछि लहरै पर्वहरू आउँछ, जति नै साधारण गरौं भने पनि खर्च बढी हाल्छ,’ स्थानीय ३४ वर्षीय विश्वनाथ सहनीले भने, ‘सहकारी र बैंकबाट लिएको रकमको किस्ता कसरी तिर्ने चिन्ता झनै बढ्छ ।’

    उनी एक निजी संस्थाका सुरक्षागार्ड हुन् । ‘तर धर्मभन्दा बढी परम्परा बनिसकेको दसैं, तिहार र छठ मनाउन मन लागिहाल्छ, जस्तोसुकै समस्या भए पनि गच्छेअनुरूप पर्वहरूको स्वागत गर्छौं,’ उनले भने । चिया पिउँदै पुरुषहरूको संवाद सुनिरहेकी ५० वर्षीया किसनी सहनीले आयस्तरअनुरूप मनाउने गरेको बताइन् ।

    ‘हुन त सबथोक आम्दानीमा भरपर्छ तर उहिलेदेखि मनाउँदै आएको चाडबाडलाई भोक र गरिबीले पनि रोक्दैन,’ उनले भनिन्, ‘मन्दिर वा पण्डालमा ढोगेर दुई टुक्रा प्रसाद खाएर पनि हाँसीखुसी मनाइन्छ ।’ सहनी कृषि मजदुर हुन् । ‘जस्तोसुकै संकट र अभाव होस्, माता दुर्गाको नामको रातो टीका निधारमा लगाउँछौं, पुजारीसँग मागेर भए पनि कान एवं शीरमा जमरा भिर्छौं,’ सहनीले भनिन् ।

    ‘यो हाम्रो र यो उनीहरूको पर्व भन्ने यहाँ कहिल्यै विवाद भएन, जुनसुकै धर्मावलम्बीका पर्वलाई पनि आनन्दले मनाउँछौं,’ समाजसेवी ५२ वर्षीय तेजविक्रम भट्टराईले भने । चियापसल, हाटबजार, चोक र भेलामा साँझबिहान हुने भेटघाट तथा संवादले पनि दुरी घटाएर आत्मीयता बढाउने गरेको उनले बताए । ‘एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दा ज्ञानसँगै माया पनि बढ्छ,’ भट्टराईले भने, ‘सबैका धर्मले पनि यही भन्छ । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal