News Portal

  • तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज २२ गते सोमबार

    हिमाली संचार संवाददाता
    ४६० पटक

    इश्वी सन् २०१८ अक्टोबर ८ तारिख, नेपाल संवत् ११३८

    ज्योतिष लक्ष्मीप्रसाद बराल,

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै फाइदा उठाउन सकिनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग विशेष सावधान रहनुहोला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    परिश्रम परे पनि अरूका लागि उपयोग भइनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। तर अवसरले पछ्याए पनि ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। सरकारी कामकाज रोकिन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। समुदायको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्गे लाभ मिल्नेछ। व्यापारमा पनि निकै फाइदा हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकामा मन जानेछ। तर आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले काममा पनि उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal