News Portal

  • दशैंमा कालोबजारी भएको थाहा भए सिधै फोन गर्नुहोस् : मन्त्री यादव

    हिमाली संचार संवाददाता
    ५७४ पटक

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताए । उनले भने, ‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन् ।’

    साक्षात्कारमा मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने,‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन् । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन् ।’

    यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलई आग्रह गरे । उनले आफूले अहिले आपुर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोसिस गरिरहेको सुनाए ।

    त्यस्तै उनले चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको सुनाउँदै भने,‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकबिना त्यत्रो पैसा चल्दैन् । जीपमा बोकेर हुँदैन् । एउटा ट्रकले मात्रै पनि हुँदैन् । त्यत्रो पैसा बोक्न दुईवटा ट्रक चाहिन्छ । अर्बोंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि । यसमा निश्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’

    उनले पत्रकारहरुलाई न्युज लेख्दा आफ्नो भ्युज नघुसाउन समेत आग्रह गरे ।  जनताका चाहनाहरु पूरा गर्न सरकार सचेत रहेको उनले स्पष्ट पारे । देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने मन्त्री यादवको भनाई छ ।

    उनले भने, ‘मागेर खाएर अर्थतन्त्र मजबुत हुँदैन् ।’ चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मुल्य वृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरुलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोवाईल नम्बर९८२३–२३७५८८ पत्रकारहरुलाई टिपाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal