News Portal

  • दुबईमा इलामका नरेन्द्रले जिते १ किलो सुन

    हिमाली संचार संवाददाता
    ८६ पटक

    रामप्रसाद ढुंगेल/यूएई – रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् ।

    युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको छ । एक्सचेञ्जको बर दुबई शाखामा साउन १० गते बिहीबार एक कार्यक्रम आयोजना गरेर उक्त सुन मगरलाई प्रदान गरिएको अहालिया एक्सचेञ्जका नेपाली व्यापार प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

    मगरले गत जून १२ तारिख अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट पढाइ खर्चस्वरुप बिर्तामोड झापामा अध्ययनरत आफ्नी बहिनी अनुसा थापा मगरलाई २० हजार रुपैयाँ पठाएका थिए । विर्तामोड झापाको कन्काई कलेजमा स्नातक अन्तिम वर्षको अध्ययन गरिरहेकी बहिनीलाई पठाएको त्यही पैसाको कारण मगरले करिब ४५ लाख रुपैयाँ बराबरको सुन उपहार प्राप्त गरेका छन् ।

    मगरले अहालिया एक्सचेञ्जकै रोवरमा उक्त सुन युएईमा बिक्री गरेर रकम नेपाल लैजाने बताएका छन् । इलामको जमुना–४ का २५ वर्षीय मगर दुबईको ट्रान्सगार्ड कम्पनीको क्याटिरङ विभागमा वेटरका रुपमा कार्यरत थिए ।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिक्रिया दिन तल जानुहोला !

    प्रतिकृया दिनुहोस्

    इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित

    १ पुस, काठमाडौं : टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ ।...

    वर्तमान सरकार सनातन धर्म तहसनहस पार्ने दिशामा : महामन्त्री खड्का (भिडियो सहित)

    दीपक रेग्मी काठमाण्डौं : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारनै नेपालको धर्मलाई तहसनहस पार्ने...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस १ गते आइतबार, इश्वी सन् २०१८ डिसेम्बर १६ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

    अब के गर्छ नेकपा ? यस्ता छन् ओली–प्रचण्डका ११ योजना

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी इतिहासकै...

    धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन’

    काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र...