News Portal

  • नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै, संक्रमणको मुख्य कारण धुमपान र मध्यपान

    ५१७ पटक

    सुवास पण्डित/चितवन । नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएको विज्ञहरुले बताएका छन् । ‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूले दिएको जानकारी अनुसार, अस्पतालमा प्रतिवर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी पत्ता लाग्ने गरेका छन् । तीमध्ये ४ सय जनाको अप्रेसन नै गर्नुपर्ने अवस्था रहेको क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका विभागीय प्रमुख डा.देजकुमार गौत्तमले जानकारी दिए ।

    हरेक वर्ष जुलाई २७ लाई विश्व नाक, कान घाँटी क्यान्सर दिवसका रुपमा मनाउने गरिन्छ । ५ वर्षअघि वार्षिक ३ सय जना बिरामीहरु अस्पतालमा उपचारका लागि आउने गरेका थिए । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भए पनि पछिल्लो समयमा यो ठूलो समस्याका रुपमा देखिएको चिकित्सकहरु बताउँछन् ।

    क्यान्सर अस्पतालका विभागिय प्रमुख डा.देजकुमार गौतमले नाक, कान र घाँटीको क्यान्सरको पहिचान शुरुमै भए बिरामी पनि बाँच्ने र खर्च पनि कम हुने बताउँछन् । ‘रोग पत्ता लगाएर समयमै उपचार गर्न सके ५ हजारमै निको हुन्छ ।’सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने गरेको छ । तर पछिल्ला वर्षहरुमा २२ वर्षकै उमेरमा समेत यो रोग देखा परेको डा. गौतमले जानकारी दिए । नेपालमा करिब १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमान छ ।

    धुमपान, गुट्खा, पानपराग, रक्सीलगायतको सेवनले नाक, कान, घाँटीको क्यान्सर हुने गरेको छ । विज्ञहरुका अनुसार, वंशाणुगत कारणले पनि उत्तिकै संक्रमित हुने गरेका छन् । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धुमपान तथा मद्यपान गर्ने भएकाले यस्तो क्यान्सर हुने गरेको डा. गौतम बताउँछन् ।

    डा. गौतमका अनुसार, यस्तो क्यान्सर लागेमा मानिसको स्वरमा परिवर्तन आउँछ । बोल्ने र आवाज निकाल्ने अंगमा असर पर्छ । मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग–धब्बा आउनेजस्ता लक्षण देखिने डा. गौतमले बताए । यस्तै, घाँटीको क्यान्सरको लक्षणमा आवाज धोद्रो हुने, सास फेर्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने घाँटी सुन्निने वा डल्लो ग्लान्ड आउने र कानको क्यान्सरको लक्षणमा कान डम्म हुने, कानबाट रगत आउने र कान नसुन्ने लक्षणहरु देखिने क्यान्सर अस्पताल भरतपुरका विभागयिग प्रमुख डा. देजकुमार गौतमले जानकारी दिए ।

    यसबारे जनचेतना जगाउन सरकारले ठूला मास मिडियाहरुको प्रयोग गर्नुपर्ने डा. गौतमको भनाइ छ । विश्वमा छैटौं नम्वरमा रहेको क्यान्सर रोग दक्षिण एसियाका देशहरुमा तेस्रो स्थानमा छ ।

    सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिने चिकित्सकहरुले बताएका छन् । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ । समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ । विश्वमा क्यान्सरहरूको र्‍यांकिङमा नाक, कान, घाँटीको क्यान्सर तेस्रो नम्वरमा पर्छ । भरतपुरको बीपी कोइराला क्यान्सर अस्पतालमा ४ जना नेपाली सर्जन र २ जना चिनियाँ सर्जन चिकित्सकहरूको टिम कार्यरत छ ।

    प्रतिकृया दिनुहोस्

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal